Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

पीडितलाई प्रश्न सोधेकै कारण निलम्बन

         ||   174 Views   ||   Published Date : 4th January 2017 |

पीडितलाई प्रश्न सोधेकै कारण निलम्बन
मन्टेरियल ।
क्यानडाली संघीय अदालतका एक न्यायाधीशलाई पीडितसँग प्रश्न सोधेकै कारणले निलम्बन भोग्नुपर्ने समस्या अवस्था आएको छ । सन् २०१४ मा एक बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बलात्कार पीडितलाई सोधेको प्रश्नको कारण उनी निलम्बनमा पर्न लागेका हुन् ।
उनले १९ वर्षीया पीडितलाई सोधेका थिए– ‘किन घुँडा जोडेर बस्न सक्दिनौ ?’ क्यानेडियन ज्युडिसियल काउन्सिल सिजेसीले ६४ वर्षीय न्यायाधीश रोबिन क्याम्पबारेको निर्णय गर्नेछ । उनले आफूले त्यस्तो प्रश्न गरेकोमा क्षमायाचना गरिसकेका छन् ।
क्याम्प उक्त मुद्दाको सुनुवाइ हुँदा प्रान्तीय अदालतका न्यायाधीश थिए । उनले अभियुक्तको बयान पीडितको भन्दा विश्वसनीय भएको भन्दै सफाइ दिएका थिए । अदालतका मिसिलहरूले क्याम्पले ती पीडित महिलालाई ‘अभियुक्त’ रहेको संकेत गर्दै ‘पीडा र यौन कहिलेकाहीं सँगै हुने‘ भनेको देखाएको छ ।
पीडितले अपिल गरेपछि क्याम्पको फैसला उल्टाएर उक्त मुद्दामा पुनः सुनुवाइ शुरु भएको छ । क्याम्पले आफूलाई क्यानडाको यौन हिंसाविरुद्धको कानुनबारे कम ज्ञान भएकाले त्यस्तो गल्ती हुन पुगेको धारणा राखेका छन् ।
उनले १९६० देखि १९८० को दशकसम्म दक्षिण अफ्रिकामा भएकाले यौन हिंसाविरुद्धको कानुनले महिलाहरूलाई विभेद गर्ने प्रवृत्तिबाट जोगाउने गरेकोबारे थाहा नभएको जिकिर गरेका छन् । न्यायिक छानबिनको निचोड तयार पारिनेछ । त्यसपछि सिजेसीले आफ्नो टिप्पणीसहित यसलाई संघीय कानुनमन्त्रीसमक्ष पठाउनेछ ।

सुत्केरी बिदा अब ६ महिनासम्म
भारत ।
भारतले सुत्केरीलाई दिइने सेवा विस्तार गरेको छ । नरेन्द्र मोदी सरकारको केन्द्रीय मन्त्रिमण्डलले सुत्केरीका लागि ६ महिना बिदा दिने निर्णय गरेको हो । यसअघि सुत्केरी महिलाका लागि तीन महिना बिदा दिइने गरिएको थियो ।
त्यस्तै मोदी सरकारले बच्चा गोद लिने अर्थात अर्काको बच्चा लिने महिलाका लागि पनि तीन महिना बिदा दिने निर्णय गरेकोे छ । बिदाको अवधिमा नोकरीबाट आउने सम्पूर्ण सुविधा पनि जारी रहनेछ ।

१० जनाभन्दा बढी कर्मचारी कार्यरत सम्पूर्ण कार्यालयमा यो नियम लागू गरिने भारत सरकारको तयारी रहेको छ । यो नियम लागू भए पछि रोजगारीमा रहेका भारतका १८ लाख महिलाहरु लाभान्वित हुनेछन् ।
बालविवाहविरुद्ध उभिए भारतका टेन्ट डिलर

भारतको राजस्थानमा ४७ हजार टेन्ट डिलरहरु बालविवाहविरुद्ध दृढताकासाथ उभिने निर्णय गरेका छन् । बालविवाह भएमा आफूहरूले टेन्ट उपलब्ध नगराउने भन्दै उनीहरुले आफ्ना ४७ हजार सहकर्मी कामदारलाई वालविवाहका लागि टेन्ट उपलब्ध नगराउन आव्हान गरेका छन् ।
राजस्थान टेन्ट डिलर्स किराया भवस्या समितिमा आवद्ध डिलरहरूले वालविवाह रोक्न विवाहमा टेन्ट उपलब्ध गराउनुपूर्व विवाह हुने केटा केटीको जन्मदर्ता प्रमाणपत्र जाँच गर्ने निर्णय गरेका छन् ।
यस क्रममा उनीहरूले बालविवाह हुनलागेको आफूहरूले थाहा पाएमा तुरुन्त नजिकको प्रहरीचौकीमा खबर गर्ने पनि बताएका छन् । अप्रिलको अन्तिम र मे महिनाको पहिलो साता हुने अखा पर्वमा राजस्थानमा वालविवाह अत्यधिक हुने गरेको पाइन्छ ।
वालविवाह हुने देशमध्य भारत विश्वमै छैटौं स्थानमा पर्दछ । सन् २०११ को जनगणनाअनुसार भारतमा १० देखि १९ वर्ष उमेरका १ करोड ७० लाख बालबालिकाको विवाह भएको थियो जसमा ७६ प्रतिशत अर्थात १ करोड २७ लाख वालिका थिए । टेन्ट डिलरहरूको वालविवाहविरुद्धको यस कदमले वालविवाह रोक्न ठुलो मद्दत पुग्ने आशा गरिएको छ ।

