Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सामाजिक सञ्जाल, असमाजिक प्रयोग

         समरेखा डेस्क ||   45 Views   ||   Published Date : 1st April 2019 |

सूचना प्राविधिको विकाससँगै सामाजिक सञ्जालहरुको दुरुपयोगले अपराध बढाएको प्रहरीको अनुसन्धानले जनाउँछ ।  पछिल्लो समय भएका अपराधको प्रकृति हेर्दा सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगबाट बढी भएका देखिन्छन् ।

अपराध १.
झापाकी १३ वर्षीया बालिका दाङको २६ वर्षीय एक युवकसँग फेसबुकबाट जोडिइन् । दुबैमा कुराकानी भयो । चिनजान बढाए । अञ्जान साथी महिना दिनमै नजिकिए । मित्रता प्रेममा बदलियो । युवकले बालिकासग प्रेम प्रस्ताव राखे । विवाह गर्ने बाचा दिलाए । र, अन्तत उनले विवाह गर्न भन्दै बालिकालाई दाङ बोलाए ।
बालिका घरपरिवारलाई खबरसम्म नगरी युवकको विश्वासमा दाङ आइन् । युवकले बालिकालाई राति एउटा होटलमा लगे र आफूसँगै राखे । बिहान उठ्दा साथमा युवक थिएनन् । होटलमा सोध्दा पो थाहा भयो युवक त मध्यरातमै होटल छाडेर भागेका रहेछन् । अञ्जान शहरमा बालिकालाई कहाँ जाने के गर्ने भन्ने पत्तो थिएन । होटल मालिकले बालिकालाई यौन व्यापारमा लगाए । उनी बन्धक नै भएर यौन व्यापार गर्न बाध्य भइन् । झण्डै तीन महिनापछि भने उनी जसोतसो भाग्न सफल भइन् । प्रहरीले उनलाई अचेत अवस्थामा भेटाए । सोधपुछ गरे । अनि मात्र बालिकाको कहालीलाग्दो घटना बाहिर आयो । उपचारपछि बालिकालाई ओसीएमसीको पहलमा घर फर्काइयो ।
अपराध– २
तुलसीपुर–१६ की १८ वर्षीया किशोरी फेसबुकमा एक अञ्जान व्यक्तिसँग जोडिइन् । घर मोरङ बताउने ती युवकले शुरुमा राम्रै कुरा गरे । मित्रता बढाए । प्रेम प्रस्ताव राखे । शुरुमा त उनले अस्वीकार गरिन् । तर विवाहसम्म गर्ने बाचा र विश्वास दिलाएपछि भने उनले युवकको प्रेम प्रस्ताव स्वीकार गरिन् ।
आफू विदेशमा भएको बताउने ती युवकले किशोरीलाई हुनुसम्मको विश्वास दिलाए । केही पैसा समेत पठाए । एकदिन युवकले किशोरीलाई आफ्नो नग्न फोटो पठाउन आग्रह गरे । किशोरीले शुरुमा मानिनन् । तर बिहे गर्ने भन्दै आफ्नो समेत नग्न फोटो पठाएपछि किशोरीले विश्वास गरिन् । र, अन्ततः उनले आफ्नो नग्न फोटो फेसबुकबाट युवकलाई पठाइन् । केही महिना त युवकले राम्रै कुरा गरे । तर त्यसपछि भने उनले किशोरीले पठाएको फोटो फेसबुकमा राखिदिए । आफ्नो मात्रै हैन, किशोरीको फेसबुक एकाउन्टबाट समेत पोष्ट गरिदिए । नयाँ–नयाँ फेसबुक एकाउन्ट बनाएर पनि ती फोटोहरु राख्न थाले । अरु केटाहरुसँग जोडेर फोटोहरु राख्न थाले । ‘फोटो नराख्न धेरै आग्रह गरे ं । सम्झाएँ । कैयौ ं विन्ती गरे – किशोरीले भनिन्– ‘तर उसले मानेन । बरु फोटो नराख्ने शर्तमा विभिन्न ब्ल्याकमेल गर्न शुरु ग¥यो ।’
अहिले भने किशोरी परिवारले ती युवकविरुद्ध प्रहरीमा उजुरी दिए छ । र, प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । सूचना प्राविधिको विकाससँगै सामाजिक सञ्जालहरुको दुरुपयोगले अपराध बढाएको प्रहरीको अनुसन्धानले जनाउँछ । प्रहरी स्रोतका अनुसार पछिल्लो समय भएका अपराधको प्रकृति हेर्दा सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगबाट बढी भएका देखिन्छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजनकुमार गौतम बढ्दो सामाजिक सञ्जालको गलत प्रयोगले महिला र बालिकाहरुमाथि यौनजन्य क्रियाकलाप र अपराध बढाएको बताउँछन् । ‘सामाजिक सञ्जाल अञ्जान मानिसलाई साथी बनाउने सजिलो माध्यम बनेको छ । छिट्टै एकअर्कामा विश्वास गर्छन् । र, बलात्कार जस्ता यौनजन्य अपराधको शिकार बन्छन््’ उनी भन्छन्–‘त्यस्तै फेसबुक, इमोबाट अश्लील फोटो र भिडियो कलबाट समेत ब्ल्याकमेलहरु गर्ने गरेको पाइन्छ ।

प्रहरी निरीक्षक गौतमका अनुसार अहिले सामाजिक सञ्जालमा किशोर र युवा उमेर समूह बढी सक्रिय भएकाले यस्ता अपराधको शिकार हुने गरेका छन् । त्यस्तै वैवाहिक जीवनपछि श्रीमान्सँग साथ नभएका महिलाहरु सामाजिक सञ्जालको प्रयोगबाट यस्ता अपराधमा संलग्न वा शिकार हुने उनको भनाई छ । त्यस्तै महिला अधिकारकर्मी भन्छन् ‘फेसबुक, इमोजस्ता सामाजिक सञ्जालहरुबाट टाढाका अञ्जान मानिस सजिलै साथी बन्छन् । नजिकिन्छन् । बालिका र किशोरीहरुको सन्दर्भमा त झन् उनीहरु छिट्टै विश्वास गर्छन् । भावनात्मक रुपमा प्रेममा गर्न पुग्छन् वा सजिलै अन्य प्रलोभनमा पर्छन् । जबकि त्यो अञ्जान साथी को हो , कस्तो हो, नियत के हो ? भन्नेबारे बुझ्न पाएका हुँदैनन् । त्यसरी सामाजिक सञ्जालबाट जोडिएका ती अञ्जान व्यक्तिमाथि छिट्टै विश्वास गर्दा उनीहरु बढी बलात्कार वा अन्य यौनजन्य हिंसामा पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np