Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

नाम अनुसारको काम ‘समरेखा’

         लिला शाह ||   36 Views   ||   Published Date : 13th May 2018 |

13512199_1436324676394523_7907697562911791062_n

चार दशक लामो इतिहास बोकेको दाङको पत्रकारितामा महिला सहभागिताको इतिहास भने मुश्किलले दुई दशकको छ । यसो हेर्दा महिला सहभागिताको इतिहास दुई दशकको देखिए तापनि दाङमा संचारमा महिलाको सहभागिता बृद्धिसँगै निरन्तरता र क्रियाशिलतामा र्इंटा थप्ने काम भने २०५८ सालमा एफ. एम. रेडियो खुलेपछि मात्र भयो । छापा र एफ.एम रेडियोको संख्यात्मक बृद्धिसँगै महिला सहभागिता बढ्दै जाँदा औंलामा गन्न सकिने पत्रकार महिलाको संख्या बढ्दै गयो । औंलामा गन्न सकिने र केही मुलधारका मिडियामा मात्र काम गर्ने पत्रकार महिलाहरुले स्थानीय स्तरमा पनि सहभागिता जनाउन थाले ।
मिडियाको संख्या थपिँदै जाँदा महिला सहभागिता पनि प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय स्थानीय तहमा खुलेका टेलिभिजन र अनलाईनहरुमा समेत पत्रकार महिलाहरुको आकर्षण देख्न सकिन्छ । तथापि धेरैजसो महिलाहरु एफ. एम. रेडियोहरुमा क्रियाशिल छन् । त्यसका अतिरिक्त मूलधारको मानिने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका मिडियामा पनि दाङका पत्रकार महिलाको सहभागिता छ । त्यस्तै यहाँबाट प्रकाशित हुने प्रायः जसो दैनिक पत्रिकाको प्रकाशक र ब्यबस्थापक प्रमुखको जिम्मेवारी कुशलतापूर्बक निर्बाह गर्नुले पत्रकार महिलाहरु संचारसँगै कुशल प्रबन्धकको रुपमा पनि परिचय बनाउन सफल भएको कुरा घाम झैं छलङ्ग छ । संचारमा महिला सहभागिता बढेसँगै दाङमा पत्रकार महिलाहरु संस्थागत संगठित हुन थालेका हुन् ।
सर्बप्रथम दाङमा २०६१ सालमा लक्ष्मी आचार्य संस्थापक अध्यक्ष रहेको पत्रकार महिला मञ्च गठन भयो । तत् पश्चात जिल्लामा छरिएर रहेका पत्रकार महिलाहरुले सुक्ष्म रुपमा भए पनि महिलाका प्राथमिक सवाल पहिचान गर्न, महिला मुद्दा उठान गरेर बहस, छलफल गर्नेसँगै समग्र महिलाका सवाललाई गाउँदेखि केन्द्रसम्म जोड्न अग्रसर भए । पत्रकार महिलाको बिषयमा छलफल र बहस चलाउने, उद्देश्य सहित गठन गरिएको पत्रकार महिला मञ्च नै दाङको पहिलो पत्रकार महिलाहरुले स्थापना गरेको संचार सस्था हो । मञ्चले केही वर्ष सचेतना नामक त्रैमासिक फिचर सेवा प्रकाशन ग¥यो । त्यसको झण्डै चार बर्षको अन्तरालपछि २०६५÷२०६६सालमा दाङमा संकल्प महिला संचार संस्थाको गठन भयो । दुबै संस्थाहरुको उद्देश्य उस्तै उस्तै भए पनि एक अर्काले परिपूरकको रुपमा रहेर जिल्लामा महिलाका बिषयहरुलाई उठान गर्नुका अतिरिक्त महिलाको सवाललाई प्राथमिकता राखेर