Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सामूहिक बलात्कार मुद्दामा १२ वर्ष सजाय

         ||   107 Views   ||   Published Date : 9th July 2019 |

दाङमा एक बालिकालाई सामूहिक बलात्कार गरेको मुद्दामा दोषी ठहर गर्दै दुई जनालाई १२ / १२ बर्ष कैद फैसला भएको छ ।

दाङ देउखुरी जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका ३ का २७ वर्षिय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षिय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२/१२ बर्ष कैद फैसला गरेको हो ।

असार २२ गते न्यायाधीस हेमन्त रावलको इजलासले १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२/१२ बर्ष कैद र पीडितलाई दुवैजनाबाट ५०/५० हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको हो ।

त्यस्तै अर्को बालिका बलात्कार मुद्दामा भने सफाई दिइएको छ । घोराही उपमहानगरपालिका १५ का ऋषिराज आचार्यलाई बलात्कार मुद्दामा जिल्ला अदालतले सफाई दिएको हो । घरमा काम गर्न राखेकी एक बालिकालाई पटक पटक बलात्कार गरेको मुद्दामा आचार्यलाई प्रहरीले पक्राउ गरेको थियो ।

पूर्पक्षका लागि कारागार चलान भएका आचार्यलाई निर्दोष रहेको भन्दै न्यायाधिस हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले सफाई दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np