Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

गौरबमय छ वर्ष

         ||   41 Views   ||   Published Date : 13th May 2018 |

समरेखा म्यागजिन प्रकाशनका हिसाबले छ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्ष प्रवेशसँगै यो हाम्रो २७ औं अंक हो । बितेका छ वर्षमा हामीले लैगिंक समानता प्रवद्र्धन गर्ने तमाम विषयलाई उठायौं । संविधान निर्माणमा महिलाहरुले खेल्नुपर्ने र खेलेका भूमिका तथा महिलामैत्री संविधान निर्माणका बहस र पैरवीलाई केन्द्रमा राख्यौं । महिलामाथि भैरहेका हिंसा र हिंसा प्रभावितहरुको न्यायमा पहुँचको विषय जहिले पनि हाम्रा चासो र प्राथमिकताका विषय बने । संघर्षशील महिलाका सफलताका कथा पस्किएर अरु धेरै महिलालाई प्रेरित गर्ने कोशिस ग¥यौं । फर्केर हेर्दा, समरेखाका छ वर्ष हाम्रा लागि गौरबमय बनेका छन् ।

समरेखा म्यागजिन लैंगिक समानता र सामाजिक न्यायकालागि शुरु गरिएको मिडिया अभियान नै हो । समाजमा पछाडि पारिएका समुदायको आवाजलाई प्राथमिकता दिँदै यस अभियानमा सिंगो समुदायलाई अभिप्रेरणा प्रदान गर्नु यसको लक्ष्य रहेको छ । महिला अधिकारको स्थापना, न्यायमा सहज पहुँच, निर्णय प्रक्रियामा समान सहभागिता, समान हैसियतको नागरिक र पहिचानसहित बाँच्न पाउने अधिकारका लागि नेपाली महिलाहरुले धेरै संघर्ष गर्दै आएका छन् । इतिहासको विभिन्न कालखण्डदेखि नै आफूहरुले भोग्दै आएको भेदभाव, उँचनीचका पर्खाल भत्काउँदै समाजका उत्पीडित समुदायले पनि आ—आफ्नो तहबाट आवाज उठाएका छन् । यसबीचमा मुलुकमा ठूलो राजनीतिक परिवर्तन पनि भएको छ । निरंकुश राज्यव्यवस्थाको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । तर समाजमा पछाडि पारिएका त्यो वर्गको जीवनमा लोकतन्त्र अझै आएको छैन । हिंसित दमित हुनुपर्ने अवस्थाको अन्त्य भएको छैन ।

सातौं वर्ष प्रवेशको यो घडीमा आफैलाई फर्केर हेर्दा सोंचेजति गर्न सकिएको छैन । मोफसल भनेर पन्छिन मिल्दैन, तर म्यागजिनको उद्देश्य अनुरुपका सामग्री जुटाउनु र म्यागजिनलाई ब्यापक रुपमा बिस्तार गर्नु फलामको च्यूरा चपाउनु जस्तै रहेछ । अहिलेको बजारले समरेखाजस्ता उद्देश्यमूलक पत्रिकालाई सहयोग गर्दैन । यसका बाबजुद म्यागजिनले समानता र सामाजिक न्यायमा विश्वास गर्नेहरुको माया, सहयोग र साथ पाएको छ । यो साथ हाम्रालागि पर्याप्त छ । नयाँ युगबोध राष्टिय दैनिकको सहप्रकाशन भएकोले पनि प्रेससँग जोडिएका आर्थिक दायित्वका कारण समरेखाको प्रकाशन रोकिनुपर्ने अवस्था नहुनु यसको अर्को सुखद पक्ष पनि हो । मिडियाको माध्यमबाट लैङ्गिक समानता र सामाजिक न्याय प्रबद्र्धनकालागि शुरु गरिएको हाम्रो अभियानमा साथ दिनु हुने सबै सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । हाम्रो सहकार्यले हामीले देखेको सपना पूरा गर्न निरन्तर क्रियाशील हुने उर्जा दिने विश्वास लिएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np