कार्य सम्पादन गर्दे आएका छन् । तर पछिल्लो समयमा दुबै संस्थाको क्रियाशिलतामा केही शिथिलता देखा परेको छ । । महिला र बालबालिकाका सवाललाई केन्द्रबिन्दु मानेर संकल्प महिला संचार संस्थाले २०६५÷०६६ सालदेखि नै संकल्प द्वैमासिक फिचर सेवा सञ्चालनमा ल्यायो । हाल ति दुबै फिचर सेवा बिभिन्न कारणले बन्द छन् । त्यसको ठीक एक बर्षपछि दाङमा पत्रकार लक्ष्मी आचार्यको प्रकाशन÷सम्पादकमा नयाँ युगबोध राष्ट्रिय दैनिकको सह–प्रकाशनको रुपमा समरेखा द्वैमासिक पत्रिका प्रकाशनमा आयो, जो निरन्तर रुपमा प्रकाशित छ ।
हाल समरेखा द्वैमासिकले आफ्नो प्रकाशित समयको छ बर्ष पुरा गरी सातौ बर्षमा प्रबेश गरेको छ । साथी लक्ष्मी आचार्यले सञ्चालन र प्रकाशन गर्नुभएको समरेखा द्वैमासिक पत्रिकाले स्थापनाकालको सात बर्ष प्रबेश गरेको अवसरमा सर्बप्रथम त म प्रकाशक÷सम्पादक, ब्यवस्थापनसहित पत्रिका प्रकाशनसँग सम्बन्धित समाचारदाता लेखक सबैलाई यो सुखद अबसरमा हार्दिक बधाई र शुभकामना दिन चाहान्छु । समाज बिकासको यात्रा र रुपान्तरणको अभियानसँगै महिला र पुरुषको समबिकासका लागि नाम अनुसारको समरेखा द्वैमासिकलाई यहाँसम्म ल्याउन र त्यसै अनुसारका बिषयलाई उठान गर्न पत्रिकाले सातबर्षको अबधिमा खेलेको भूमिका सराहनीय छ । पाठकको हिसाबले पत्रिका हेर्दा, पत्रिकाले स्थानीयदेखि राज्यको नीति निर्माणतहमा महिलाको पहुँच पु¥याउन, बिधिको शासन स्थापनामा सरोकारवाला निकायलाई खबरदारी गर्न, लिङ्गको आधारमा महिलामाथि हुने बिभेद अन्त्यकालागि खबरदारी र पहरेदारीको रुपमा पाठकलाई सूसुचित गराउने प्रयत्नमा पत्रिका प्रतिदिन अब्बल बन्दै गएको पाईन्छ । त्यसका साथै महिलाले गरेका योगदान, संघर्ष, महिलाले समाजमा भोग्नुपरेका बिभेद हिंसा र त्यसको निराकरणकोलागि सरोकारवाला निकायलाई जिम्मेवार र दायित्वबोध गराउने सवालमा पत्रिकाले उठान गरेका बिषयबस्तुले महिलाहरुलाई कुनै न कुनै रुपमा अधिकारप्राप्तिकोलागि जागरुक गराएको महशुस गर्न सकिन्छ । त्यसकालागि पत्रिकाको सम्पूर्ण टिमले पु¥याएको योगदान स्मरणयोग्य छ ।
त्यसैगरी संबिधानसभाको निर्बाचन, संबिधान घोषणा, राज्यका हरेकतहमा महिला सहभागिताको प्रतिनिधित्वको सवाललाई लिएर उठान हुने गरेका बिषयबस्तुले पत्रिकाले छोटो समयमा नै आफ्नो उदेश्य चुम्नकालागि उक्लिरहेको उकालोमा थप उर्जा मिल्ने कुरामा दुईमत छैन । बिपन्न समुदायका महिलाको जनजीबिकाको सवालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धीसम्झौतामा नेपालले गरेको प्रतिबद्धतासहित महिलाका लागि भएका कानुनी ब्यबस्था र जटिलताका बिषयमा समेत पत्रिकामार्फत पाठकलाई सूसुचित गराउन गरिएको प्रयत्न अर्को सुखद