Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

लाञ्छनाबिरुद्धको चोटिलो ‘जवाफ’

         ||   17 Views   ||   Published Date : 8th July 2017 |

समरेखा म्यागजिनको गतांकमा प्रकाशित सानु शर्माको जवाफ शिर्षकको कथा उत्कृष्ट लाग्यो । कथाको अन्त्य निकै सशक्त, मार्मिक अनि शिक्षाप्रद छ । बास्तवमा समाजमा महिलाप्रति अनेक लाञ्छना लगाउँदै टाउको उठाउनै नदिने प्रचलन अहिले पनि छ । सहनशीलताको पाठ पढेर हुर्केका महिलाहरु सकेसम्म आफूमाथिका अन्याय अत्याचार पनि सहेरै बस्ने गरेका छन् । सहनुको सीमा नाघ्दा उठेका आवाज दबाउन गरिने प्रहार पनि कम छैन । हो, समाजमा महिला भएर आत्मसम्मान खोज्नु, स्वाभिमानपूर्वक बाँच्न खोज्नु अपराध गर्नुजस्तै व्यवहार उनीहरुले भोग्दै आएका छन् ।
परिवर्तन नआएको पनि होइन, तर यो निकै सुक्ष्म छ । घरभित्र, घरबाहिर जहाँतहीँ असुरक्षित छन् महिलाहरु । कथा निकै यथार्थपरक छ । गएको ६ महिनामा दाङमा ४ देखि १३ वर्षका ११ जना बालिका बलात्कृत भएको समाचार आएको थियो । त्यसरी बलात्कृत हुने नानीहरुमध्ये तीन जना त आफ्नै बाबुबाट बलात्कृत भएका थिए । समाजमा फर्केर हेर्ने हो भने ती बलात्कारी बाबुलाई यो समाजले सजिलै स्वीकार्ने छ भने कलिलै उमेरमा त्यस्तो जघन्य पीडाबाट गुज्रिन बाध्य बालिकाले यही समाजले स्वीकार्ने छैन । बरु अनेक लाञ्छना लगाउन सँधै तयार भएर बस्नेछ ।
कथामा छोरीले आमाबिरुद्धका लाञ्छनाको जवाफ दिन गाउँ फर्कन गरेको प्रयासले स्वयं आमालाई नै छोरीहरुमाथि भैरहेका अन्यायबिरुद्ध निरन्तर जुझ्न प्रेरित गर्छन् । महिला हुनुको गौरवबोध गर्दै अपमानबोध गर्नुपर्ने अवस्थाको अन्त गर्न निरन्तर प्रेरित गर्ने कथा लेख्ने कथाकारलाई मेरो हार्दिक सम्मान छ ।
आभा शर्मा दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np