बर्षेनी २० हजार भन्दा बढी भारतीय गृहणीले गर्छन् आत्महत्या

भारतमा सन् २०१४ मा मात्रै २० हजार गृहिणीहरुले आत्महत्या गरेका छन् । बीबीसीका अनुसार २०१४ मै ५ हजार ६ सय ५० जना किसानले आत्महत्या गरेका थिए । गृहणीहरूले गरेको आत्महत्याको तथ्याङ्क किसानले गरेको आत्महत्या भन्दा २ सय ५० प्रतिशतले बढी छ, तर जसरी किसानहरूले गरेको आत्महत्याको समाचारले सञ्चार माध्यममा स्थान पाउँछन त्यसरी नै गृहणीहरूको आत्महत्याको समाचारले पाएको नदेखिएको वीवीसीको समाचारमा उल्लेख छ ।
१९९७ देखिको तथ्याङ्कले भारतमा प्रत्येक वर्ष २० हजार भन्दा बढी महिलाले आत्महत्या गरेको नेशनल क्राइम रेकर्ड ब्युरोलाई उल्लेख गर्दै बीबीसीले लेखेको छ । २००९ मा उक्त तथ्याङ्क सबैभन्दा बढी २५ हजार ९२ पुगेको थियो ।
२०११ मा आत्महत्या गर्नेमा सबैभन्दा बढी क्रमशः महाराष्ट्र, पोन्डिचेरी, मध्य प्रदेश, केरला, कर्नाटक, आन्ध्र प्रदेश, गोआ, वेस्ट बङ्गाल, गुजरात, उत्तर प्रदेश र विहारमा भने सबै भन्दा कम आत्महत्या भएको देखाएको छ ।
अध्ययनले विवाहितले अविवाहितको तुलनामा कम आत्महत्या गरेको देखाएको छ । परम्परागत सांस्कृतिक मान्यतामा विश्वास राख्ने राज्यहरूमा जहाँ परिवारको संख्या ठुलो छ, त्यस्तो परिवारमा सानो परिवारको तुलनामा कम आत्महत्या हुने देखाएको छ ।
भारतमा हुने आत्महत्यामा अध्ययन गरेका पिटर मेयर भन्छन् मिडियाले प्रस्तुत गर्ने आत्महत्याका प्रमुख कारणहरू दाइजोको माग र सासुद्वारा हुने नराम्रो व्यवहार त आत्महत्याको एउटा भाग मात्र हो । पिटरका अनुसार आत्महत्याको सम्बन्ध कहीँ न कहीँ भारतमा भइराखेको सामाजिक रुपान्तरणसँग पनि सम्बन्धित रहेको छ । गृहिणीको आत्महत्याको कारणहरूमा छिटै अनुसन्धान गरी सत्य कुराहरू सार्वजनिक गरिनुपर्ने अनुसन्धानकर्ता पिटर मेयरको सुझाव छ ।

यूरोपमा अधिकांश आप्रवासी महिला

यूरोपमा अधिकाशं आप्रवासी महिला रहेको एक तथ्याङ्कले देखाएको छ । अन्तरर्राष्ट्रिय आप्रवास संगठन आई ओ एम.ले विश्वव्यापी आप्रवासन को प्रबृत्ति ‘ग्लोवल माइग्रेसन ट्रेन्ड’ सम्बन्धि २०१५ मा गरेको अध्ययनले युरोपी आप्रवासीमा महिलाको संख्या ५२ दशमलव ४ प्रतिशत रहेको देखाएको छ ।
उक्त अध्ययनका अनुसार विश्वभरी आप्रवासी महिलाको संख्या ४८ प्रतिशत रहेको छ । एशियामामात्रै महिला आप्रवासीको संख्या ४२ प्रतिशत र उत्तर अमेरीकामा ५१ दशमलव २ प्रतिशत रहेको छ ।

जर्मनी अमेरिकापछि आप्रवासीका लागि संसारकै दोस्रो ठुलो गन्तव्य रहेको आईओएमको अध्ययनलाई उधृत गर्दै सोफियाग्लोव डट कमले जनाएको छ । अध्ययन अनुसार अमेरीकामा ४ करोड ६६ लाख, जर्मनीमा १ करोड २ लाख र त्यसपछि रुसमा भने आप्रवासीको संख्या १ करोड १९ लाख रहेको छ । संयुक्त अरव इमिरेट्समा बाहिरबाट आएर बस्नेको संख्या कुल जनसंख्याको ८८ दशमलव ४ प्रतिशत रहेको छ भने उक्त संख्या कतारमा ७५ दशमलव ७ र कुवेतमा ७३ दशमलव ६ प्रतिशत रहेको छ ।
दोस्रो विश्व युद्धको अन्त्यपछि २०१५ मा सिरियामा आइएसआइएसले गरेको आक्रमणपछि अधिकांश सिरियाली शरणारार्थीहरू युरोप र अन्य देश मै अविश्वसनीय रुपले बढेको तथ्याङ्कले देखाएको छ । २०१५ भने आप्रवासी र शरणार्थीका लागि सबै भन्दा नराम्रो वर्ष मानिएको छ । यस वर्ष ५ हजार ४ सय भन्दा जनाको मृत्यु भएको वा हराएका छन् ।
बिभिन्न न्यूज एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np