गोरो बनाउने क्रिमको कालो कथा
सरस्वतीलाई विहेको जग्गेमा बस्ता सबैभन्दा सुन्दरी बनेकी छु भन्ने भावनाले मनै फुरुङ्ग पारेको थियो । साथीहरुको सल्लाहमा उनले विभिन्न किसिमका क्रिमलगायत श्रृङ्गारका सामाग्रीहरु लगाएकी थिइन् । साथीहरुले कोरियन क्रिमले खुब गोरो बनाउँछ भनेका थिए, उनले त्यसै अनुसार गरिन् र अरु दिन भन्दा आप्mनो अनुहार थप गोरो र सुन्दर बनेको अनुभवसमेत गरिन् । दुलही बनेको दिन उनले पटक पटक ऐनामा हेरेर साथीहरुलाई धन्यवाद दिएकी थिइन् । विहे पछि पनि जग्गेमा बस्दाको आप्mनो सुन्दर अनुहारको फोटो हेरेर पनि उनलाई आनन्दको अनुभूति हुन्थ्यो । तर यो अनुभूति धेरै दिन टिक्न सकेन । केही हप्तापछि छालामा खटिरा र बिमिरा आउन थाले । खटिरा पिप निस्किन थाल्यो । पछि अनुहारमा एलर्जी भयो । अनुहार त तेजाब खन्याएर जलेको जस्तो कुरूप पो भयो । साथीहरुले सिकाइ दिएको तरीका विहेभर बरदान जस्तै लागेकोमा केही दिनमै यो अभिसापमा परिणत भयो । यस किसिमको अभिसाप आजका धेरै युवतीहरुले भोगिरहेको देखिन्छ ।
बिहेको जग्गेमा बस्दा सबैभन्दा सुन्दर बन्ने चाहना कसलाई पो हुँदैन र ? जीवनमा सवैभन्दा राम्री हुने अवस्था पनि यही हो । केटीहरु मात्र होइन केटाहरुले पनि साथीभाईको सल्लाह र सहयोगमा अनेक किसिमका श्रृङ्गार गरेर आपूmलाई बढी सुन्दर बनाउने प्रयास गरिरहेका हुन्छन् । यसरी श्रृङ्गार गर्दा कतिपय अवस्थामा आप्mनो सुन्दर शरीरलाई कुरुप पनि बनाइरहेका हुन्छन् । तत्काल राम्रो देखिए पनि दीर्घकालमा त्यसले अनेक समस्या सिर्जना गरिरहेको हुन्छ । कतिलाई आप्mनो श्रृङ्गारको सामाग्रीले नै कुरुप बनाइरहेको छ भन्ने हेक्कासमेत भइरहेको हुँदैन । आफैले लगाएको श्रृङ्गार सामाग्रीले अनुहार कुरुप बनेपछि चिकित्सकहरुकहाँ अत्तालिँदै उपचार गर्न जानेहरुको संख्या हाल दैनिकरुपमा बढिरहेको सम्बन्धित चिकित्सकहरुको भनाई छ । अझ त्यसमा पनि छालालाई गोरो बनाउने भनेर लगाइएका क्रिमहरुले बढी मात्रामा अनुहारमा क्षति पु¥याइरहेको पाइएको छ ।
काठमाडौं मेडिकल कलेजमा कार्यरत छाला रोग विशेषज्ञ सविनाका अनुसार अस्पतालमा दैनिकरुपमा २–३ जना मानिसहरु गोरोपन बृद्धि गर्ने भनिएका क्रिम लगाएपछि छाला बिग्रिएर अनुहार नै कुरुप बनेपछि उपचार गर्न आउने गरेका छन् । यसरी आउनेहरुले गोरो पार्ने क्रिम लगाउँदा केही दिनसम्म त छाला राम्रो देखिएको तर पछि छाला बिग्रिँदै गई कालो चाया आएर झन विरुप भएको पीडा सुनाउँछन् ।
