Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

आवाजबिहीनको सच्चा प्रतिनिधि ‘समरेखा’

         रचना सुबेदी ||   77 Views   ||   Published Date : 13th May 2018 |

Rachana subedi (2)
समरेखा म्यागजिन न्याय र समानताको आवाज बुलन्द गर्ने सशक्त माध्यमको रुपमा स्थापित हुन सफल भएको छ । म्यागजिनले समाजमा शान्ति, महिलाको समान अस्तित्व तथा आत्मसम्मान, सार्वजनिक सरोकारका सबै तह र क्षेत्रमा समान सहभागिताका आवाजहरुलाई निरन्तर रुपमा पस्किरहेको हुन्छ । लैङ्गिक बिभेद, कुसंस्कार र कुरीतिले जरा गाडेर बसेको समाजमा महिलाका अधिकारप्रति स्वयं महिलालाई जागरुक बनाउँदै उनीहरुलाई बोल्न सिकाउने गतिलो माध्यम पनि बनेको छ भन्दा अत्युक्ति नहोला ।
समरेखा आवाजबिहीनको सच्चा आवाज बनेको छ भन्दा अत्युक्ति हुँदैन । जसको आवाज परिवारले सुनेको छैन, मौनताभित्रका आवाज समरेखामा मुखरित हुने गरेका छन् । म्यागजिनका हिंसा प्रभावित महिलाहरुको यथार्थ अवस्था सार्वजनिक गर्ने तथ्यपूर्ण सामग्रीहरुले पाठकलाई विषयगत सचेतना प्रदान गरेको छ । समरेखामा प्रकाशित हुने पीडितका ब्यथा र सफलताका कथाले महिलाहरुलाई हिंसा सहेर बस्नु हुन्न, हिंसा गर्नेलाई यत्तिकै छोड्नु हुँदैन भन्ने सन्देश दिएको देखिन्छ । संघर्षशील महिलाका सफलताका कथा पस्किएर महिलाहरुलाई जस्तै समस्या आए पनि निरन्तरको प्रयासले समस्याबाट बाहिर आउन सकिन्छ भन्ने सन्देश दिईरहेको छ ।
यो धर्ती र आकाशको जस्तो सम्बन्ध हुन्छ, समाज स्वस्थ हुन महिला र पुरुष दुबैको अस्तित्व उत्तिकै समान हुन्छ । तर पितृसत्तात्मक समाजले सहज रुपमा यो कुरा स्वीकार्न नसकिरहेको अवस्थामा समरेखाले आफ्ना हरेक अंकमा महिलाको समान अस्तित्वबोध गराउने सचेतनामूलक सामाग्री पस्किरहेको हुन्छ । महिला अधिकारप्रति सचेत गराउँदै अन्याय बिरुद्ध जुझ्न प्रेरित गर्ने सामग्री पस्कनु यसको बिशेषता हो । हिंसा प्रभावित महिलाहरुले गरेका ससाना कामलाई महत्वकासाथ स्थान दिएर उनीहरुलाई प्रेरणा दिँदा यो साँचो अर्थमा आवाजबिहीनको आवाज बने जस्तो लाग्छ ।
समाजमा लैङ्गिक बिभेद छ । अशिक्षितको कुरा मात्रै होइन, शिक्षित परिवारमा समेत छोरा र छोरीलाई हेर्ने आँखा नै बेग्लै छ । यही बिभेदयुक्त नजरले हरक्षेत्रमा महिलालाई दोश्रो दर्जाको नागरिक सरह ब्यवहार गर्छ । अंश र बंशको अधिकारकालागि निरन्तर आवाज उठ्दा समेत महिलाहरु अझै ती अधिकारबाट बञ्चित छन् । बालविवाह बढ्दो छ । सामाजिक साँस्कृतिक रुपमा जरा गाडेर बसेका अनेक प्रथा परम्पराजनित हिंसा छँदैछन् । यी तमाम विषय समरेखाले निरन्तर रुपमा उठान गरेको छ । यसका अलावा अन्तर्राष्ट्रिय समाचार, स्वास्थ्य र साहित्य स्तम्भमार्फत विविध सामग्री पस्केर पाठकसामु नियमित रुपमा म्यागजिन उपस्थित हुनु हामी सबैकालागि गर्वको विषय हो । महिलाबिरुद्ध हुने सबैखालका विभेदबिरुद्ध क्रियाशील हामीहरुका लागि समरेखा गतिलो पाठ्य सामग्री बनेको छ ।
म्यागजिन अहिले राप्तीमा प्यूठान, रोल्पा, सल्यान, रुकुममा पुगेको छ । छ वर्ष पूरा गरी सातौं वर्ष प्रवेशको यो सुखद घडीमा म्यागजिनको नेपालभर बिस्तार होस् भन्ने शुभकामना दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np