Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

स्पर्श

         महेन्द्र महक ||   22 Views   ||   Published Date : 10th July 2017 |

mahendra mahak

जनकको स्पर्श शान्त पोखरीमा ढुङ्गा हान्नु थियो ।
मेरो शरीरको रोम रोम तरंगित भएको थियो । मनको कुनामा वर्षौदेखि लुकेर बसेको उसको तस्वीर फेरि उज्यालो भएको थियो ।
शुभ्र–शान्त–स्निग्ध । मैले ओड्ने रंगको व्याख्या ।
कुल्टा–कुसाइत–अल्छिना । मेरो जीवनले बोकेका आरोप ।

पानी परिरहेको दृश्य सबैभन्दा बढी मन पर्छ अचेल । शिशाको झ्यालबाट दर्किरहेको पानी हेरेर बस्छु ।

छोराको चुलबुले आवाजले पनि मभित्रको कठोर मौनतालाई तोड्न सक्दैन । एकाग्र भएर निरन्तर झरिरहेको बर्षात् हेरिबस्छु म । जति नै आकास बर्से पनि मेरो मनको खडेरी उजाड नै छ । उराटलाग्दो । प्यासो हुँदै गएको छ यो मन– यस्ता थुप्रै वर्षात् पिउन सक्छ यो मन र पनि प्यास मेटिने छैन ।

तर पनि योे वर्षात्को पानीमा पर कतै म र जनक अँगालोमा बाँधिएर रंगीन सपनाका कुरा गरिरहेको दृश्य देख्छु म । आकाश रोइरहेको हेरिरहन्छु । म रोएको आवाज मलाई नै सुनिँदैन अचेल । जनक पानीमा भिज्दा खूब रमाउँथ्यो । कुनै दिन हामी पछाडि छुटेका थियौं ।
यौवनको माधुर्यतामा समय बिर्सिएका थियौं । साउनको त्यो वर्षात्मा म भिजेकी थिएँ । कक्षा नौका मेरा किताबहरु उसले आप्mनो झोलामा राख्दै भनेको थियो– यसमा पानी पर्दैन । अब मज्जासँग भिज्नुपर्छ पानीमा ।

जाडोले चिसो हुँदै गएकी मैले हात छातीमा बाँधेकी थिएँ । सेतो ड्रेसको सर्ट पानीले भिजेर पारदर्शी भएको थियो ।
ऊ जिस्किएको थियो– छिल्लिएको थियो । अश्लीलताको सीमासम्म पुगेको थियो ।
पहिलो पटक उसले मेरो छातीमा हात पु¥याएको थियो । ओंठमा ओंठ जोडेको थियो र अँगालोमा बाँधेको थियो ।
म लाजले रातो भएकी थिएँ । शरीर एक्कासी तातो भएको थियो ।
उसले भावुक हुँदै भनेको थियो– ‘इन्दु ! तिमी बिनाको मेरो संसार अधुरो छ । मेरो साथ नछोड्नु है ।’
उसको अँगालोमा न्यानो महसुस गरेकी थिएँ मैले ।
तर कस्तो ट्रेजिडी जिन्दगीको ! चार महिना पछि नै मैले उसको साथ छोडें ।

मंसिरमा र वर्षमानकी श्रीमती बने ।
म ठूला घरकी बुहारी भएँ । एक्लो छोराकी श्रीमती भएँ !
गहनाले मेरो शरीर रंगियो ! हेर्नेहरुले भन्न थाले– साह्रै भाग्यमानी रहिछे ! ठूला घरकी बुहारी भई ।
यो सम्बन्ध मेरा लागि अप्रत्याशित थियो । कल्पनासम्म गरेकी थिइन विवाहको । उन्मुक्त भई हाँस्ने खेल्ने दिनमा म बुहारी बन्दिएँ– कसैकी श्रीमती भइदिएँ ।
ठाकुरप्रसाद । गाउँमा नाम चलेका धनी मान्छे । गाविस अध्यक्षमा दुई पटक जितेका थिए । ‘माथिसम्म’ पहुँच भएका ।
मेरो बुबा उनका समर्थक । साथी । र अहिलेका सम्धी । दुईजनाको सल्लाह ÷सनकमा मेरो भविष्यलाई अँध्यारो गल्लीमा धकेलिएको रहेछ ।
बी.ए. पढ्दै गरेको । धनी बाउको एक्लो छोरा । सम्पत्ति नपुग्दो छैन । चितवनमा घडेरी छन् । गाउँमा अधियाँबाट आएको धान बेच्छन् ।
यस्तो परिवारमा मेरो बिहे गरिदिन मेरा बा÷आमा हतारिए छन् । वर्षमान मेरो लोग्ने तयार भएलगतै म ठूली आइमाई भइदिएछु मेरो बा÷आमाको लागि ।
मानौं कि मनग्य धनसम्पत्ति भइदिनु एउटी आइमाईको सबैखाले ईच्छाहरुको पूर्ति हो । उसको सबै सुखहरुको मूल त्यही सम्पत्ति हो ।
तर, म मात्रै होइन । घरपरिवारमा कसैलाई यो कुरा थाहा रहेन छ ।