पक्ष हो । यति भनिरहँदा पत्रिकाको निरन्तरता, त्यसको ब्यापकता र पाठक सहभागिता बृद्धिसँगै पाठकको स्तर अनुसारका खुराक पस्कनु, पत्रिकालाई निरन्तररुपमा प्रकाशित गर्नकालागि आबश्यक स्रोतसाधनको पूर्णतासँगै उपलब्धताको जोहोमा पनि अवसर र चुनौती उत्तिकै छ । भनिन्छ, समय गतिशिल छ, र परिर्बतनशिल पनि । गतिशिल र परिर्बतनशिल समयलाई पच्छ्याउँदै समयसापेक्ष रुपमा हिँड्न खोज्नु सजिलो छैन । भनाई र गराईमा ठूलो अन्तर हुन्छ । तर महिलाको बिषय उठान गर्न पत्रिकाले आफ्नो प्रयत्न निरन्तर जारी राखेको छ । यो नै दाङको लागि गर्बको कुरा हो ।
हरेक बिषय महिला बिषय र महिला बिषय सबैको बिषय भन्ने मान्यतालाई स्थापित गर्दे लैङ्गिक समानता र सामाजिक न्याय प्रर्बद्धनको उद्देश्य सहित हरेक क्षेत्रका हरेका बहसमा सबैका बिचारलाई बाहिर ल्याउने नयाँ प्रयास भन्ने उद्घोषसहित प्रकाशित भईरहेको यस द्वैमासिक पत्रिकाले स्थापनाकालदेखि हालसम्मका प्रकाशित अंकहरुमा पस्केका सामाग्रीहरु साँच्चिकै भनाई अनुसारका छन् छैनन, यसले समेटका बिषयबस्तु र समाग्रीहरुमा समानता र समता छ छैन भन्ने कुरा पत्रिकाको लागि अर्को मनन् योग्य बिषय हो । त्यस्तै प्रकाशित सामाग्रीले लैङ्गिक समानता र सामाजिक न्याय प्रर्बद्धनमा स्थानीय स्तरमा पारेको प्रभाव वा जागरणको पक्ष पनि समीक्षाको अर्को बिषय हो । त्यस्तै राज्यको हरेक तहमा महिला र पुरुषको सहभागिता बराबरी हुनुपर्छ र यसले मात्र देशको समान बिकास हुन सक्छ भन्ने उद्घोषका साथ पितृसत्तात्मक सोंच र संस्कारमा परिर्बतन ल्याउन त्यस्ता सोंच भएकालाई महिला मैत्री हुन तथा समान बिकासमा अगाडि बढ्न यस द्वैमासिक पत्रिकाले हालसम्म निर्वाह गरेको अभिभावकीय भूमिकाले समग्र दाङका संचारसम्बद्ध पत्रकार तथा महिलाहरुको शीर उँचो पार्ने काम गरेको छ । यति हँुदाहुँदै पनि सबैका बिचार र सबैका समाचार समेट्ने सवालमा पत्रिकाले आफूलाई दरिलो सिपाहीको रुपमा स्थापित गर्न र उभ्याउन सक्यो वा सकेन भन्ने सवालमा स्वयं कुशल पाठक र प्रकाशकले पनि आत्म समीक्षा गरेकै हुनुपर्छ ।
हिँजो र आजको परिबेश बदलिएको छ । लामो समयको अन्तरालपछि स्थानीय तहको निर्बाचन सम्पन्न भएको छ भने अबको केही समयपछि देशको संघीय संरचना अनुसार प्रादेशिक सरकार बन्ने निश्चित छ । यसर्थ बिगतमा जस्तै लैङ्गिक समानता र समाजिक न्याय प्रर्बद्धनमा जिम्मेवारीको निरन्तरताको यात्रालाई अबिराम यात्राको रुपमा अक्षुण राख्दै पत्रिकाले आगामी दिनमा ठोस कार्यदिसा तय गरी मासिक बुलेटिनको रुपमा प्रकाशित गर्नकालागि अगाडि बढ्न मार्ग तय हुन सकोस् हार्दिक शुभकामना दिन चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np