Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

रिना अब चलचित्र निर्माणतिर

         पवन अनुरागी ||   61 Views   ||   Published Date : 9th July 2017 |

18871442_1502950776421974_1911451120_nसामाजिक एवं नाट्य क्षेत्रमा क्रियाशील रिना बस्नेत पछिल्लो समय चलचित्र निर्माणतिर अग्रसर भएकी छिन् । संचारकर्मी केएल पीडितको लेखन÷निर्देशन रहेको चलचित्र लावाजुनीबाट उनी चलचित्र निर्माणमा होमिएकी हुन् । कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र लावाजुनी सामाजिक सन्देश प्रवाह गर्ने एक सार्थक चलचित्र भएकोले आफु निर्माणमा उत्साहपूर्वक लागेको निर्माता रिनाले बताइन् ।

‘लावाजुनीको कथावस्तु निकै मार्मिक एवं शिक्षामूलक छ । यसले बालिकाहरुको अधिकार, उनीहरुको मुक्ति, प्रगति र शिक्षामा पहँुचको विषयलाई निकै सशक्तढंगले उठान गरेको छ । म यस चलचित्रको निर्माता हुन पाएकोमा निकै उत्साहित भएकी छु ।’ उनले भनिन् । चलचित्र लावाजुनी नेपालकै एक सार्थक चलचित्रमा दरिने उनको विश्वास छ । सबै दृष्टिकोणले चलचित्र निकै राम्रो र सार्थक बनेको र पोष्ट प्राडक्सनको कार्य अन्तिम चरणमा रहेको हँुदा अब शीघ्र प्रदर्शनको लागि तयार हुने निर्माता रिनाले बताइन् । उनले भनिन्, ‘ ‘लावाजुनी प्राविधिक कार्य अन्तिम चरणमा पुगको छ । अब चाँडै प्रदर्शनमा ल्याउँछौं । सकेसम्म पहिलो चरणमा विदेशमा प्रदर्शन गर्ने र त्यसपछि देशभर प्रदर्शन गर्ने हाम्रो योजना छ ।’

बाहिर प्रचारमा उस्तो नआए पनि रिना एक प्रतिभाशाली नाट्यकर्मी हुन् । उनले दर्जनौं सडक नाटकहरुको लेखन तथा निर्देशन गरेकी छिन् । लेखन÷निर्देशनसंगै उनी स्वयंले अभिनय पनि गरेकी छिन् । उनका सबै नाटकहरु सामाजिक सचेतना फैलाउने खालका छन् । कलाले समाजको रुपान्तरण र मानवको चेतना अभिवृद्धिमा टेवा पु¥याउनु पर्छ भन्ने रिनाको धारणा छ । ‘कला भनेको समाजलाई सही बाटो देखाउने हुनुपर्छ । नाटकहरुले दर्शकहरुलाई केही न केही नयाँ सन्देश दिनु पर्छ । म त्यस्तो कलाको पक्षमा छु ।’ रिनाले कलाबारे आफ्नो धारणा प्रष्ट पारिन् । वि.सं. २०६० सालदखि उनी कलक्षेत्रमा सक्रिय छिन् । त्यस वर्ष उनले सिन्धुपाल्चोकमा भएको राष्ट्रियस्तरको १० दिने नाट्य विधाको प्रशिक्षण लिएकी थिइन् । त्यस प्रशिक्षणले उनलाई कला क्षेत्रमा समर्पित हुन प्रेरित ग¥यो । र अहिलेसम्म उनी उस्तै उत्साह र समर्पणभावका साथ क्रियाशील छिन् । ‘अब मेरो जीवन कला र सामाजिक क्षेत्रमा समर्पित हुनेछ ।’ रिनाले बताइन् ‘कला र सामाजिक क्षेत्रबाट देशको लागि केही योगदान दिनेछु ।’

घोराही उपमहानगरपालिका १३ बनगाउँ निवासी रिना सामाजिक क्षेत्रमा निकै अग्रसर छिन् । मानवीय सेवा र सामाजिक कार्य नै सबभन्दा ठूलो धर्म ठान्छिन् उनी । समाजलाई सकारात्मक दिशातिर प्रेरित गर्ने तथा असाहयहरुलाई सहयोग एवं उद्धार गर्ने अभियानमा उनी निकै सक्रियताका साथ जुट्छिन् । भन्छिन ्‘मलाई समाजसेवामा निकै रुची छ । समाजलाई सचेत बनाउने र अप्ठ्यारामा रहेकाहरुलाई सहयोग गर्न पाउँदा मलाई परम आनन्द हुन्छ । आफैमा एउटा कुशल कलाकार भएको हुँदा रिनालाई अभिनयको शोख भित्रैदेखि छ । उनले दर्जनौ नाटकमा सशक्त अभिनय गरेकी छिन् । अब उनी चलचित्रमा पनि अभिनय गर्ने सुरमा छिन्, भनिन् ‘राम्रो भूमिका पाए भने चलचित्रमा पनि अभिनय गर्नेछु ।’ अहोरात्र कलक्षेत्रमा क्रियाशील रिना पारिवारिक र सामाजिक दायित्व पनि सफलतापूर्वक निर्वाह गरिरहेकी छिन् । घरको सबै जिम्मेवारी उनकै काँधमा छ । करिव ५ वर्षदेखि मंगलोदय बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकको जिम्मेवारी पनि उनले सम्हालेकी छिन् । कार्यव्यस्तता, अनेक चाप र व्यवधानहरुलाई सहजका साथ चिर्दै उनले कलक्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np