वर्षमान– मेरो लोग्ने आइएका ब्याक पेपर दिँदै काठमाडौंमा बसेका रहेछन् ।
रक्सीको कुलत–लागू औषध–जुआ । उनको दिनचर्या रहेछ ।

दुई पटक जेल परेपछि बुबाले जोगाउनु भएछ । ‘माथिसम्म’ को पहुँचका बलमा ।
बिग्रेको छोरा सुधार्न बिहे गरिदिने सोंच बनेछ बुबाको । र, त्यसको लागि बलिको बोका मलाई छानेछन् उनले ।
वर्षमानलाई म मन परें परिन– थाहा भएन ।
मलाई वर्षमान मन प¥यो÷परेन– कसैले सोधेन ।
अन्ततः जीवनसँग सम्झौता भयो । सोह्र वर्षकी दुलही भएर मैले जन्मघर छोडें ।
हाम्रो समाजमा यसलाई विवाह भन्छन् । बालविवाह होइन ।

वर्षमानसँगको वैवाहिक जीवन–
एउटा चिसो सम्बन्ध ।
उनी घरमा आएको बेला केहि समयका लागि उनको ओच्छ्यानको साथी बनिदिनुपथ्र्यो । स्वास्नी हुनुको कत्र्तव्य !
ऊ भोग गथ्र्यो । त्यसपछि बिर्सिदिन्थ्यो मलाई । न प्रेमपूर्वक अँगाल्यो न प्रेमपूर्वक बोल्यो ।
प्रेमविहिन स्पर्श । मृत स्पर्श !
त्यतिबेला लागेको थियो– स्वास्नी हुनु भनेको मन नहुनु रैछ त ?!
घरका महत्वपूर्ण निर्णय बुबा एक्लैका हुन्थे ।
बिहे पछि थाहा पाएँ– चितवनको जमीन बिक्रीमा रहेछ ।
ठूलो घरको ठूलो ऋण । ठूलै सपना । ठूलै इज्जत !
मंसिरमा बिहेपछि स्कुल जान बन्द भएको थियो केही समयमा लागि । दोस्रो त्रैमासिक परीक्षा दिन जाँदा टेस्ट सकिएको थियो । जनक खलंगामा बसेर ट्युशन पढ्दै थियो ।
त्यो बेला पूर्वंतिर लमतन्न सुतेको बाटो हिँडेर घर पुग्थें । बा÷आमा भए ठाउँ । त्यस घरका लागि म छोरी थिएँ ।
अचेल पश्चिम तिर हिँड्नुपर्छ । उकालो छ बाटो लोग्नेको घरसम्म नै । यो घरका लागि म बुहारी थिएँ ।
जनकले सुचित्रा मार्पmत मलाई ‘बधाई’ दिएछ ।
सुचित्रा भन्दै थिई– ऊ निकै उदास थियो ।

मैले बिस्तारै उसलाई बिर्से । यो नै जिन्दगी थियो । समझदारी थियो । एउटा सम्झौता थियो आपैmसँग गरेको ।
चितवनको घडेरी बिक्री भयो । ऋण तिर्न नपुगेर गाउँको खेत पनि बेच्नुप¥यो ।
कहाँ लागेछ ऋण ? किन लागेछ ऋण ?
मैले थाहा पाउने हक राखिन । म सँधै ‘आउटसाइडर’ भएँ ।
एक दिन बुबाले हप्काउनु भयो वर्षमानलाई –
गाली गर्नुभयो– कुलको ईज्जत फालेकोमा । नपढिदिएकोमा । पास नभइदिएकोमा । धन पैसा उडाएकोमा ।
साह्रै खिन्न र उदास देखिएका थिए उनी त्यसदिन ।

