Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

नेपाली समाचार माध्यम अझै महिलामैत्री बनेन’: ग्लोबल मिडिया मनिटरिङ प्रतिवेदन

         ||   247 Views   ||   Published Date : 24th August 2016 |

1 news

चौथो विश्व महिला सम्मेलन (सन् १९९५) सँगै सुरु भएको ग्लोबल मिडिया मोनिटरिङ प्रोजेक्ट (जिएमएमपी) को सन् २०१५ मा पाँचौ मोनिटरिङ हुँदासम्म पनि ‘नेपाली समाचार–माध्यममा महिला’ को चित्रण एवं प्रतिनिधित्वमा उल्लेख्य प्रगति भएको छैन ।
जिएमएमपी २०१५ को राष्ट्रिय प्रतिवेदन अनुसार नेपाली समाचार–माध्यम अझै पनि लैङ्गिक समानता र महिला सशक्तिकरणको पूर्ण हितैषी बन्न सकिरहेको छैन । यस अनुसन्धानबाट प्राप्त तथ्याङ्क र समाचार विश्लेषणहरूले समाचार–विषयका रूपमा, समाचार सम्प्रेषण गर्ने संवाददाता र प्रस्तोताका रूपमा, र समाचारको केन्द्रीय विषयवस्तुका रूपमा महिलाको कमजोर प्रतिनिधित्व एउटा प्रमुख बाधाका रूपमा देखिएको छ ।
समाजमा विद्यमान जेन्डरका परम्परागत बनिबनाउ ढाँचालाई तीव्रगतिमा बढावा नदिए पनि यथास्थितिलाई निरन्तरता दिनेतिर नै नेपालका समाचार–माध्यम उन्मुख भएको प्रतिवेदनले देखाएको छ । तर बेलाबेलामा सञ्चार–माध्यममा जेन्डर सचेत र सम्वेदनशील सामग्रीहरूको प्रस्तुति हुने गरेको उत्साहलाग्दो तथ्य पनि देखिएको छ । ग्लोबल मिडिया मनिटरिङको नेपालमा संयोजनकारी भूमिका निर्वाह गरेको संस्था अस्मिता महिला प्रकाशन गृह सञ्चार तथा स्रोत संस्थाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर गत फागुन २५ नेपालमा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

अस्मिताले प्रकाशित गरेको राष्ट्रिय प्रतिवेदनको निष्कर्षअनुसार, महिलाले मुलुकको समग्र जनसङ्ख्याको ५१.५ प्रतिशत हिस्सा ओगटेका भए पनि पत्रपत्रिका, टेलिभिजन र रेडियोका समाचारहरूमा केवल १३ प्रतिशत महिला मात्र पढिने, सुनिने वा हेरिने गर्दछन् । मिडियामा महिला चित्रण एवं प्रतिनिधित्वको यो अनुपात बढ्नुको बदला पाँच वर्ष पहिले सन् २०१० मा भन्दा ३ प्रतिशतले अझै कम भएको छ । महिला उपस्थितिको यस्तो न्यून प्रतिनिधित्व डिजिटल प्लेटफर्महरू अर्थात् इन्टरनेट समाचार साइटहरूमा पनि देखिन्छ जहाँ समाचारभित्र महिला १६ प्रतिशत मात्र पढिने, सुनिने वा हेरिने समाचार–विषयका रूपमा छन् ।

