Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिला अधिकार आन्दोलनमा समरेखा

         तुलसा गिरी ||   48 Views   ||   Published Date : 13th May 2018 |

Tulasa giri

बुवाले रक्सी खाएर रातदिन कुटपिट गर्दा आमा दोस्रो विवाह गरेर गइन् । पछि बुवाले यौन प्यास मेटाउन चार वर्षीकी छोरीलाई बलात्कार गर्न थाल्यो । ढिलै भए पनि घटना बाहिर आयो र कानुनी प्रक्रिया आगाडि वढ्यो । यो दाङकै घटना हो । त्यस्तै अर्कोेे घटना बुवाले रक्सी खाएर जुवा तास खेलेर दुःख दिए पछि आमा बैदेशिक रोजगारमा गइन् । आमा बैदेशिक रोजगारमा गएपछि नौ वर्षकी छोरीलाई बाबुले बलात्कार गर्न थाल्यो । बालिका रगतााम्य भएर हिँड्न थालेपछि घटना बाहिर आयो । यी दुई प्रतिनिधि घटना मात्र हुन् । यस बर्षमात्रै ओेरेक जिल्ला शाखामा आफ्नै बुवाबाट वलात्कृत भएका ४ देखि १४ वर्षका पाँच जना बालिकालाई सुरक्षाआवासमा राखेर सहयोग त गरियो तर यसरी घरबाट बच्चासहित निकालिएका महिला र तिनका साथमा भएका बच्चा , आफै परिवारबाट पीडित भएका बालिकाको दिर्घकालिन पुनस्र्थापनामा सरोकारवालाको ध्यान पुग्न नसक्दा पीडितले न्यायको महसुस गर्न नसकेको अवस्था छ । ओरेक शाखा कार्यालय दाङमा २०१७ जनवरी देखि २०१७ नोभेम्बर १५ सम्म आएका १ सय २२ वटा महिला हिंसाका घटनालाई हेर्दा ८६ वटा घरेलु हिंसाका घटना छन् । यसमा सबै भन्दा धेरै घटना विभिन्न आरोप लगाएर बच्चासहित घरबाट निकालिएका साथै हिंसा सहन नसकेर बच्चासहित घर छोडेर न्यायको खोजीमा निस्किएका महिला छन् । चरित्रहत्या गरिएका घटनाहरु छन । पछिल्लो समय बहुविवाहका घटना निक्कै बढेको देखिएको छ घरेलुहिंसाका अधिकांश घटना प्रहरी र स्थानिय तहमा मिलापत्रमै जोड दिने गरेकाले धेरै जसो अंशमुद्धा र सम्बन्ध विच्छेदमा जाने गरेका छन् । दाङमा ओरेकको तथ्यांक अनुसार बलात्कार र बलात्कारका प्रयासका घटनाहरुलाई एक ठाउामा राख्दा महिलामाथि हुने हिंसामध्येमा दोस्रो स्थानमा रहेको देखिन्छ । यो घटनालाई विष्लेषण गर्दा महिला र बालिकाको कहालिलाग्दो अवस्था छ ।
देशभरकै कुरा गर्ने हो भने ओरेक नेपालको अभिलेख २०१७ अनुसार १ हजार १ सय ५० हिंसा प्रभावित महिलाहरुमध्ये ६७ प्रतिशत (७६६) महिलाहरूमाथि घरेलु हिंसा, १७ प्रतिशत (१९५जना) महिलाहरूमाथि सामाजिक हिंसा, ६ प्रतिशत (६८ जना) महिलाहरूमाथि बलात्कार, १ प्रतिशत (१८ जना) महिलाहरूमाथि बलात्कारको प्रयास, ४ प्रतिशत (४५ जना) महिलाहरूमाथि यौनिक हिंसा, १ प्रतिशत(४जना)महिलाहरूको हत्या, २ प्रतिशत (२४जना) महिलाहरूको बेचबिखन, १ प्रतिशत (७) महिलाहरुमाथि बेचविखनको प्रयास, र १ प्रतिशत महिलाहरुमाथि अन्य प्रकारको हिंसा भएको पाईएको छ । सबै यी घटनाले महिला माथि हुने हिंसामध्ये सबै भन्दा धेरै घरेलु हिंसा नै हुने गरेको देखाउँछ । यसले महिलाहरु घरभित्रै बढी असुरक्षित रहेको देखाउँछ । यौनजन्य हिंसा र त्यस प्रकारको प्रयासको घटनालाई एक ठाउँमा राखेर हेर्दा यो तेस्रो स्थानमा छ जसमा १३१ अर्थात ११ प्रतिशत हुन आउँछ ।

अहिले महिला हिंसा विरुद्धको अन्तर्राष्टिय दिवस विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । विश्वभर नोभेम्बर २५ बाट शुरु गरी डिसेम्बर १० (महिला हिंसा विरुद्धको दिवस देखि अन्तराष्ट्रिय मानव अधिकार दिवस) सँग जोडेर १६ दिन सम्म यो अभियान मनाउन थालेको पनि २६ बर्ष भैसकेको छ । महिलामाथि हुने हिंसा महिलामाथि गरिने अपराध हो, मानव अधिकारको हनन् हो भन्ने मर्मलाई आत्मसात गर्दै हामीले पनि मनाउँदै आएका छौं । हामी ओरेक नेपाल संस्थागत रुपमा समुदायस्तरदेखि अन्तराष्ट्रियस्तरसम्म महिला हिंसा अन्त्यका लागि भैरहेका प्रयासहरूप्रति ऐक्यबद्धता जनाउँदै तदनुरुप काम गर्दै आएका छौं । यस वर्ष ओरेक नेपालले लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको मूल आधार ः महिलाको हिंसा मुक्त बाँच्न पाउने अधिकार भन्ने मुख्य नाराकासाथ विभिन्न कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाउदैछ ।