त्यस रात पहिलो पटक मलाई उनले प्रेमपूर्वक अँगालेका थिए । उनको बोलीमा पश्चाताप थियो– प्रेम थियो– पत्नीप्रतिको आसक्ति थियो ।
नयाँ वर्ष मनाउन घर आएका उनी फेरि काठमाडौं फर्किएनन् । बरु सदरमुकाम धाउन थाले– पासपोर्ट बनाउन ।
एक दिन उनले भने– ईन्दु ! दुईचार वर्ष म परदेश जान्छु । यहाँ बसेर मैले केहि पनि राम्रो गर्न सकिन । देश पनि घुम्छु, पैसो पनि कमाउँछु । बालाई साह्रै पीर परेको छ मैले केहि गर्न नसकेकोमा ।
मैले विकल्पहरु खोज्न विन्ति गरें । फकाएँ– परदेश नजान भनें । व्यापार÷व्यवसाय गरौं भने ।
उनले मानेनन् ।
परदेश निर्विकल्प भयो । परिवार सहमत थियो । मेरो असहमतिले उनलाई रोक्न सकेन ।
………………………………………………………………………………………………………………………………………………………
मेरो महिनावारी रोकिएको थियो ।
उनी खुशी देखिएका थिए । परिवारमा खुशीको सञ्चार भएको थियो । डाक्टरले फागुनको समय दिएको थियो । अब म विद्यार्थी रहिन ।
साउनमा उनी परदेशिए ।
कमाउनका लागि ? अहँ, यो कुरा मलाई पत्यार लागेन ।
ठूला घरकी बुहारी र एक्लो छोराकी स्वास्नी भएर मैले उनी विदेश जानुको कारणलाई अनुमोदन गर्न सकिन ।
दशैं सकिएको थियो । तिहारको रमझम थियो गाउँभरि ।
सँगै खेत÷बारीको कामको चटारो थियो ।
पेटभित्र एउटा प्राण हुर्कदै थियो । उसको चालको मैले अनुभूति गर्दै थिएँ ।
एउटा डरलाग्दो खबर उडेर आयो कतैबाट ।
वर्षमानको रहस्यमयी मृत्यको खबर !
साँझ खाना खाएर साथीहरुसँग हाँसो ठट्टा गर्दै सुतेको मान्छे बिहान आप्mनै ओच्छ्यानमा मृत फेला परेको खबर !
यस्तो खबर पहिला फोनमा बज्यो । त्यसपछि रेडियोमा । त्यसपछि टीभी र पत्रिकामा पनि आयो ।
अठार वर्षको उमेरमा म आमा बन्दै थिएँ । आमा बनिनसक्दै म विधवा भएकी थिएँ ।
वर्षमानबाट देशले के पायो ? रेमिटान्स !
लालबहादुरले घडेरी जोडेको अथवा मानसिंहले गाडी किनेको कथा सबैको मुखमा झुण्डिएको हुन्छ ।
देशले के गुमायो ? रेमिटान्सको थोरै अँश ! त्यसैको समाचार बन्यो ।
एउटा सन्तानले बाऊ गुमायो । त्यसको चिन्ता कसैलाई छैन ।
मैले सर्वस्व गुमाएँ । रंगीन सपनाहरु गुमाएँ । सुहागको सिन्दुर गुमाएँ । भविष्य गुमाएँ । जीवन बाँँच्ने जीजीविषा नै गुमाएँ । र पनि मैले सहानुभूतिसम्म पाइन ।
बरु मलाई नै अलछिना र कुल्टाको आरोप लाग्छ !
मेरो आँसु लाग्यो रे उनलाई ! मैले रोक्दा रोक्दै उनी परदेश गएकाले यस्तो भयो रे ! म कुल्टा ! कुसाइत रे ! त्यो बेला यी हल्लाहरु गाउँभरि फिँजिएका थिए ।
परिवारलाई यो बज्रपातबाट सँभालिन लामो समय लाग्यो ।
