Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सशक्त बन्दै महिला नेतृत्व

         अनिता पोख्रेल ||   205 Views   ||   Published Date : 4th January 2017 |

उच्च तहमा पुगेर देशको नेतृत्व महिलाले गरिरहेको गौरव गरिरहँदा गाविस स्तरमा पनि महिला नेतृत्व सशक्त बन्दै गएको छ । राष्ट्रपति, प्रधानन्यायाधिस, सभामुखजस्तो मुलुकका सर्वोच्च पदहरुमा महिला पुगेसँगै स्थानीयस्तरमा पनि महिलाहरु नेतृत्व लिन सक्रिय बन्दैछन् । यसको पछिल्लो उदाहरण मानपुर गाविस बनेको छ ।
गाविसका नौ वटै वडामा वडा नागरिक मञ्च गठन भएको छ । नौ वडामध्ये आठ वडामा महिलाको नेतृत्वमा महिलाहरु पुगेका छन् । यसरी वडा नागरिक मञ्चको नेतृत्व सम्हाल्नेहरुमा मानपुर गाविस एक नं. वडामा ज्ञानुमाया रावत, दुईमा लक्ष्मी केसी, तीनमा कल्पना डाँगी, पाँचमा रामपति चौधरी, छ मा रामकुमारी चौधरी, सातमा सुनिता डिसी र नौमा अनिता पोख्रेल रहेका छन् ।
गाविसमा गठन हुने वडा नागरिक मञ्च वडास्तरमा संगठित सबै संस्थाहरुको प्रतिनिधित्व रहने गरी निर्माण हुने सर्वपक्षीय संयन्त्र हो । मञ्चमा नागरिक सचेतना केन्द्र, निगरानी समूह, आमा समूह, बालक्लब, महिला, ज्येष्ठ नागरिकलगायत सबै क्षेत्र र तहको प्रतिनिधित्व हुने गर्छ । गाविसमा योजना छनोटदेखि कार्यान्वयन तहसम्म गाविसको बजेट परिचालनमा वडा नागरिक मञ्चको भूमिका हुने गर्दछ ।
मानपुर गाविसका नौ वडामध्ये आठ वटा वडाको वडा नागरिक मञ्चमा महिला पुग्दा त्यस भेगका अरु महिलाहरुमा उत्साह थपिएको छ । महिला लक्षित बजेट प्रत्यक्ष महिलालाई फाइदा पुग्ने योजनामा लाग्ने अपेक्षा महिलाहरुले गरेका छन् । स्थानीय निकायमा जनप्रतिनिधि नभएको बेला महिलाहरु यसरी नेतृत्व लिन अग्रसर हुनुलाई महिला सशक्तिकरणको उदाहरण मान्नुपर्ने गाविस स्तरीय माओवादी केन्द्रका नेता शिवानन्द डाँगी बताउँछन् । वडा नागरिक मञ्चमा महिला नेतृत्व हुँदा विकास निर्माणका हरेक योजनामा महिलाहरुको सक्रिय सहभागिता बढ्ने विश्वास गाविस सचिव गेहराज पौडेलको छ ।
स्थानीय स्तरदेखि नै नेतृत्वमा दावी गर्दै नेतृत्वमा पुग्नु महिला सशक्त बन्दै गएको पुष्टि भएको स्थानीय अगुवाहरुको भनाई छ ।
महिलाहरुको लामो संघर्षको परिणामा देशका सर्वोच्च पदहरुमा महिला पुगेका छन् । गाउँ गाउँमा पनि नेतृत्व तहमा महिला अग्रसरता बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np