Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

काम समान, ज्याला असमान

         दशरथ घिमिरे ||   237 Views   ||   Published Date : 24th August 2016 |

देउखुरी । रत्ना चौधरी आफूसंगै काममा खटिएका अन्य पुरुष सरह काम गरिरहेकी छन् । मसला वनाउने, ढुङ्गा वोक्ने, माटो खन्ने यी र यस्तै थुप्रै काम रत्नाले गर्नुपर्छ । महिला र पुरुषको काम समान भए पनि ज्याला भने समान पाउन सकेकी छैनन् ।
रत्ना लमही–मध्यनगर सडक कालोपत्रे काममा लेवरको रुपमा काम गर्छिन् । रत्ना जस्ता अन्य धेरै महिला पनि काममा खटिएका छन् तर, ज्याला भने पुरुष सरह पाउन सकेका छैनन् । ‘पुरुष सरह काम गरिरहेका छौं तर, ज्याला भने फरक छ ।’ चौधरीले भनिन् ‘महिला पुरुष बराबरी भनेको धेरै सुनियो तर, ब्यबहारमा अझै बराबरी छैन् ।’ सडक कालोपत्रे गर्नु पूर्वको नाली, कल्भर्ट र होमपाईप हाल्ने काममा खटिएका महिलाहरुले पुरुष सरह समान ज्याला पाउन सकेका छैनन् । 5 news.1

एक जना पुरुषले लेवर काम गरेवापत दैनिक ४ सय रुपैयाँ पारिश्रमिक पाउँछ भने, त्यही काममा खटिएका महिलाहरुले भने दैनिक ३ सय ५० रुपैयाँ पाउने गरेका छन् । ‘ठेकेदारलाई कुरा उठाएका हौं, पुरुष सरह हामीलाई पनि ज्याला दिनुप¥यो भनेर तर, पुरुष बराबर पाईदैन भने ।’ काममा खटिएकी चौधरीले भनिन् ‘यहाँ मात्रै होईन अन्यत्र गर्ने काममा पनि महिला भनेर पैसा थोरै दिन्छन् ।’ नयाँ संविधानमा कुनै पनि भेदभाव नहुने उल्लेख छ । तर, संविधान विपरीत महिला भएकै कारण समान कामको असमान ज्याला छ ।
यो एउटा उदाहरण मात्रै हो । दाङ जिल्लामा काम गर्ने महिला मजदुरको समस्या यस्तै छ । दैनिक तीन सय ५० रुपैयाँ भन्दा कम पारिश्रमिकमा काम गर्न बाध्य छन् । काम गर्ने जिम्मा पाएका ठेकेदारहरुले समान प्रकृतिको काममा पुरुषलाई बढी पैसा दिने र महिलालाई पुरुषले पाउने भन्दा कम पैसा दिने गरेका छन् । गंगापरस्पुर जेठान गाउँकी १४ बर्षीय स्वतीका कुमाल नाली वनाउने काममा खटिएकी छन् । कक्षा ५ को परिक्षा सकेर उनी मजदुरीको काममा खटिइन् । ‘कक्षा ५ को परीक्षा दिएकी छु, दुई सय ९० रुपैयाँ दिनको दिन्छु भनेका छन्, एक हप्ता भयो काम गर्न थालेको’ कुमालले भनिन् ‘अलि अलि कमाई हुन्छ की भनेर काममा आएकी हुँ ।’

लमही–मध्यनगर सडक कालोपत्रेको काममा खटिएका महिला र पुरुष मजदुरहरुले पाउने ज्यालामा विभेद नगरिएको ठेकेदार दीपक न्यौपानले दाबी गरे । ‘ज्याला समान छ’ उनले भने, ‘खाना खाएर र सुख्खामा गर्नेहरुको बीचमा थोरै फरक हुन सक्छ तर, महिला र पुरुषकालागि भने फरक छैन् ।’ तर त्यहाँ काममा खटिएका श्रमिक महिलाहरु भने आफूहरुले श्रमिक पुरुषभन्दा कम ज्याला पाउने गरेको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np