विरक्तलाग्दो जिन्दगी र परिचित भएर पनि अपरिचितजस्तो लाग्ने परिवारबाट भागेर आप्mनो बाबा÷आमाको काखमा पुगें । कम्तिमा त्यहाँ बाल्यकालका मीठा सम्झनाहरु थिए जसको आडमा म दुःखलाई थोरै भएपनि मल्हम पट्टी लगाउन सक्थें ।
शुद्धि पछि म माइती बसें । मेरो खोजी भएन ।
फागुनमा छोरा जन्मियो । मेरो खोजी भयो ।
बुबा आपैm लिन आउनु भयो । सासु आमा सुत्केरी भेट्न हस्पिटल पुग्नुभयो ।
म घर जाने भएँ ।
खै ! त्यो घर मेरो घर कसरी भयो ? यसको उत्तर म आपैmलाई दिन सक्दिन अचेल ।
………………………………………………………………………………………………………………………………………………….
बुबाले गाउँको जमीन बेच्नुभयो । र, बजारमा एउटा घर बनाउनु भयो । छोराको बिमाको रकम पनि बुझ्नुभएछ ।
विदेशजाँदा बनेको रेकर्डमा उनी अविवाहित थिए रे !
छोराको मुखबाट पहिलो बोली ‘बा–बा’ फुट्यो । बामे सर्दै गर्दा प्रत्येक पाइलामा ‘बा–बा–बा’ भन्छ । जिन्दगीभरि उसको भरण पोषण गर्ने र उसलाई संस्कारित बनाउने जिम्मेवारी आमाले उठाउनु पर्ने तर सन्तानले पहिलो बोलीमा नै ‘बा’ लाई सोध्ने ! प्रकृतिले पनि अन्याय गरेजस्तो लाग्छ ।
ऋण÷धन गरेर बुबाले घरको तला थप्नुभएको छ । तल्लो तलामा भाडामा बस्नेहरु छन् । हामी माथिको तलमा बस्छौं । भाडामा बस्नेहरुमा एउटा छोरीकी आमा छिन् । जसको लोग्ने विदेशतिर छन् । अर्को कोठामा दुईजनी केटीहरु छन् । अर्को कोठामा क्याम्पस पढ्ने दुईजना युवाहरु छन् ।
ती केटाहरुलाई मैले अभैm देखेको छैन । दुईचार दिन भयो तिनीहरु यहाँ बस्न थालेको ।
घरको सबै जिम्मेवारी सासु आमाको छ । मेरो काम भान्सा सम्भाल्ने ! छोरा र भान्जाको स्याहार गर्ने ।
परिवारमा एकजना थपिएका छन् । ठुल्दिदीका छोरा– मेरो भान्जा । यस्तै ७÷८ वर्षका छन् । बुबा÷आमाको ईच्छाले हामीसँग बस्दै आएका छन् । पढाउने लेखाउने सबै हाम्रो जिम्मेवारी छ ।
उनको स्याहार सुसार, टिफिन, सरसफाई, ड्रेस सबै कुराको ख्याल राख्नुपर्छ मैले । तर भाञ्जा मैसँग डराउँछन् ।
मेरो कान्तीहीन अँध्यारो मुहार देखेर डराउँछन् सायद ।
डेरी गरी बस्ने ती बहिनी जतिबेला पनि मोबाइलमा झुण्डिएको देख्छु । कानमा इयरफोन राखेर फेसबुक चलाउँदै गरेकी । मलाई दिदी भन्छिन् । तिनलाई हाँसी रहनुपर्ने– बोलिरहनुपर्ने । १५÷१६ वर्षकी तनुजालाई देखेर मलाई मेरो स्कुले जीवन याद आउँछ ।
लाग्छ सम्भव भइदिए फेरि त्यो जीवन बाँच्ने थिए, उस्तै उन्मुक्त भएर । बन्धनरहित जीवन ! र, भविष्यको यो कहाली लाग्दो बाटो हिँड्दै हिँड्ने थिइन । भावीलाई पनि चुनौती दिने थिएँ ।
लेख्दा लेख्दै लेख्नै बिर्सिएछ भावीले र लेख्दै गरेको कागज कोरा नै छोडिदिएछ । सेतो– निख्खर सेतो । रंगहीन ।
