Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बोक्सी आरोप लगाउनेलाई जेल सजाय : प्रभावितलाई गाऊँमै पुगेर सम्मान

         ||   181 Views   ||   Published Date : 3rd January 2017 |

boksi-pidit-lai-samman
समरेखा डेस्क ।
जोखिम मोलेर बोक्सीको आरोप लगाउनेबिरुद्ध संघर्ष गरेको भन्दै कथित बोक्सीको आरोपमा कुटिएकी धनौरी गाविस १ चिलरियाकी ६० वर्षीया दिव्या चौधरीलाई अधिकारकर्मीहरूले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् । महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल र ओरेक नेपालको आयोजनामा गरिएको सम्मान कार्यक्रममा अधिकारकर्मीहरुले उनलाई सम्मान गरेका थिए ।
चौधरीको घर पुगेर अधिकारकर्मीहरूले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सोही ठाउँका ३१ वर्षीय हरि चौधरीले ०७३ वैशाख ८ गते दिव्यालाई बोक्सीको आरोपमा कुटपिट गरेका थिए । जिल्ला अदालतले मङ्सिर २ गते आरोपितलाई दोषी ठहर गर्दै ६ महिना कैदको फैसला गरेको थियो । घटना लगत्तैदेखि फरार रहेको हरी चौधरी अदालतले दोषी ठहर गर्दै कैद फैसला गर्दासमेत प्रहरीको नियन्त्रणमा आएको छैन ।
सम्मान कार्यक्रममा उनका परिवारले अहिले पनि मानसिक त्रास नहटेको गुनासो गरेका थिए । दिव्याकी बुहारी गीता चौधरीले कुटपिटबाट घाइते सासुको उपचार गरे पनि अझै गाउँमा ढुक्कसँग बस्ने अवस्था नभएको वताइन् । बोक्सीको आरोप लगाएर कुटपिट गर्नेलाई अदालतले दोषी ठहरगर्दै ६ महिना कैद फैसला गरे पनि अहिलेसम्म प्रहरी नियन्त्रणमा आएकोले जतिबेला पनि आफूहरूमाथि आक्रमण हुन सक्ने त्रास परिवारमा रहेको गीताले अधिकारकर्मीहरूमाझ सुनाईन् ।
बोक्सीको आरोप लगाई जुनसुकै व्यवहार गर्नेलाई कानुनले दण्डनीय बनाएको छ । त्यस्तो कसूर गर्नेलाई कानुनले छ महिनादेखि दुई वर्ष कैद, पाँच हजारदेखि २० हजारसम्म जरीवाना सजाय तोकेको छ । त्यस्तै कसूर अभिभाकत्व प्रदान गर्नुपर्नेले गरे पच्चिस प्रतिशत सजाय थप हुने व्यवस्था कानुनले गरेको छ । बोक्सीको आरोपमा, कुटपिट गर्ने, अगंभंग गर्ने, खोप्ने, डाम्नेलगायतका कसूर गर्नेलाई पाँच वर्षदेखि आठवर्ष कैद पचास हजारदेखि एकलाखसम्म जरीवाना तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np