Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

समरेखा प्रकाशनका सन्दर्भमा

         ||   306 Views   ||   Published Date : 25th February 2012 |

समरेखा द्वैमासिक लैंगिक समानता र सामाजिक न्यायका लागि समर्पित पत्रिका हो । समाजमा पछाडि पारिएका समुदायको आवाजलाई प्राथमिकता दिँदै यस अभियानमा सिंगो समुदायलाई अभ्रि्रेरणा प्रदान गर्नु यसको लक्ष्य रहेको छ । महिला अधिकारको स्थापना, न्यायमा सहज पहुँच, निर्ण्र्ााप्रक्रियामा समान सहभागिता, समान हैसियतको नागरिक र पहिचानसहित बाँच्न पाउने अधिकारका लागि नेपाली महिलाहरुले धेरै संर्घष्ा गर्दै आएका छन् । त्यस्तै इतिहासको विभिन्न कालखण्डदेखि आफूहरुले भोग्दै आएको भेदभाव, उँचनीचका पर्खाल भत्काउँदै समाजका अन्य उत्पीडित समुदायले पनि आ(आफ्नो तहबाट आवाज उठाएका छन् तर पनि ती आवाजहरु मूलप्रवाहीकरण हुन बाँकी नै छ ।
भनिन्छ, पत्रकारिता आवाजविहीनहरुको आवाज हो । तर आजको मिडियाको मूलस्वरुप हर्ेदा यो आवाजविहीनहरुको सच्चा आवाज बन्न सकेको देखिँदैन । समाजमा पछाडि पारिएका समुदायको आवाजको समुचित प्रतिनिधित्व मिडियामा अझै हुन सकिरहेको छैन, जसका कारण समाजमा व्याप्त रुढीग्रस्त मूल्यमान्यता समयानुकूल परिवर्तन हुन सकेका छैनन् । राज्यसत्ता सञ्चालनका प्रक्रियामा ती तमाम उत्पीडितहरुको अर्थपर्ूण्ा सहभागिता हुन सकिरहेको छैन । समाजमा व्याप्त रुढीग्रस्त मूल्यमान्यतामा परिवर्तन तथा लैंगिक समानता र सामाजिक न्याय स्थापनाको अभियानमा पत्रिकाको माध्यमबाट थोरै भएपनि योगदान पुर्‍याउन सकिए समरेखा प्रकाशनको र्सार्थकता हुनेछ । यहाँहरु सबैको रचनात्मक सल्लाह, सुझाव तथा सहयोगले समरेखाको यो अभियानलाई निरन्तरता प्रदान गर्न महत्वपर्ूण्ा भूमिका खेल्नेछ ।

सम्पादक/प्रकाशक
लक्ष्मी आचार्य

कार्यालय
समरेखा द्वैमासिक
Samarekha Bi-Monthly
घोराही नगरपालिका- ११, घोराही, दाङ
फोन ०८२-५६१३०३

इमेल
magazinesamarekha@gmail.com

वेवसाइट
www.samarekha.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np