जिएमएमपी २०१५, नेपाल राष्ट्रिय प्रतिवेदन अनुसार समाचार–विषयका रूपमा रहेका महिलामा पनि सबैभन्दा बढी २१ प्रतिशत सामाजिक र कानुनसम्बन्धी समाचारमा तथा सबैभन्दा कम ८प्रतिशत राजनीति र सरकारसम्बन्धी समाचारमा मात्र समाचार–विषय छन् भने अर्थतन्त्रसम्बन्धी समाचारमा एकजना महिला पनि छैनन् । समाचारको स्रोतका रूपमा महिलाहरू सबैभन्दा बढी अन्तर्राष्ट्रि«य समाचारमा १६प्रतिशत तथा सबैभन्दा कम क्षेत्रीय समाचारमा ३ प्रतिशत समाचार–विषय वा स्रोत बनेका छन् । त्यस्तै समाचार–विषयका रूपमा रहेकामध्ये सबैभन्दा धेरै ५ सय २७ जना (महिला ११ प्रतिशत) सरकार, राजनीतिज्ञ, मन्त्री, प्रवक्ता आदि छन् भने दोस्रो धेरै सङ्ख्या अर्थात् १ सय ३७ जना (महिला ५प्रतिशत) सरकारी कर्मचारी र सार्वजनिक सेवकको रूपमा छन् । त्यसपछि ३९ जना अपराधी, शंकास्पद व्यक्तिमध्ये १३ प्रतिशत र ३६ जना चिकित्सक, स्वास्थ्य–विज्ञमध्ये १७ प्रतिशत महिला रहेका छन् ।
प्रतिवेदन अनुसार समाचार–विषयको भूमिकाको दृष्टिकोणबाट हेर्दा ६ सय ७० जना विषय ९क्गदवभअत० मा १३ प्रतिशत महिला, १ सय ४ जना प्रवक्तामा ६ प्रतिशत महिला, ८३ जना विज्ञमा १८ प्रतिशत महिला र ६६ जना व्यक्तिगत अनुभवकर्तामा १२ प्रतिशत महिला भएको विभेदपूर्ण अवस्था छ । पत्रपत्रिका, रेडियो र टेलिभिजनमा बाइलाइन रिर्पोटिङ र न्युजकास्टमा कुल समाचारहरूमा २३ प्रतिशत महिला र ७७ प्रतिशत पुरुष संवाददाताले सम्प्रेषण गरेका छन् । त्यसमध्ये पत्रपत्रिकामा २१ प्रतिशत, रेडियोमा ३३ प्रतिशत र टेलिभिजनमा २२ प्रतिशत समाचार महिला संवाददाताले सम्प्रेषण गरेका छन् । सन् २०१० को जिएमएमपीमा बाइलाइन समाचार सम्प्रेषण गर्ने महिला संवाददाताको सङ्ख्या शून्य थियो । यस अर्थमा केही प्रगति भएको छ । महिलाले परम्परागत माध्यमहरूको दाँजोमा तीन प्रतिशत कम (२० प्रतिशत) अनलाइन मिडियामा बाइलाइन रिपोर्टिङ गर्छन् ।

महिला संवाददाता र प्रस्तोताहरू दुवैले सम्प्रेषण गरेका समग्र समाचारलाई खण्डीकृत गरेर हेर्दा टेलिभिजन समाचारमा मात्रै पुरुष संवाददाता र प्रस्तोताभन्दा महिलाको उपस्थिति धेरै (६५ प्रतिशत)छ । पत्रपत्रिका, रेडियो र टेलिभिजनका कुल २ सय ७६ समाचारमध्ये महिलासँग सम्बन्धित केन्द्रीय विषय रहेका समाचार करीब ४ प्रतिशतमात्र, लैङ्गिक समानता र असमानताका सवाल उजागर गर्ने समाचार करीब १० प्रतिशतमात्र र जेन्डरको बनिबनाउ परम्परागत ढाँचा (स्टेरियोटाइप) लाई बढावा दिने समाचार ७२ वटा छन् भने स्टेरियोटाइपलाई चुनौती दिने समाचार एउटा पनि छैनन् । बाँकी समाचारले यस यथास्थितिवादी ढाँचालाई न त चुनौती दिन्छन् न बढावा नै दिन्छन् । समाचारहरूमा सकारात्मक कभरेजका रूपमा केही लैङ्गिक रूपमा सचेत (जेन्डर अवेयर) समाचार र लैङ्गिक सवालमा केन्द्रीत (जेन्डर स्पेसिफिक) समाचार पनि सम्प्रेषण हुने गरेका छन् । समाचार माध्यमहरूलाई लैङ्गिक रूपले संवेदनशील र सन्तुलित बनाउन त्यहाँ कार्यरत पत्रकारहरू र
समाचार संस्थाहरूलाई लक्ष्यित गरेर आगामी पाँच वर्षमा विशेष पहलकदमीहरू गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np