Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बेसहाराको सहारा बन्यो हाते होजियारी

         रचना सुबेदी ||   71 Views   ||   Published Date : 13th May 2018 |

rachana
‘सरस्वती एउटा स्वेटर बुनि देउ न ।’ मैले जवाफ पाएँ, ‘यो साल त भ्याउँदिन अर्काे साल बुनि दिए हुन्छ ? त्यही प्रश्न अर्की अनितालाई सोधें, उनीबाट पनि त्यही जवाफ आयो । अरु दुईजनासँगै साेंधे सबैबाट एउटै जवाफ आयो । स्वीटर बुनिदिन साथीहरुको माग भएकोले मैले स्वेटर बुन्न सिपालु बहिनीहरुलाई सोधेकी थिएँ । उनीहरु सबैको एउटै जवाफ थियो ‘यत्ति धेरै अर्डर आईसकेको छ । अर्काे साल बुनिदिउँला ।’
सबै जना काममा तल्लीन थिए । कसैका हातमा कुर्था, मोजा, पन्छु, जुत्ता लगायतका विभिन्न डिजाईनका सम्रागीहरु बुन्न व्यस्त थिए । कामगर्दै एकअर्काेसँगै कुराकानी पनि गर्दै थिए । बेला–बेला रमाईला गफ गर्दै हाँस्दै पनि थिए । सबैको मुहारमा खुसी झल्केको थियो । ‘हामी यहाँ सबै दिदिबहिनीजस्तै भएर बसेका छौँ’ उनीहरुले भने ‘धनी गरीब केही छैन । साँझ बिहान रुखो सुखो सबै खाएकौ छौँ ।’ आफूले आर्जन गरेको आयश्रोतबाट परिवार पनि चलाउँदै आएको उनीहरुले बताए ।
सबै जना फरक फरक ठाउँबाट भएता पनि सबैे मिलेर काम गर्ने गरेको उनीहरुले आफ्नो अनुभव सुनाए । ‘आज खाना के खाने ? खाजा के खाने ? सबै सल्लाह गरेर एकै भान्सामा खान्छन् उनीहरु । फरक फरुक ठाउँ र पृष्ठभूमिका उनीहरु एउटै परिवारका सन्तानजसरी बसेका छन् ।
घोराही–१८ की २० वर्षीया सरस्वती आफ्नो जीवनदेखि निरास भैसकेकी थिईन् । यो दुनियाँमा आफनो भन्नु कोही छैन जस्तो लाग्थ्यो उनलाई । ‘बुबा सानैमा बित्नु भयो,’ ‘उनले भनिन्–‘आमा बेपक्ता हुनु भयो । पछि आफन्तकै साहारमा बसें।’ बाबु आमा नै नभएकी चेली अरुको घरमा कती नै पो खुस पाउँथिईन् र ? पछि तिनैले सानैमा उनको विवाह गरि दिए । पढ्ने लेख्ने उमेरमै उनी बुहारी बनिन् । कलिलो त्यो काधमा घरव्यवहारको भार थुप्रियो ।
जे जस्ता दुख पिरलो भएता पनि जसो तसो घरव्यवहार सम्हालेकी थिईन् सरस्वतीले । ‘केही समयपछि म बिरामी भएँ, उनले भनिन्– ‘त्यसैपछि घरपरिवारले हेला गर्न थाले । पछि संगै जीवनसाथीका रुपमा स्वीकार गरेको श्रीमान्ले पनि छोडीदिए ।’ र, अन्नतः उनी बेसहारा भईन् ।
बिहे गरिदिएका तिनै आफन्तहरुले भने श्रीमान्ले छाड्नुमा उनकै दोष देखाईदिए । चारैतिर उनले अँध्यारो मात्रै देखिन् । आफ्नो भन्नु त कोही थिएन, भएका तिनै आफन्तले पनि वेवास्ता गरिदिए । ‘साथमा न पैसा थियो । न कुनै सीप,’ ‘उनले सम्झिन् ‘जीवन बाँच्ने कुनै आधार थिएन । चारैैतिर अन्धकारमात्र देखें ।’
उनलाई लाग्थ्यो एक्लो जीवन कसरी के गरी कटाउने ? कसको सहारामा बाँच्ने ? तर पछि भने महिला सामुदायीक सेवा केन्द्रको सहयोगमा होजियारी व्यवसाय सिक्ने मौका पाईन् । ‘अरु उपाय पनि त थिएन’ उनले भनिन्, ‘त्यसैले यहीँ व्यवसाय मार्फत सीप सिक्न थालें ।’ कहिले बाहिरको काम नगरेकी उनलाई शुरुमा त निकै गाह्रो पनि लाग्यो । ‘बिस्तारै सिक्दै गएपछि अहिले अलि सजिलो पनि लाग्न थाल्यो’–उनले भनिन् । बिस्तारै सबै कुरा सिकिँदो रहेछ । चाहे भने के पो नहँुदो रहेछ र भन्ने उनले बुझ्दै गईन् । हाते होजियारी मात्रै नभएर पछि उनले मोसिनेरी होजीयार पनि चलाउँछ सिकिन् । विगतका घाउ पनि विस्तारै बिर्सन थालिन् । ‘आर्थिक श्रोत पनि बलियो हुँदै गयो’ उनले भनिन्–‘त्यसले थप जीवनमा उर्जा थपिदियो । अहिले मासिक १२ हजारसम्म कमाउने गरेकी छु ।’ हाते होजियारी व्यवसायमा लागेपछि उनलाई कसैको साहरामा बाँच्नु पर्ने भएन । बरु आफुजस्तै बेसहारा महिलाहरुका लागि प्रेरणाका पात्र बन्न सफल भइन् ।
त्यस्तै घोराही–४ लक्ष्मीपुरकी अनिताको कथा सरस्वतीको भन्दा कम छैन । पढ्ने लेख्ने उमेरमै उनी पनि वालविवाहको चपेटामा परिन् । विवाह भन्ने के हो भन्ने कुरा राम्रोसँगै नबुझदै १५ वर्षमै उनी आमा बनिन् । अनि शुरु भए उनका कहालीलाग्दा दिन । ‘श्रीमान्ले अर्की श्रीमती बिहे गरे’ उनले भनिन्–‘त्यती मात्रै होइन, मलाई निलडाम गरी हुने गरी पिट्थे । कति पटक त पिटाईको चोट सहन नसकेरै मुर्छा पनि पर्थें ।’
श्रीमान्ले गर्ने त्यो हिंसा उनले सहन सकिनन् । विष खाएर मर्नेसम्म निर्णय गर्न पुगिन् । छोराछोरी सम्झिएर उनले त्यसो पनि गर्न सकिनन् । ‘म त भोलि मेरर जाउँला । तर यी छोराछोरीको भविष्य के होला ?’ उनले भनिन् ‘यही कुराले मलाई रोक्यो ।’ र, अन्तत सहारा बनिदियो हाते होजियारी । जसबाट उनले पनि बिभिन्न सुईटर, मोजा, कुर्थाजस्ता कपडाहरु बनाउन सिकिन् ।
अहिले त्यसैबाट उनले आफ्नो खर्चदेखि बालबच्चा हुर्काउँदै आएकी छन् । आफुले पढ्न नपाए पनि आफ्ना बालबच्चलाई भने विद्यालय पठाएकी छिन् । समाजमा पनि उनालई अहिले हेर्ने दृष्टिकोण फेरिएको छ । आफूजस्ता एकल महिलाकी प्रेरणा बनेकी छन् ।
क्याप्सन ः हाते होजियारीमा महिलाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np