डा.सबिनाले अनुहारमा लगाउने भनिएका हानिकारक क्रिमहरुका कारण विरुप बनेर उपचारका लागि आएका धेरै पीडित महिलाहरुको फोटो संकलन गर्नुभएको छ । यी फोटाहरु हेर्दा क्रिम भनेको विरुप गराउने विषादिनै हो कि भन्ने अनुभव हुन्छ । यसरी पीडित बनेर आउनेहरुमा धेरै युवतीहरु छन् जसमा पढेलेखेका र स्वास्थ्य क्षेत्रमा नै काम गरेकाहरु पनि छन् । डा. सविनाको अस्पतालमा कार्यरत एकजना नर्ससमेत यस्तै गोरोपन बृद्धि गर्ने भनिएको क्रिम लगाएर छाला बिग्रेपछि कुरुप अवस्थामा उपचार गर्न आएकी थिइन् । छाला गोरो पार्नका लागि रामबाण भनेर प्रचार गरिएको एउटा हर्बल (जडिबुटीे) क्रिम लगाएको केही दिनमा नै उनलाई समस्या शुरु भएको थियो । त्यस क्रिममा कस्ता कस्ता रसायनहरु प्रयोग गरिएको छ भन्नेतिर उनको ध्यान गएन । बरु जडीबुटीले बनेको भनेपछि राम्रै हुन्छ होला भनेर उक्त क्रिम लगाएको उनले बताइन् ।
किशोरावस्थामा प्रवेश गरेका स्कुल जाने उमेरका कतिपय केटीहरुले पनि गोरो बन्ने भनिएका क्रिम लगाएर अनुहारलाई कुरुप अवस्थामा पु¥याउने गरेको पाइएको छ । बाह्रबिसेमा एउटा स्कूलमा जाँदा केही किशोरीहरुको अनुहारमा अलि बढीनै कालो पोतो भएको पाइयो । उनीहरुसँग चिकित्सकले अन्तरक्रिया गर्दा छाला गोरो पार्ने २५ रुपियाँ पर्ने क्रिम लगाए पछि उनीहरुमा यस्तो समस्या आएको बताए । स्कुलमा पढ्ने गहुँगोरो वर्णका ती किशोरीहरलाई ‘सेतो छाला’ चाहिएको थियो । आप्mनो अनुहारको छालालाई सेतो पार्नका लागि लगाइएको क्रिमले उनीहरुको छालामा समस्या उत्पन्न गरेको थियो । यस किसिमको समस्या अहिले स्कूल पढ्ने किशोरीहरुमा प्रशस्तै मात्रामा देखिने गरेको छ । उपचारको पहँुचमा समेत नरहेका ग्रामीण क्षेत्रका धेरै किशोरीहरुका लागि त यो समस्या जीवनभरका लागि अभिसाप बनिरहेको छ ।
गोरो बनाउने भनिएका क्रिमले छालामा विभिन्न किसिमका समस्याहरु उत्पन्न गर्नसक्ने भएकाले यसको जथाभावी प्रयोग नगर्न छाला रोग विशेषज्ञहरुले बारम्बार चेतावनी दिदै आएका छन् तर प्रयोगकर्ताहरुको ध्यान यसतर्फ आकर्षित हुन सकिरहेको देखिँदैन । यस किसिमका क्रिमहरु उत्पादन गर्ने कम्पनीहरुको आक्रामक विज्ञापनका कारण चिकित्सकहरुको जानकारी तथा चेतावनी छायाँमा परिरहेको छ । मानिसहरुलाई भ्रम पारेर आप्mना उत्पादनहरुको प्रयोगका लागि उत्सुक बनाउने गरी विभिन्न सञ्चार माध्यमबाट प्रचार गरिएका विज्ञापनहरुले उपभोक्ताहरुलाई सधैँ नियन्त्रणमा राखिरहेको हुन्छ । उत्पादकहरुको विज्ञापनको जालोमा जेलिए पछि सामान्यतया उपभोक्तहरुलाई फुत्किन निकै कठिन नै पर्छ । एउटा बस्तुको खराव पक्षबाट पीडित बनेपछि पनि उनीहरुले यस्ता वस्तुको प्रयोग त्याग्दैनन । बरु यस्तै अर्को वस्तुको विज्ञापनको जालोमा जेलिन पुगिरहेका हुन्छन् । यसमा पनि केही समय पछि धोका पाए भने त्यो ट्रेडमार्कको बस्तु प्रयोग गर्न छोडे पनि यस्तै अर्को ट्रेडमार्क भएको वस्तुको प्रयोगका लागि उनीहरु विभिन्न विज्ञापनहरु तर्फ चासो दिन थाल्छन् । यसले उनीहरुको आर्थिक मानसिक अवस्था त कमजोर हुँदै जान्छ नै, साथै ती बस्तुले पु¥याउने हानीबाट पनि उनीहरु पीडित बनिरहेका हुन्छन् । वास्तवमा विज्ञापनका भरमा यस्ता उपभोग्य वस्तुहरुको प्रयोग सहजै गर्नु हुँदैन । यसमा धेरै विचार पु¥याउन आवश्यक छ ।
