Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

तनाव ब्यवस्थापनका उपाय

         सुशीला आचार्य ||   125 Views   ||   Published Date : 11th April 2019 |

sushila Acharya
अहिले भागदौडको जीवनशैलीमा परिस्थितिले, हाम्रा अपेक्षाले गर्दा हामीमा आउने शारीरिक, मानसिक र भावनात्मक प्रतिक्रिया नै तनाव हो । मानिसका जीवनमा आाकस्मिक घटनाहरु भै नै रहेका हुन्छन् । सबै घटना सुखद पनि हुँदैनन् । कतिपय घटना पीडादायी पनि हुन्छन् जसले गर्दा मानिस तनावसँग जुधिरहेको हुन्छ ।

केहीहदसम्म तनावले व्यक्तिलाई अगाडि बढनमा सहयोग पनि गरिरहेको हुन्छ । जसलाई सकारात्मक तनाव भनिन्छ । तर उच्च तनाव हुनपुग्यो भने र त्यसबाट सही तरीकाले निकास पाउन सकेन भने यसको असर भयानक पनि हुन सक्दछ । प्रायःजसो मानिसहरु तनावको समयमा आफ्ना भावनाप्रति अन्जान हुन्छन् । जसको कारण उनीहरुले आफ्नो साेंच, शरीर, भावनामाथि सहि तरीकाले न्याय गर्न सक्दैनन् । हरेक व्यक्तिमा हर परिस्थितीको सामना गर्न सक्ने क्षमता हुन्छ तर समस्या परेका बेला आफ्नो साेंचलाई पराकिलो ढङ्गबाट केलाउन सक्दैनन् । जसको परिणाम उनीहरुमा नकारात्मक साेंचले घर बनाउँछ । एउटै अवस्थामाथि पनि कोहीले तनाव बढी महसुस गर्छन् भने कोहीले कम । यो व्यक्ति पिच्छे फरक–फरक हुन्छ । चिन्ता, तनाव लिन वाध्यता मात्र नभई केही व्यक्तिको बानी पनि हुन्छ । उच्च तनाबलाई समयमा नै ब्यबस्थापन गर्न सकिएन भने बिभिन्न रोगहरुको संक्रमण बढ्नुको साथै उदासीनताको समस्या पनि देखा पर्न सक्छ ।

तनाव हुनुका कारणहरु
व्यक्ति तनावपूर्ण अवस्थाबाट गुज्रिनुका निम्न कारण हुन सक्छन् । जस्तो दिर्घ रोग, भावनात्मक समस्या, व्यक्त गर्न नसकेको रिस, इश्र्या, ग्लानी, मानवीय सम्वन्धहरुमा एक्लोपना महसुस गर्ने, प्रियजनसँगको विछोड, कार्यस्थलमा कामको असन्तुष्टि कामको बोझ, निरासा, असफलता, शिक्षा, नोकरी, प्रेम, व्यापारमा घाटा, द्वन्द्व –पारिवारीक , अन्र्तद्वन्द, यातना युद्ध प्राकृतिक प्रकोप मानवनिर्मित घटनाहरु जस्ता विभिन्नकारणले गर्दा व्यक्तिमा तनावको सृजना हुने गर्दछ ।

तनावले निम्त्याउने समस्याहरु
तनाबले ब्यक्तिको चौतर्फी बिकासमा बाधा पु¥याउँछ । तनाव महशुस गरेको अवस्थामा विभिन्न समस्या देखिने गर्छन् । मुटुको धड्कन बढनु, चिन्ता, निरास, नैराश्यता, ध्यान केन्द्रित गर्न नसक्ने, आत्महत्याको सोंच आउने, छटपटी, चिटचिट पसिना आउनु, रिगंटा लाग्ने, निद्रा नपर्ने, डराउनु, अत्याधिक क्रियाशील या शून्य, टाउको गह्रुंगो हुने वा दुख्ने, लागुपदार्थ दुव्र्यशनीमा लाग्ने, आफनो स्वास्थ्यमा ध्यान नदिने, खाना नखाने वा धेरै खाने, एक्लै खेल्ने वा बस्ने, डराउने वा नवोल्ने, परिवारदेखि टाढा, बस्ने, जिद्धिपना, अरुलाई विश्वास नगर्ने, आवश्यकताभन्दा बढी सतर्कता अपनाउने, विश्वास नगर्ने, शंकालु, आक्रामक व्यवहार देखाउने, अनावश्यक बढी विवाद गर्ने, यौन व्यवहारमा परिवर्तन गालीगलौज गर्ने, गनगन गर्ने जस्ता लक्षण देखा पर्दछन्