हाम्रो मुख्य लक्ष्य महिला सशक्तिकरणको माध्यमबाट आर्थिक, सामाजिक,र राजनैतिक अधिकारलाई सुनिश्चित गर्दै महिला विरुद्ध हुने हिंसाको न्यूनीकरण गर्नु रहेको छ । यसका लागि स्थापनाकालदेखि नै संस्था स्वयं र अन्य सम्पूर्ण महिलाहरुसमेतको सहकार्यमा महिलाको मानवअधिकारलाई कानुनी र नीतिगत रुपमा संस्थागत गर्नका लागि विभिन्न तहमा आन्दोलन गरेको इतिहास छ । सोही आन्दोलनको जगमा संविधान र कानुनमा महिलाका धेरैअधिकार सुनिश्चित समेत भएका छन् । महिलामाथि घर भित्र हुने हिंसा जस्तो कुटपिट, घरनिकाला, खान लगाउन नदिने जस्ता घरेलु हिंसाको विरुद्ध कुनै कानुनी बाटो नहुँदा पीडा सहन गर्न नसकेर महिलाले आत्महत्या गर्नुपर्ने अवस्था थियो । घरभित्र हुने यस्तो हिंसालाई कानुनी दायरामा ल्याउन माग गर्दै महिला मानवअधिकर रक्षक संजाल र ओरेक नेपालले माइती घर मण्डलामा २५ दिन सम्म आन्दोलन गरेको थियो । उक्त आन्दोलनमा दाङका महिलाअधिकारकर्मीको नेतृत्वदायी उपस्थिती थियो । सोही आन्दोलनको बलमा आएकोे घरेलु हिंसा कसूर तथा सजाय ऐन २०६६ एउटा उदाहरण हो । अहिले कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा महिलाहरुले भोग्दै आएका पीडा कम भएका छैनन् । जति पनि कानुन छन् तिनको प्रभावकारी कार्यन्वयन भए मात्र पनि महिलाले धेरै हद सम्म न्याय पाएको महसुस गर्ने थिए । तर कानुनको प्रभावकारी कार्यन्वयन नहुँदा कानुन भएको र नभएकोमा केही फरक नभएको महसुस गर्नु परेको अवस्था छ ।

अन्त्यमा बाहिरबाट हेर्दा नेपालका महिलाहरु कानुनी र नीतिगत रुपले अधिकार सम्पन्न देखिन्छ । त्यही कानुनी आधारलाई टेकेर देशको सर्वोच्च ठाउामा समेत महिला पुगेको अवस्था एकातिर छ भने अर्काेतर्फ खान समेत नदिएर बच्चासहित घरबाट निकालिएका धेरै महिलाहरु न्यायको खोजीमा छन् । यसको मुख्यकारण भनेको पितृसत्तात्मक सोंचमा परिवर्तन नहुनु नै हो । त्यही साेंच र संस्कारले हाम्रो समाजका हरेक क्षेत्रमा महिलाहरु निरन्तर रुपमा लैंगिक विभेदको जाँतोमा पिसिइरहेका छन् । देश पुनसंरचा पश्चात संघीय शासन व्यवस्थामा गएको अवस्था छ । स्थानीय तहले जनप्रतिनिधी पाइसकेको अवस्था छ र हरेक पालिकामा न्यायिक समितिको गठन समेत भएको छ । अब सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता अनुरुप महिला हिंसा अन्त्य गर्दै महिलाको मानव अधिकार संरक्षण र प्रवद्र्धनका लागि तुरुन्तै स्थानीयतह देखि नै महिलाहरुका लागि आवश्यक सहयोगी संयन्त्रहरुको विकास र महिला सशक्तिकरणका लागि बाधक रहेको संरचनात्मक बिभेदको नीतिगत रुपबाट नै अन्त्य गर्न पहलकदमी बढाउनुपर्छ ।

लैङ्गिक समानता र सामाजिक न्यायका लागि दाङबाट प्रकाशित द्धैमासिक म्यागजिन समरेखा छैठौ वर्ष पूरा गरी सातांै वर्षमा प्रवेश गरेकोमा यसका सम्पादक लगायत सम्पूर्ण टिमलाई बधाइ दिन चाहान्छौ । समरेखा पत्रिका स्थानिय स्तरमा रहेर समय सन्दर्भ अनुसार महिलाको मुद्दा र विषयलाई उठान गर्ने एक मात्र पत्रिका हो जस्तो लाग्छ । यसको आफ्नो छुट्टै पहिचान छ । यसका प्रत्येक अंकमा छापिएका सामग्रीले समुदायमा रहेका महिलालाई धेरै प्रकारको सूचना, हैसला र ज्ञान दिन सफल भएको छ । शायद यही नै यसको सफलता पनि हो जस्तो लाग्छ । महिला आन्दोलनको इतिहासदेखि वर्तमानलाई समेत तुलनात्मक अध्ययन गर्ने लेखहरुले हामी जस्तालाई महिला आन्दोलन बुझ्न अझ धेरै सहज बनाएको छ भने हिंसा भोगेर घरबाट निकालिएका महिलाको जीवनसंघर्ष र उनीहरुले गरेरेको मेहनत र त्यसबाट पाएका सफलताका कथाले महिलाहरुलाई संघर्ष गर्न थप हैसला समेत प्रदान गरेको महसुस हुन्छ । समरेखाको उत्तरोत्तर प्रगति तथा सफलताको शुभकामना समेत दिन चाहान्छु ।

जिल्ला संयोजक
महिला पुनस्थापना केन्द्र (ओरेक),दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np