कमसल र हानीकारक बस्तुहरुका उत्पादकहरुले अहिले विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गरेर आप्mना कमसल बस्तुहरुको प्रबद्र्धन गरिरहेका छन् । तर मानिसहरु यस्ता कार्यक्रमहरुलाई उत्साहका साथ अवसरका रुपमा उपयोग गरिरहका हुन्छन् । साथै लामो समयसम्म त्यस्ता बस्तुहरुको प्रभावमा परिरहेका हुन्छन् । उत्पादकहरुले महिला तथा किशोरीहरुलाई लक्ष्य गरेर विभिन्न किसिमका सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर समर्थन बटुलिरहेका छन् । यस्ता सौन्दर्य प्रतियोगिताहरु नेपालमा फेसनका रुपमा विकास भइरहेको देखिन्छ । पहिले वर्षको एउटा प्रतियोगिता आयोजना हुँदा विरोध गर्नेहरु अहिले हरेक जातजाति र उमेर समूहका युवतीहरुकालागि यस्ता प्रतियोगिताहरु आयोजना हुँदा पनि चुप लागेर बसिरहेका छन् । प्रतियोगिता सञ्चालनका लागि प्रयोजकहरु उपलब्ध हुने भएकाले पनि यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालनमा छन् । प्रायोजकहरुले एक पटक थोरै रकमको प्रायोजन गरेपछि लामो समयसम्म उनीहरुलाई आप्mनो प्रभावमा पारेर बस्तुको व्यापार बृद्धि गर्न सकिने भएकाले पनि प्रायोजकहरुको कमी देखिँदैन । तर त्यस्ता प्रायोजकहरुले भविष्यमा कस्तो गुणस्तरको बस्तुको बजार प्रबर्धन गर्छन भन्ने कुरा कार्यक्रम आयोजकहरुले ध्यान दिइरहेका हुँदैनन ।
प्राकृतिक रुपमा सुन्दर मानिसलाई गोरो हुनु चाहिँ सुन्दरता हो भन्ने भ्रम पनि यस्तै बस्तु उत्पादक बहुराष्ट्रिय कम्पनीहरुले सिर्जना गरिरहेका छन् । भौगोलिक अवस्था अनुसार विभिन्न भूभागका मानिसहरुको रङ पनि फरक फरक नै हुन्छ । कालो, गोह्रो, गहुँगोह्रो, सेतो, खैरो वा अरु कुनै रङ भएका मानिस त्यस स्थानका लागि र त्यो समुदायका लागि सुन्दर र सुहाउँदिलो नै हुन्छन् । तर अर्को स्थानमा जाँदा स्वाभाविकरुपमा भिन्न र अमिल्दो हुनसक्छ । कुन वर्ण चाहिँ सुन्दर भन्ने कुरा मानिसको दृष्टिकोणमा भर पर्ने कुरा हो । मानिसहरुलाई आपूm र आप्mनो समुदायका मानिसहरुको वर्ण स्वाभाविक र सुन्दर लाग्छ चाहे त्यो जुनसुकै वर्ण किन नहोस् । कुनै वर्ण विशेष संसारभरका लागि मान्य हुन्छ भन्ने हुँदैन तर बहुराष्ट्रिय कम्पनीहरुले सेतो वा गोरो हुनु चाहिँ सुन्दर हुनु हो र अन्य रङको छालालाई पनि गोरो वा सेता बनाउने क्षमता भएका क्रिमहरु उनीहरुले बजारमा ल्याइरहेका छन् भनेर दावीका साथ आक्रामक विज्ञापन गरिरहेका हुन्छन् । यसले मानिसमा भ्रम उत्पन्न गरेर त्यस्ता बस्तुहरु किन्न बाध्य पार्ने त छदै छ, साथै मानिसहरुमा भेदभाव पनि सिर्जना गरिरहेको छ । मानिसको कुनै एउटा रङ चाहिँ राम्रो हो भनेर उनीहरुले प्रचार गर्नु शत्प्रतिशत भेदभाव र अन्यायपूर्ण हो । यसले सेतो र तथा गोरो रङबाहेकका मानिसहरुलाई