छोरीकी आमा मसँग तौलेर बोलिन्छन् । एक जना लोग्ने मान्छे उनको कोठामा आइरहन्छ । उनको चम्किलो मुहार र रंगीन कपडाले मलाई गिज्याएझैं लाग्छ ।
सोध्न मन हो उनलाई– डर लाग्दैन तिमीलाई ? चूरा÷पोते, यो सिन्दूरी रंगसँगको नाता कुनै दिन अनायासै टुट्यो भने !?
कठै ! नहोस् त्यस्तो तिनलाई । मेरो जस्तो उजाडिएको जीवन कसैले भोग्नु नपरोस् ।
फर्की आउन् परदेशीहरु । घर सम्झेर– श्रीमती सम्झेर– ‘बाबा’ बोलाउने अबोध आवाज सम्झेर ।
विदाको दिन छतमा बसेर छोरालाई तेल लगाइदिँदै थिएँ बिहानीको घाममा ।
उसको अनुहार वर्षमानसँग मिल्छ । मलाई वर्षमानको यादले एक तमासको बनाउँछ । छटपटी हुन्छ मनभरि । अँध्यारो अँध्यारो लाग्छ भविष्यको बाटो । कुहिरोमा हराएभैंm अनुभूत गर्छु ।
बाल्टीभरि लुगा बोकेर एउटा युवा कपडा सुकाउन उक्लियो ।
मलाई देखेर ऊ झस्कियो । म तर्सिएँ । यो अनायासको भेट थियो, अकल्पित थियो ।
म अन्यमनस्क भएँ । सास छातीमा अट्केजस्तो भयो । आपैmलाई कतै लुकाउँ– हावामा नै विलीन होउँजस्तो लाग्यो ।
‘ईन्दु !’ जनक बोलेको थियो । तीन वर्षको अन्तरालमा ऊ अग्लिएको थियो । दाह्री सेभ गर्न थालेको थियो ।
‘जनक ! हाम्रो घरमा बस्छौ तिमी ?!’ मसँग सोध्ने प्रश्न थिएन ।
ऊ हाँस्यो । उसको हाँसोमा गुनासो थियो ।
उसले कपडा सुकायो । कपडा सुकाइरहँदा ऊ केहि बोलेन । मलाई फर्केर पनि हेरेन । म भने उसलाई हेरेर उभिरहें ।
उभिदै–बामे सर्दै गरी अल परसम्म पुगेको छोरालाई काखमा उठायो र मेरा काखमा दिँदै गर्दा मेरो हात समातेर भन्यो– ‘ईन्दु ! धेरै गुनासो छ तिमीसँग । तिमीले खुशीसाथ जिन्दगी बाँच्न नपाएकोमा मलाई साह्रै पीडा भइरहेको छ ।’
उसले मेरो हात छोड्यो र सरासर तल ओर्लियो । रित्तो बाल्टी त्यहीँ छोडेर गएको थियो ऊ ।
म किंकत्र्तव्यविमूढ उभिरहें ।
उसको त्यो स्पर्शले मभित्र प्यास जगाइदियो । एउटा लालसा जागृत गरिदियो उसको बोलीले ।
एक पटक फेरि स्पर्शको तीव्र चाहना बौरिएर उठ्यो । एक पटक फेरि उसको ओठको माधुर्यता महसुस गर्ने ईच्छा पलायो । एक पटक फेरि उसको हातको स्पर्श देहभरि सलबलाओस्, यो अघ्घोर प्यास मेटोस भन्ने चाहना जाग्यो ।
कहाँ हराएको थियो यो प्यास यत्तिका वर्ष !
जमेको पोखरीमा प्यास हुँदैन ।
जमेको पोखरी बनी कहिलेसम्म बाँचु म ? तीव्र वेगवान नदी थिएँ म– फेरि उसरी नै सुसाउँदै बग्न मन छ । एक पटक फेरि जीवन बाँच्ने लालसा जागेको छ । मैले यस्तो सोच्नु के अपराध हो ?
अचेल म वर्षात्सँग संवाद गर्छु । झरी मन पर्छ मलाई । र, त्यो झरीमा पर कतै जनक र म अँगालोमा बाँधिएर रंगीन सपनाका कुरा गरिरहेका हुन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np