Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मेहनतले दिएको सफलता

         पार्वती बस्नेत ||   117 Views   ||   Published Date : 1st April 2019 |

देparbati ko ma rakhne-Gitaउखुरी दाङ । पाँच वर्षअघि पेटीमा सानो किराना पसल शुरु गरेकी गीता अहिले सफल उद्यमीको रुपमा चिनिएकी छन् । लमही नगरपालिका ८ निवासी गीताले तिहारमा टीका लगाएर पाएको दक्षिणाको पैसाबाट किराना पसल शुरु गरेकी थिइन् । एक हजार पाँच सय रुपैयाँ दक्षिणाको पैसाबाट शुरु भएको उनको व्यवसाय अहिले लाखौंको पुगेको छ ।
पेटीमा किराना सामान बेच्ने सानो पसलको चर्चा गाउँमा फैलिँदै गएपछि उनको ‘पेटी पसल’मा एक हजार पाँचसयको सामान दुई दिनमा नै बिक्री हुन थाल्यो । यसरी सामान बिक्री हुन थालेपछि त्यसवाट आउने दुई चार पैसा आम्दानीले गीताको मनमा हौसला बढ्दै गयो । ‘मनमा आँट थियो, केही गर्छु भन्ने भरिलो साेंच पनि थियो तर साथ दिने कोही थिएन ।’ बिगत सम्झँदै गीता भन्छिन्, ‘तँ आँट म पुर्याउँछु भनेजस्तै किराना पसल बढाउन ऋण लिने मेसो मिल्यो । ऋण लिएरै ब्यवसाय बढाएँ ।’

२०७० सालतिर ग्रामीण महिला उत्थान केन्द्रले विस्तार गरेको केन्द्रमा उनी आवद्ध भइन् । राप्ती महिला उत्थान केन्द्रमा आवद्ध भएपछि उनले संस्थाबाट पाँच हजार ऋण लिइन् । साँझ बिहानको छाक टार्न हम्मे परिरहेका बेला समूहमा आवद्ध हुँदा गीतालाई उति सहज लागेको थिएन । समूहमा बसेपछि उनले विभिन्न तालिममा भाग लिइन् । ऋण लिने र चुक्ता गर्ने तरीका सिकिन् । तालिमले उत्प्रेरणाको काम गरे ।
‘पेटी किराना पसल’बाट शुरु भएको उनको व्यवसायिक जीवन अहिले बंगुर व्यवसायीको रुपमा परिचित छ । पाँच हजार ऋण लिएर गरेको काम शुरु गरेकी उनले बंगुरपालन शुरु गर्दा संस्थाबाट ४० हजार ऋण लिइन् । बंगुरको खोर बनाउन ५० हजार ऋण लिइन् । डराई डराई गरेको कामले उनलाई राम्रो प्रतिफल दियो । पहिलोपटक बंगुर कटान गर्दा दुई लाख उनलाई नाफा भयो । यो नाफाले उनलाई काममा थप हौसला दियो । बंगुरपालन र किराना पसल दुबैलाई सँगसँगै लगेकी छन् ।

कुनै समय बिहान र बेलुकाको छाक टार्न समेत हम्मेहम्मे पर्ने गरेको तीतो अनुभव छ गीता चौधरीसँग । अहिले समय फेरिएको अनुभव छ । मेहनत गरेपछि नहुने र नसकिने केही रहेनछ भन्ने उनलाई लागेको छ ।
३९ वर्षीया गीताको गिधनिया निवासी कृष्णराज चौधरीसँग मागी विवाह भएको थियो । विवाह पछिका केही वर्ष राम्रै विते । केही समयपछि श्रीमान् बिरामी परे । श्रीमान् बिरामी परेपछि घरको अवस्था नाजुक बन्दै गयो । सामान्य औषधी उपचार, घरगर्जो टार्ने सबै जिम्मेवारी गीताको थाप्लोमा पर्यो । माइतीमा लाडप्यारमा हुर्किएकी उनलाई अभावमा जीवन गुजारा चलाउन निकै कठीन भयो । सँधै थला परिरहने श्रीमान् । त्यो समय मन बुझाउन, घर ब्यवहार चलाउन कम्ता गाह्रो थिएन गीतालाई । दुःख को घडीमा सबैको साथ र सहयोग होला भन्ने बेलामा कतिपय आफन्तीले मुखै फोरेर ‘यो थला प¥या श्रीमान् छोडेर दोश्रो बिहे गर’ समेत भने । तर बिरामी श्रीमान्लाई छाडेर अरु सोंच्ने उनको कल्पना नै भएन । समाजका अघि केही गरेरै देखाउँछु भन्ने हिम्मत उनलाई त्यतिबेला आयो जतिबेला उनको श्रीमान्लाई लागेको रोगबारे थाहा पाइन् ।

गीताका श्रीमान् थला पर्नुको कारण सिकलसेल रोग भन्ने थाहा भयो । प्रायः सिकलसेल चौधरी समुदायमा देखा परेको रोग हो । यो रोग निको नहुने भए पनि उचित स्याहार र आवश्यक पोषणमा ध्यान दिने हो भने थला परिरहुन पर्दैन् भन्ने डाक्टरको सल्लाह सुझाबले उन केही हौसला मिल्यो ।
पाँच हजार ऋणबाट ब्यवसायको शुरुवात गरेकी गीताको सामान राख्ने टाँडी थिएन । अरुले आगो ताप्ने भनेर बाहिर फालेको टाडीलाई नै जोडजाम गरेर उनले पसलमा सामान सजाउने बनाएकी छन् । यसरी सानो सानो दुखवाट नै आफूले पसललाई बढाउँदै लगेको बताउँछिन् ।

आजभोलि गीताका दिनहरु फेरिएका छन् । अनुहारमा छुट्टै रौनकता छ । गाउँघरमा सबैले उनीसँग नै सहयोगको अपेक्षा गर्न थालेका छन् । त्यत्ति मात्रै होइन् उनको सहयोगी भावना छ । गाउँघर, छरछिमेकहरुलाई परेको बेला सहयोग समेत गर्दै आएकी छन् । छोरीले बोर्डिङ्ग स्कूलमा पढ्न थालेकी छन् । गीताले अहिले ८ कोठाको पक्की घर निर्माण गरेकी छन् । दुइ कट्ठा १२ धुर जग्गा पनि जोड्न सफल भएकी छन् । गाउँघर इस्टमित्र हरेकले आफनो काम र सफलताको प्रशंसा गर्दा काम गर्न थप हौसला मिल्ने गरेको चौधरी बताउँछिन् । चौधरी उद्यमी महिला सँगै हरेक महिलाहरुको लागी प्रेरणा र नमुना पात्रको रुपमा स्थापित भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np