हिनताबोध र आत्मग्लानी गराइरहेको हुन्छ । यस किसिमको भेदभाव गरेर हिनताभाव सिर्जना गर्दा पनि आम मानिसहरुले यसको विरोध गरिरहेको देखिन्न । बरु उल्टै त्यस्ता विभेदयुक्त भनाइको समर्थनमा ती बहुराष्ट्रिय कम्पनीहरुले उत्पादन गरेका गोरो बनाउने भनिएका क्रिमलगायतका बस्तुहरु खरिद गर्नमा हामीले ठूलो रकम खर्च गरिरहेका छौँ । यसले समाजमा विभेदको सिर्जना गर्ने समूहलाई थप प्रोत्साहन मिलिरहेको छ । र उनीहरु हौसिएर यस्ता बस्तु उत्पादन र प्रचारमा लागिरहेका छन भने हामीहरु चाहिँ अनावश्य पैसा खर्च गरेर आप्mनो प्राकृतिक रङलाई विकृत बनाउने काम गरिरहेका छौँ ।
रंग गोरो वा कालो हुने भन्ने कुरा जन्मिँदा नै निर्धारित भएर आउँछ । त्यसलाई त्यसै रुपमा रहन दिनु उचित हुन्छ । विज्ञापनको भ्रम र दवावमा परेर मानसिक तनाव पछि आप्mनो प्राकृतिक कालो रङ लाई सेतो बनाउँछु भनेर अनेक उपाय गरेर झन पीडा भोग्न बाध्य भएका प्रसिद्ध पप गायक माइकल ज्याक्सन विश्वकै लागि एउटा उदाहरण हुन् । उनी आफ्नो कालो रंगबाट मुक्ति पाउन चाहन्थे र त्यसलाई अनेक शल्यक्रिया गरेपछि उनको रंग त परिवर्तन भयो तर लगातारको दुखाई उनको जीवनको अभिन्न भाग बन्न गयो र पछि दुखाई कम गर्ने औषधि नै उनको मृत्युको कारण बन्यो ।
हिजोआज स्किन ह्वाइटनिङ र लाइटनिङ क्रिम खुब प्रयोगमा आउने गरेका छन् । ती क्रिम छालाका लागि एकदमै खतरनाक छन् । केही समयलाई गोरो बनाएको भ्रम दिए पनि तिनमा हाइड्रोक्विनोन, मर्करी, युभिबी र युभिए नामक तत्वहरु मिसाएको हुन्छ । यी तत्वले डर्माटाइटिस, एक्ने, सुगरजस्ता रोग लाग्न सक्छन् । ती क्रिमले छालाको इपिडर्मिस लेयरलाई नस्ट गरेर छालालाई पानी भन्दा पातलो बनाइदिन्छन् ।
काठमाडौकि व्युटिसियन सुषमा कोइराला भन्छिन्, ‘नेपालीहरु जे कामको पनि छिटो परिणाम खोज्छन् । अहिले चाइनिज उत्पादनहरुले नेपालीहरुको त्यस किसिमको चाहनालाई पुरा गरिदिएको छ । चाइनिज उत्पादनहरुले छिटो रिजल्ट दिन्छन् । तर, त्यसको दीर्घकालिन नकारात्मक असर असाध्यै नराम्रो हुन्छ । हाल चाइनाबाट आइरहेका कतिपय क्रिमहरुले छालाको रङमा एकदमै छिटो परिवर्तन ल्याइदिन्छन र तत्कालीन आत्मसन्तुष्टि पनि दिन्छ तर पछि अनुहारलाई नै कुरुप बनाई दिन्छ ।’
नेपाली बजारमा केही समय अघिदेखि छालामा आउने चायापोतो हटाउने चाइनिज क्रिम खुब चर्चामा रहेको छ । यो क्रिमले दुईचार दिनमै समस्या हल गर्ने भएकाले धेरैले खोजीखोजी लगाएका पनि छन् । तर, क्रिम लगाउन्जेल चाया हट्ने र पछि झन् बढेर आउने समस्या देखापरिरहेको पाइएको छ । काठमाडौकै अर्कि व्युटिसियन लक्ष्मीले आफू पनि त्यसको मारमा परेको बताइन् । ‘सुरुमा सानो दाग मात्रै आएको थियो, ‘त्यो क्रिम लगाएपछि त झन् गालैभरि पोतो आयो उनले भनिन् ।
