Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिलालाई प्रगतिपथमा प्रेरित गर्ने पत्रिका

         बिमला योगी ||   64 Views   ||   Published Date : 13th May 2018 |

 

दाङको भूमिमा “वसुधैव Bimala yogiकुटुम्वकम्”को महान विचार बोकेर लैगिक समानता तथा सामाजिक न्यायकालागि कमल चलाउने लक्ष्मी आचार्य विद्यार्थीकालदेखि नै सामाजिक विकृति विसंगति र लैगिक हिंसाका विरुद्ध दृढ बनेर होमिएकी थिईन् ।

जसरी भानुभक्त आचार्यले रामायणको माध्यमद्वारा समाजमा शान्ति प्रेम भातृत्व, त्याग र समर्पणको उदाहरण प्रस्तुत गर्नुभयो त्यसरी नै समरेखा पत्रिकाको माध्यमद्वारा पितृसत्तात्मक राज्यव्यवस्थाद्वारा दोस्रो दर्जाको नागरिकको हैसियतमा बाँच्न बाध्य महिला तथा सीमान्तकृत वर्गलाई सचेतीकरण सशक्तिकरण सँगसँगै संविधान निर्माण तथा कार्यान्वयनमा महिलाहरुको अर्थपूर्ण सहभागिताको लागि उठौ–उठौ जागांै–जागांै लाग्ने, मनवाटै उद्वेलित बनाउने काम समरेखाले गरि नै रह्यो । यो विचारको सुन्दर संगम हो । यस पत्रिकाले समाजमा विद्यमान वास्तविक वस्तुस्थिती उजागर गर्ने विषयवस्तु पस्केको छ । महिलाहरुले उत्साहित भएर पढनै पर्ने शैक्षिक ज्ञानवर्धन पुस्तकका रुपमा हामीले यस पत्रिकालाई लिएका छौं । प्रत्येक लेख रचना समयसापेक्ष पठनीय छन् ।

यो पत्रिकाले महिलाहरुलाई स्वयंको विकास गर्न, समाजको सामाजिक आर्थिक स्तरउन्नति गर्न, समाज तथा राष्ट्रमा विद्यमान असमानता शोषण, उत्पीडनका विरुद्ध संगठित रुपमा आन्दोलित हुन समेत प्रेरित गर्छ । प्रेस विज्ञप्ति जारी गर्दै, धर्ना जुलुसमा विषयगत ऐक्यवद्धताका साथ राज्यप्रदत्त हक अधिकार प्राप्तिकालागि महिलाहरुको नेतृत्व विकास र समावेशी समानुपातिक सहभागिताका लागि उत्प्रेरणा प्रदान गर्न सफल भएको छ । विद्वान लेखक पत्रकारहरुसँगै मलाई पटक पटक कलम चलाउने प्रोत्साहन गर्छिन् लक्ष्मी बहिनी । मेरो लागि यो अत्यन्तै ठुलो अवसर हो । व्यक्तिगत तथा संस्थागत रुपमा कृतज्ञ छु ।
पत्रिको वर्ष ६ अकं १ पूर्णांङ्क २४ मा प्रकाशित महिला आन्दोलनका १०७ वर्ष उपलब्धि र चुनौती शिर्षकको खोजमूलक, मार्मिक तथा उत्कृष्ट रचना थियो । यसको माध्यमद्वारा हामी महिलाले आफूलाई खोज्दैछांै । आफ्नो अस्तित्व र पहिचानको लडाईं लडदै छौ । आफ्नो स्वयंको क्षमता अभिवृद्धी गर्दैछौं । घरपरिवार र सिंगो राष्ट्रप्रति नेपाली महिलाले दिएको त्याग समर्पण र निष्ठाको अर्थपूर्ण प्रतिनिधित्वका लागि समर्पित यो समरेखा पत्रिका लक्ष्मी आर्चायको कठिन तपस्याको प्रतिफल हो भन्दा फरक पर्दैन ।

त्यस्तै यस पत्रिकाको वर्ष ३ अंक १ पूर्णाङ्क ११ मा प्रकाशित सहकारीमा महिला आन्दोलन उपलब्धी विशेषाङ्क खोजमूलक पत्रकारिताको प्रशंसनीय उदाहरण थियो । घोराही उपमहानगरपालिकाको ५ किलोमिटर दक्षिणको साविक सौडियार गा.वि.स जवलपुर र सिसहिनियामा सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा आवद्ध २ सय परिवारका थारु महिलाहरुले गरेको तरकारी खेती उत्पादन स्थलमा किसान महिलाहरुलाई प्रोत्साहित गर्न स्थलगत रिर्पोटिंग महिलाहरुको सक्रियता र सहभागिताको माध्यमद्वारा सामाजिक आर्थिक क्रान्तिको उद्घोषलाई सफल बनाउन स्वर्णिम पहल थियो छ । समरेखा पत्रिकामा छापिएको थारु महिलाहरुको फोटो त्यो समाजकालागि अविस्मरणीय बनेको छ । पत्रकार र पत्रकारिताको ईमान धर्म र कर्तव्य परायणताको अनुपम उदाहरण थियो त्यो रिपोर्टिंग । सिंगो थारु समाजले हौसला लिँदै सोही जमीनबाट सहकारीलाई आर्थिक क्रान्तिको रुपमा अगाडि बढाउँदै छन् । समाजसँग जोडिएको यस्तो पत्रकारिता नै वास्तवमा आवाजबिहीनको आवाज बन्न पुग्छ ।
समरेखा पत्रिकाले लिएको परिकल्पना पूर्ण गर्नका लागि पत्रिका प्रकाशन नियमित हुनु अत्यन्त जरुरी छ । यसकालागि सिंगो समाज र राज्यको पूर्ण सहयोग हुनुपर्दछ । आगामी दिनमा यो पत्रिकालाई नयाँ प्रविधिसँगसँगै जोडेर अगाडि लैजानुपर्ने आवश्यकता रहेको छ । एक जनाको सकारात्मक प्रयासबाट पनि समाजमा आशा र भरोसाको दियो बल्न सक्छ भन्ने उदारहण हो समरखा पत्रिका । यो परिकल्पनालाई साकार पार्न अहोरात्र खट्ने लक्ष्मी धन्यवादकी पात्र छन् र प्रकाशनको जिम्मा लिने नयाँ युगबोध परिवार पनि धन्यवादको पात्र छ । सदैवः कर्तव्य परायणतामा अगाडि बढोस् बहिनी लक्ष्मीका कलम ! सफलताको शुभकामना ।

बिमला योगी
संस्थापक अध्यक्ष, नेपाल महिला सामुदायिक संस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np