Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

घरधन्दा र व्यापार संगसंगै

         आभास बुढाथोकी ||   169 Views   ||   Published Date : 4th January 2017 |

घोराही १ बयरबटुवाकी रमा चौधरी (३७) सबेरै उठेर घरधन्दामा जुट्छिन् । घरका सबै काम उनले ८ बजेसम्म भ्याइसक्छिन् । त्यसपछि उनी घोराहीबजार आउँछिन् र आफ्नो पसल स्मृति स्नोह्याइट एण्ड ड्राइ ल्किनर्स सुचारु गर्दछिन् । दिनभर पसलको काम भ्याएर बेलुका ५ बजे पुनः घरतिर लाग्छिन् । विगत ३ वर्षदेखि यो उनको नियमितदिनाचर्या बनेको छ ।

घरधन्दा र व्यापारलाईउनले कुशलतापूर्वक हाँक्दै आइरहेकी छिन् । घरधन्दापनिचलाएकी छिन्, व्यापार पनिचलाएकी छिन् ।अलि बढी दौडधूप र तनाव भएपनि उनले आफ्नो दोहोरो दायित्वउत्साह र जाँगरका साथनिर्वाह गरिरहेकी छिन् । ‘अहिलेसम्म घर र व्यापार चलाइरहेकी छु । खुशी नै छु ।’ उत्साहितहुँदै रमाबोलिन् ‘कामगर्दा रमाइलो नै लाग्छ ।’

यो पसलकरिबी १५ वर्ष अघि उनका श्रीमानले शुरु गरेका थिए । घरको आर्थिक अवस्थाअलि जटिल भएपछि उनी तीनवर्ष अघि रोजगारको सिलसिलामा विदेशमा छन् । उनी विदेश गएपछि व्यवसाय पनि रमाले नै सम्हालिन् । उनलाई शुरुमानिकै गाह्रो भएको थियो । वाशिङ मेसिनबाट कपडा धुलाई गर्नु, इस्त्री गर्नु, ग्राहकसंग डिल गर्नु र पसलको सबै चाँजोपाजो मिलाउनु उनलाई कम्तीगाह्रो थिएन । त्यसमाथि घरधन्दाको झमेला त थियो नै । तैपनि रमाले हिम्मत हारिनन् । गरे के हुन्न र ?भन्ने भावनाले उनी व्यापारमा निस्सइन् ।
‘शुरुमा त खुबधौ भोdrycleaners । सक्दैन कि जस्तो पनिलाग्यो । तर आँट गरिहाले ।’ रमाले बताइन् ‘गरे पछि सकिदोंरहेछ ।’
अब त घरधन्दा जस्तै व्यापारमा पनि उनी पारंगत भइसकेकी छिन् । पसलका सबै कामउनलाई सहज लाग्छन् । कारोबारमा पनि पोख्तभइसकेकी छिन् । दैनिकरुपमा १० देखि १५ जनाग्राहकलाई उनी सहजै सेवा दिन्छिन् । व्यापारलाई स्तरीय र विश्वसनीय पनि बनाउँदै लगेकी छिन् ।
व्यापार बढ्दै गएको छ । सोही अनुरुप आम्दानी पनि बढिरहेको छ । करीब २५ हजार मासिक आम्दानीभइरहेको छ । यो आम्दानीबाट घरगृहस्थी मजाले चलेको छ । दुई सन्तानलाई लालनपालन र शिक्षा पनि दिन सकेकी छिन् ।

कुनै औपचारिक शिक्षान लिएकी रमा धेरैका लागि स्वयं पाठशालाजस्तै बनेकी छिन् । उनको आँट, जाँगर र हौसलाबाट धेरैले गजबको शिक्षा लिन सक्छन् । एक ग्रामीण महिला, थारु समुदायकी बुहारी साँच्चिकै उनी प्रेरणाकी पात्रहुन् । दिनहरु क्रमशः सहजबन्दै गएपछि रमा थपहौसिएकी छिन् । व्यापारलाई बढाउने उनको योजना छ । गतिलो आर्थिक सहयोग जुटेमा ठूलो साइजको वाशिङ मेशिन र केहीथान इस्त्रीहरु थप्ने रहर छ उनको ।
‘ठूलो मेशिन नहुँदा व्यापारमा अप्ठेरो भएको छ । ब्लांकेट धुलाई गर्न गाह्रो भएको छ ।’ रमाले व्यापारमा आएको कठिनाई दशाइन् ।
श्रीमान विदेश भए पनि रमा व्यापारमा एक्लो भने छैनिन् । पछिल्लो समय उनलाई छोरी सुमिनाले पनि सघाउन थालेकी छिन् । बिहानकलेज पढ्दै सुमिनादिनभर पसलमाआमालाई सघाउँछिन् । आफू सरहकी छोरी साथमाहँुदा रमाको आत्मबलअझ बढेको छ । अब दुःख कादिन गएझैं लाग्नथालेको छ उनलाई । अरुहरु पनि यसरी नै उनलाई हेर्न थालेका छन्, हौस्याउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np