Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिलाहरुले शुरु गरे हरियो बजार

         ||   199 Views   ||   Published Date : 24th August 2016 |

समरेखा डेस्क ।
दाङ ।
सौडियार —५ जबरपुरका कृषक महिलाहरुले जबरपुरमै कृषिजन्य वस्तु संकलन केन्द्र स्थापना गरेका छन् । सौडियारमा उत्पादित कृषिजन्य बस्तु संकलन गर्नकालागि स्थापित सो केन्द्रलाई उनीहरुले ‘हरियो बजार’ नाम दिएका छन् ।

सौडियार जबरपुरमै एक कार्यक्रमको आयोजना गरी उनीहरुले हरियो बजारको उद्घाटन गरे । हरियो बजार त्यहाँस्थित थारु महिलाहरुको संस्था थारु महिला व्यवसायिक केन्द्रमार्फत सञ्चालन गर्ने उनीहरुले जानकारी दिएका छन् । केन्द्रले कृषक महिलाहरुले उत्पादन गरेका तरकारी र कृषिजन्य अरु बस्तुसमेत खरीद गरी बजारको खोजी गरी कृषिउपजको व्यवसायिकरणमा सहयोगी भूमिका खेल्नेछ ।

4 news.1
थारु महिला व्यवसायिक केन्द्रका अध्यक्ष दिल कुमारी चौधरीको अध्यक्षता एवं डिभिजन सहकारी कार्यालयका प्रमुख विनोद कुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीको माध्यमबाट सौडियार जवरपुरका महिलाहरुले गरेको प्रगतिको सराहना गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले सहकारीमार्फत उत्पादन हुने कृषि उपजलगायतका उत्पादनको छुट्टै सहकारी बजारको आवश्यकता रहेको बताएका थिए । प्रमुख अतिथि पौडेलले सहकारी बजार स्थापना नभैसकेको अवस्थामा कृषकहरुलाई विचौलियाहरुको शोषणमा पर्नबाट जोगाउन संस्थागत नीजि क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा राखे । सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विमला योगीले सहकारीको माध्यमबाट समाजमा विद्यमान सबैखाले विभेदको अन्त्य गर्न संभव भएकोले सहकारी संस्थाहरुले महिला लगायत समाजका विपन्न वर्गसम्म आफ्नो कामलाई विस्तार गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा, राष्ट्रिय सहकारी बैंकका प्रमुख नारायण बेल्वासे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष लक्ष्मी आचार्य, साझेदारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा, राप्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरत बहादुर बुढाथोकी, दाङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अञ्जन पौडेल, सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका शारदा शर्मा, स्वास्थ्य चौकी प्रतिनिधि भरत चौधरी, घोराही तरकारी व्यवसायी समितिका मान वहादुर घर्तीले शुभकामना मन्तव्य दिएका थिए ।
संस्थाका सदस्य खिदिया चौधरीको स्वागतबाट शुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका सचिव निमा चौधरीले गरेकी थिइन् । सौडियार जबलपुरमा २०५५ सालमा कमैया परिवारका १० जना थारु महिलाहरु समूहमा आवद्ध भएर आर्थिक सशक्तिकरणको यात्रा आरम्भ गरेका थिए । विगत १० वर्षदेखि तरकारी खेती गरिरहेका ती कृषक महिलासँग तरकारी खेतीकै बलमा एक डेढ विगाहा जोडेको आफ्नै जमीन छ । १० जनाको समूह अहिले ४ सयको ठूलो समूह भैसकेको छ । ४ सय जनामध्येबाट ३५ जना मिलेर थारु महिला व्यवसायिक केन्द्रको स्थापना गरेका छन् । उनीहरुले दैनिक करीब १० क्वीन्टल तरकारी उत्पादन गर्ने गरेका छन् । प्रत्येक घरमा हरियो तरकारी, उत्पादन खरीद व्यवस्थापन, बाख्रापालनकालागि घाँस खेती, तरकारी बजार स्वस्थ र विषमुक्त बनाउने लगायतका कार्ययोजनासहित काम गरिरहेको उनीहरुले वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np