तनाव सामना व्यवहार
तनावलाई व्यवस्थापन गराउन सबैभन्दा महत्वपूर्ण मानिने मन र मनलाई शान्त पार्नु हो । आफ्नो साेंच बिपरीत परिस्थिति भैदियो भने तनाव लिएर बस्नु भन्दा ब्यवस्थापन गर्न सकेमा समस्या समाधान गर्न सकिन्छ । तनाव ब्यवस्थापनका सकारात्मक सामना या ब्यबहार यसरी गर्न सकिन्छ ।
१. आफूलाई प्राथमिकतामा राख्ने । आफ्नो खुशी रहर के कुरामा छ त्यसमा ध्यान दिने ।
२. मनका कुराहरु लेखेर व्यक्त गर्ने । आफ्नो मनमा लागेका कुराहरु लेख्नु विशेष रुचि भएकाकोलागि कविता, त्यस्नै रचनात्मक कुराहरुको लेखाइले नकारात्मक उर्जालाई र सिर्जनाहरुमा परिणत गराउन मद्दत गर्दछ ।
३.घनिष्ठ साथीहरु वा परिवारसँग कुराकानी गर्दा तनाव कम गर्नकालागि आफूले विश्वास गर्ने साथीहरु परिवारसँग आफ्नो समस्यावारेमा कुराकानी गर्न पनि एउटा उत्तम तरिका हो । समस्याहरुलाई उनीहरुले सुनिदिएमा सामना गर्नको लागि सहयोग गर्छन ।
४. आफनो रुचिको काम, आफनो मनपर्ने काम र शौखले व्यक्तिलाई तनावमुक्त राख्न सहयोग गर्दछ । जस्तै गीत सुन्ने, बगैचाको काम गर्ने, टिभी हेर्ने, पुजा पाठ गर्ने, मन्दिर जाने, चित्र बनाउने, नृत्य गर्ने, मधुर संगीत सुन्नाले मन शान्त पार्न सहयोग पु¥याउँछ ।
५. रुन मन लागेपछि एकछिन रुने एक्लै वा मन मिल्ने साथीसँग ।
६. योगा, व्यायाम⁄ध्यान गर्ने ः योगा र व्यायामले मांसपेशीहरुलाई खुकुलो पार्छ । प्रणायाम र ध्यानले मानिसको मनलाई शान्त पार्दछ र तनाव घटाउन मद्दत गर्दछ । बिहान हिँड्ने वा ब्यायाम गर्ने गर्नु पर्छ ।
७. तनावमा रहनुको कारण आर्थिक सामाजिक, तथा पारीवारिक झमेला पनि हुन सक्छ । कानुनी सल्लाहले पनि तनाव व्यवस्थापनमा सहयोग पुग्छ ।
८. शरीरको हेरचाह पर्याप्त मात्रामा गर्ने । निद्रा, नियमित आहारामा ध्यान दिने ।
९. आफूलाई आफुले आत्मसात गर्ने, अरु ब्यतिmहरुसँग तुलना नगर्ने ।
१०. घर भन्दाबाहिर साथीभाईसँग घुम्न जाने, खेल्ने वा किनमेल गर्ने, धेरै समय एक्लै नबस्ने ।
११.आाफूमा केन्द्रीत भएर आफ्नो साेंचमा, शरीरमा, ब्यवहारमा ध्यान दिने।

यी ब्यवहारहरु प्रयोगमा ल्याउँदा पनि तनावबाट मुक्त हुन नसकेको अवस्थामा मनोबिमर्शकर्ता तथा मनोबैज्ञानिकसँग परामर्श लिनुपर्ने हुन्छ । त्यस्तै तनाव व्यवस्थापनमा सहयोगी संजालहरुको सहयोग महत्वपूर्ण हुन्छ । अत्यधिक तनाबले घेरेको समयमा ब्यतिmले आफुलाई एक्लो, शतिmहीन महशुस गरिरहेको हुन्छ । त्यस्तो समयमा ब्यतिmलाई सहयोगी संजालको बारेमा जानकारी दिँदामात्र पनि उ आफूलाई बलियो महशुस गर्दछ । सहयोगी सञ्जालमा ब्यतिm आफै ब्यतिmका आन्तरिक सबलपक्ष, जीबनको लक्ष्य उदेश्य निर्णय लिने क्षमता, ब्यक्तिका परिवार, नातेदार, छिमेकी, साथीहरु, स्वास्थ्यकर्मी, वकिल, मनोबिमर्शकर्ता, सरकारी तथा गैरसरकारी संघसंस्था हुन सक्छन् ।

तनाव ब्यवस्थापनकोलागि कुनै औषधीको प्रयोग गर्नु पर्दैन । तनाव मुक्त कोही पनि हुँदैन । जीवन ब्यवहारका धरै पाटा पक्षहरुमा सँधै सफलतामात्रै हात लाग्दैन । तनावमा राख्नको लागि ठुलै समस्या पनि चाहिँदैन । तनावको अवस्थालाई बुझ्न सकेर समयमै मुक्त हुन सकिन्छ ।

(लेखक मनोविमर्शकर्ता हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np