अहिले छालाको उपचार गर्ने भनेर एउटा विज्ञापन प्रचार गर्ने गरेको देखिन्छ । अनुहारको छालालाई गोरो बनाउने भनिएको यो क्रिमको विज्ञापनमा भनिएको छ, “तपाईँको छालाको रंग गहुँगोरो हुनु, (सेतो नहुनु), एउटा रोग हो र यो क्रिमले छालालाई सेतो बनाएर छालाको रोग ठीक पार्छ” । अफ्रिका महादेशमा बस्नेहरुको रंग कालो हुन्छ , एशियाका धेरै जसोको गहुँगोरो हुन्छ , अफ्रिकामा बस्नेहरु मध्ये पनि गोरा मूलका मानिसहरुको रंग गोरो हुन्छ । भारतमा दक्षिण भागमा बस्नेहरुको रङ कालो वा गहुँगोरो हुन्छ भने पहाडमा कश्मिरमा बस्नेहरुको रंग गोरो हुन्छ । नेपालमा पनि पहाडमा बस्ने मानिसहरुको रङ गोरो वा गहुँगोरो हुन्छ । मानिसको छालाको रंग शरीरमा भएको मेलानिन नामक पदार्थको कारणले हुन्छ । बढी मेलानिन भएकाहरुको रंग कालो र कम भएकोहरुको गोरो वा गहुँगोरो हुन्छ । त्यसरी नै कपालको रंग पनि कसैको कालो, कसैको खैरो, कसैको हल्का खैरो हुन्छ र यी सबै प्राकृतिक कुरा हुन् । मानवको यो प्राकृतिकपनालाई वा शरीरमा बढी मेलानिन् हुनुलाई ‘रोग’ भएको छ भन्ने जानकारी दिने यस्ता विज्ञापनलाई नै रोक लगाउनु उचित हो ।
गहुँगोरो रंग रोग हो र यसको उपचार गर्नुपर्छ भन्ने जस्ता गलत विज्ञापनले हाम्रो समाजमा भ्रम पैदा गरेका छन् र यसले विशेष गरी किशोरीहरु, युवतीहरु र महिलाहरुलाई जसरी भए पनि गोरो हुनै पर्ने वा बाध्यता पैदा गरेको छ । प्राकृतिक रङलाई रोग मानेर सेतो बनाउने ‘क्रिम’ लगाउन थालेपछि चाँहि साँच्ची नै छालामा अनेक रोग देखा पर्छन् । स्वास्थ्य राम्रो भयो भने कुनै श्रृङगार नगरी नै पनि सुन्दर देखिन्छ । बिरामी भएका व्यक्तिहरुले जतिसुकै क्रिम लगाए पनि उनीहरुको अनुहारमा कान्ति र चमक आउँदैन । बरु स्वस्थ युवा युवतीहरुले अुनहारमा चमक ल्याउन भनेर अनेक किसिमका गोरोपनका क्रिम लगाउँदा अनुहारमा अनेक किसिमका दाग, धब्बा आदि चाहिँ पछि देखा पर्छन् ।
छाला रोग विशेषज्ञ डा. विमल ओझा भन्नु हुन्छ ‘म कहाँ अनुहारको छाला बिग्रियो, दाग आयो भनेर गुनासो गर्दै उपचारका लागि धेरै मानिसहरु आउँछन् । उनीहरुको कुरा सुनेपछि थाहा हुन्छ कि ३–४ महिनादेखि लगाइरहेको गोरो पार्ने क्रिम नै त्यसको कारण भएको हुन्छ । उनीहरुलाई गोरोपनको क्रिम नै उनीहरुको छाला बिग्रिनुको कारण हो भन्दा उनीहरुलार्ई विश्वास नै लाग्दैन । लगातार आइरहेका विज्ञापनले उनीहरुको मस्तिष्क नै एकोहोरो बनाएको हुँदो रहेछ । म उनीहरुलाई गोरोपनको क्रिम छोड्ने सल्लाह दिन्छु । त्यसको सट्टामा स्वस्थ जीवनशैली अपनाउन र पौष्टिक खानामा ध्यान दिन भन्छु । तर धेरैले यो कुरा बुभ्mदैनन् ।’
अनुहारमा लगाउने क्रिमहरु मात्र होइन लिपस्टिक वा लिप ग्लस पनि जथाभावी लगाउँदा ओठ सुख्खा हुने फुट्ने , रगत आउने आदि समस्या हुने गरेको पाइएको छ । यस्ता कतिपय सेड्समा सिसाको धुलो मिसाइएको हुन्छ । ग्लिटर्स (टल्किने चिज) मिनरलबाट बनाउनु पर्ने हो ,तर त्यो महँगो हुने भएकाले मिनरलको सट्टा सिसा वा मर्करीको चुन बनाएर त्यसमा मिसाउने गरिन्छ जुन स्वास्थ्यका दृष्टिले अत्यन्त हानिकारक हुन्छ । त्यसले आँखाको ज्योति पनि गुमाइदिन सक्छ ।
