Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

हिंसा कम गर्न पुरुष सहकार्य

         हिमानी केसी ||   36 Views   ||   Published Date : 13th May 2018 |

समरेखा म्यागजिनले आफ्ना हरेक अंकमा महिला हिंसा अन्त्य, विभेदरहित समानता र सामाजिक न्यायमा आधारित समाज निर्माणको आवश्यकता बोध गराउने सामग्री प्रकाशन गर्दै आएको छ । यस्तो काम घरपरिवारभित्रबाटै शुरु गर्नुपर्छ जस्तो लाग्छ । घरपरिवारभित्रैदेखि सबै काममा पुरुषहरुको साझेदारी बढाउन सक्ने हो भने धेरै हदसम्म महिला समानता स्थापित गर्न सकिन्छ जस्तो लाग्छ ।
हिंसा कम गर्न घरपरिवारमा पुरूषले ठुलो काम मात्रै गर्नुपर्छ भन्ने छैन । महिला र पुरूष मिलेर बनेको हाम्रो टोल समाजमा पुरुषको कारणले हिंसात्मक गतिविधि भईरहन्छन् । एकाध घटना होलान् महिलाबाट तर बढी मात्रामा पुरुषबाटै हिंसा हुने गरेको छ । यस विषयमा कुनै पनि व्यक्ति अनभिज्ञ भने छैन । हिंसाका कारण सबैलाई थाहा हँुदाहँुदै पनि कतिपय बुझ पचाएरै भए पनि हिंसा गर्न पछि पर्दैनन् । हाम्रो समाजका केही पुरुषहरु आफूलाई सबैभन्दा अब्बल ठान्ने र त्यसै अनुरुपका व्यवहार गर्दै जानुले पनि हिंसा बढ्ने गरेको पाईन्छ । हिंसा विरुद्ध गरिएका विभिन्न प्रयासहरुले सार्थकता पाउन पनि पुरुषले सकारात्मक साेंचेर त्यस अनुसारको व्यवहार गरे मात्र संभव देखिन्छ । कतिपय पुरुष मित्रहरूलाई रिस उठ्ला किन पुरुषका कुरा जोडेर महिला हरु लेख्छन् भनेर तर जबसम्म महिला र पुरुष एक अर्काका अभिन्न अंग हुन भनेर त्यो खालको साेंच व्यवहार पुरुषबाट हँुदैन तबसम्म यस्ता प्रसंग आइ नै रहनेछन् । समाजका ठूलै भनिने पुरुषहरुबाट सुनिन्छ कतै महिलाहरु मात्रैले कुनै संस्था खोले, केही लेखे, अन्य कुनै सामाजिक काममा अग्रसर भएका छन् भने काम छैन रे त्यस्ता महिलाको । बर्बाद हुन्छ रे अब उसको घर । तिनै महिलाको सहयोगका कारणले पुरुषले गरेका काम असाध्यै ठूला हुने तर महिलामात्रैले गरेका काम बिग्रिने मान्ने किन ? जुन पुरुष हरेक कामकाजलाई आफ्नो पनि जिम्मेवारी मानेर महिलाहरूलाई साथ र सहयोग गर्छ त्यो घरपरिवार अवश्य पनि सुखी र खुसी रहन सक्छ । सबैभन्दा पहिलो कुरा त घरपरिवारको खुसीले नै समाज र गाउँ टोल परिवर्तन गर्दै लैजाने हो यसका लागि घर घरबाट नै शुरुवात गर्नुपर्ने देखिन्छ । सन्तुष्टि भन्ने कुरालाई ठूलो थुप्रो ल्याएर दिए मात्र पुग्छ भन्ने होईन, सानातिना महिलाहरूले गर्न खोजेका र गरिरहेका घरभित्र र बाहिरका सबै कामकाजलाई बोझको रुपमा नहेरी उनीहरुको पनि आफ्नो जस्तै काम र शरीर हो भन्ने आत्मसात गरी सकारात्मक साेंच राखेर सहयोगी वातावरण बनाउन अग्रसर हुन सके घरपरिवार लगायत समाज सम्म खुसियाली फैलने देखिन्छ । सधैंभरि चुलोचौकोमा मात्रै महिलाहरूलाई सीमित राख्ने साेंचलाई त्यागेर समान सहभागिताको लागि भरपुर मात्रामा पुरुषले महिलाहरुलाई सहयोग गरेमा महिलाहरुले पनि हौसलाकासाथ काम गरेर अगाडि बढ्न सक्छन् । तर महिलाहरुका कामलाई काम होईन भन्ने, साथ दिए अनिष्ट देख्ने , महिलामात्रैका कामको वेवास्ता गरि खिल्ली उडाउने, सन्देशमुलक र व्यवहारिक कुरालाई हाँसोमा उडाउने नगरीकन सजिलै आत्मसात गरी यी यस्ता कुराहरूलाई सामान्य रुपमा नलिई मनन् गरेर सकारात्मक सोंच र विचारका साथ लागौं र महिलाविरुद्धका सबैखाले विभेदको अन्त्य गरौं ।
हिमानी केसी
रुकुम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np