Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बलात्कारको कसुरमा १५ वर्ष कैद

         ||   77 Views   ||   Published Date : 21st April 2019 |

 

दाङ ।

१३ वर्षीया बालिकामाथि बलात्कार गरेको कसूरमा जिल्ला अदालत दाङले घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय रामलाल विकलाई १५ वर्ष कैद गर्ने फैसला गरेको छ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रवार कसूरमा दोषी ठहर गर्दै विकलाई १५ वर्ष कैद र पीडितलाई कसुरदारबाटै एकलाख क्षतिपूर्ति भराउने फैसला गरेको हो।

मुलुकी फौजदारीसंहिताको कार्यान्वयनसगै नाबालिकालाई बलात्कार गरे १४ देखि १६ वर्ष सजाय गर्ने व्यवस्था अनुसार जिल्ला अदालतले पहिलो पटक यस्तो फैसला गरेको हो। विकले गत कार्तिकमा मेला हेर्न गएको बेला लछारपछार गर्दै जंगलमा लगेर बलात्कार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np