हामीहरुमध्ये कतिले गोरो पार्ने क्रिम, आँखामा लगाउने क्रिम, लिपस्टिक आदि लगाउँछौं । तर त्यसको गुणस्तर के छ, त्यसले के असर पार्छ भनेर कहिले विचार गर्दैनौं, किन होला ? किनभने हामी एकै छिनमा गोरो पार्ने क्रिम वा ओँठ रातो पार्ने लिपस्टिक आदि पक्कै पनि राम्रो हुन्छ भन्ने लाग्छ । तर यो पूर्णत भ्रम मात्र हो ।
स्वस्थकर खाना, पानी र योगले गर्दा अनुहार र शरीर स्वस्थ रहन्छ र स्वस्थ भएपछि चमक आउँछ । छालाको रंग गहुँगोरो होस् वा कालो होस् वा गोरो होस् अस्वस्थ शरीरमा कसरी सुन्दरता आउँछ ? यदि गोरोपन नै सौन्दर्यको मापदण्ड हुँदो हो, गोरोपन नै योग्यताको मापदण्ड हुँदोहो त अमेरिका र युरोपका सबै महिला पुरुष योग्य र सौन्दर्यवान मानिन्थे होला । तर उनीहरुमध्ये कतिपय त छालाको रंग गहुँगारो होस् भनेर सूर्य स्नान गर्छन् । अर्थात् गोरो मानिसहरु पनि आफ्नो रंगमा कालोपन देखियोस् भन्ने चाहाना राखेको देखिन्छ ।
विश्व स्वास्थ्य संघले आफ्ना विभिन्न रिपोर्टहरुमा हानिकारक र मिसावट भएका श्रृङ्गार समग्री (गोरो बनाउने, रातो बनाउने लिपिस्टिक) आदिको प्रयोगले छाला नराम्रो हुने मात्रै होइन कि शरीरका भित्री अंगहरु मुटु, मृगौलामा पनि नकरात्मक असर पार्ने कुरा उल्लेख गरेको छ । गोरोपन भनेर बनाउने क्रिममा मर्करीको (एक रसायनिक तत्व) राखिएको हुन्छ । मर्करी थर्मोमिटरमा पनि प्रयोग गरिन्छ तर मर्करीको छालामा प्रयोग गरेपछि यसले हामीहरुको रोगसँग लड्ने शक्ति कम हुन्छ । विभिन्न गोरो पार्ने क्रिमले शरीर भित्रका अंगलाई खत्तम गर्छ भन्ने कुरा हामीलाई कसैले भन्दैन ।
मानिसहरुले प्रयोग गर्ने गोरो बनाउने भनिएका क्रिमसम्बन्धमा काठमाडौंका पसलहरुमा अनुसन्धान गर्नुभएका वातावरण वैज्ञानिक राम चरित्र शाह भन्नुहुन्छ “हामीहरुले तिनका नमूना संकलन गरेर भारतमा जाँच गर्न पठाएका थियौं र थाहा पायौं कि यस्ता गोरोपनको क्रिममा धेरै नै मात्रामा मर्करी प्रयोग गरिएको रहेछ” ।
यसरी छालाको प्राकृतिक रंगलाई रोगका रुपमा व्याख्या गरेर भएका विज्ञापनहरु अनैतिक र भ्रमपूर्ण हुन् । यस्ता विज्ञापनले समाजमा विभेद र विकृती पनि पैदा गर्छन । साथै आक्रामक विज्ञापनको भ्रम र दवावमा परेर किनिएका वस्तुले अनेक किसिमका स्वास्थ्य समस्या पनि श्रृजना गरिदिन्छ । त्यसकारण यस्ता वस्तुको प्रयोग गरेर योग्य, सुन्दर र प्रतिभावान् बन्ने कुरालाई त्याग्नु नै उचित हुन्छ । परिश्रम, योग्यता, प्राकृतिकपन, स्वस्थता जस्ता गुणहरुको विकासमा लाग्नु पर्छ । छाला सेतो पारे पछि सवै सफलता मिल्छ भन्ने भ्रममा कसैलाई पार्नु र पर्नु पनि हुँदैन ।