Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सीप सिक्दै पढ्दै

         निरला अर्याल गैरे ||   23 Views   ||   Published Date : 14th July 2019 |

तुलसीपुर, दाङ । गाउँघरमा नपढेका मान्छेले मात्र यो सीप सिक्न जान्छन् भन्ने भनाई वास्ता नगरेर सीप सिकेर आत्मनिर्भर बन्ने उनको चाहना छ । सीप र पढाई दुवैलाई उत्तिकै महत्व दिने उनले अठोट पनि लिएकी छन् ।nirala ko ma rakhne

‘घरमा बसेर गरिखाने जग्गा जमिन छैन । वस्तु भाउ पाल्नकालागि पनि खेतवारी चाहिन्छ । अभावै अभावमा चलेको छ जीवन । विहानदेखि साँझसम्म कपडा सिाउने काम गर्छु ।’ पसिनाले चुथु्रक भिजेको एक सरो कपडामा रहको संर्घषशील अनुहारको अभिव्यक्ति पोखिन् दंगीशरण १ की ३६ वर्षीय माया चौधरीले ।

‘अभावै अभावले मान्छेलाइ संघर्ष गर्न सिकाउँदो रहेछ ।’ खुटाले मसिन चलाउँदै हातले कपडा पन्छाउँदै उनले भनिन्, ‘परिवारमा गरिखाने अन्य कुनै उपाय छैन । सिलाइ कटाईको काम गरेर परिवार पाल्दै आएकी छु ।’

श्रीमान् र एक छोरी रहेको सानो परिवारमा जिविकाको मुख्य आधार नै मायाको यो कटाइ सिलाइको सीप बनेको छ अहिले । विगत ६ सात वर्षदेखि विहान बेलुका छोरीलाइ खाना पकाउने खुवाउने विद्यालय पठाउने र दिउँसोको समयमा सिलाई कटाईको काम गर्छिन् माया । उनले भनिन्, ‘जति काम गर्न सक्यो त्यति आफुलाइ फाइदा हुने हो, दिनमा दुइ जोर कपडा सिलाएँ भने ३ सय रुपैयाँ हुन्छ । अरु जति गर्न सक्यो आफूलाइ फाइदा हो तर सकिँदैन् । विहान बेलुका घरको काम सकेर उनले न्यूनतम मासिक ९ हजार रुपैयासम्म कमाउँछिन् ।

सानो भए पनि आफ्नो व्यवसाय होस् आफ्नै कमाइ होस् भन्ने चाहना छ मायाको तर अरुको पसलमा बसेर काम गर्नु पर्ने उनको बाध्यता छ । सीप छ, जाँगर छ, आँट साहस सबै छ तर लगानी गर्ने क्षमता छैन मलिन स्वरमा उनले भनिन् । आफूले लगानी गरी व्यवसाय गर्ने क्षमता नहँुदा खुम्चिएर वस्नुपर्ने बाध्यता रहेको उनले दुखेसो पोखिन् ।

यो पेशा अपनाउने माया मात्र हैन दंगीशरण १ की शर्मिला चौधरी र सविना चौधरी पनि छन् । पढाईको साथसाथै सीपलाइ पनि महत्व दिएका यी दुवैले १२ कक्षा पास गरिसकेका छन् । ‘नपढेका मान्छेले सिक्ने सीप कटाइ सिलाई हो भन्छन् तर हामीलाइ त्यस्तो लाग्दैन सीप त सबै सिक्नुपर्छ ।’ सीप सिकेर छिटो आम्दानी गर्न सकिन्छ १९ वर्षकी सविना चौधरीले भनिन् ।

‘एसएलसीको परीक्षा सक्ने वित्तिकै कटाइ सिलाइ सिक्छु भन्ने चाहना थियो त्यही अनुरुप परीक्षा सक्ने वित्तिकै तालिम लिन गएँ । अहिले मासिक तलब खाएर काम गर्छु’ उनले भनिन् । ‘सीपले मान्छेलाइ आत्मनिर्भर बनाउँछ भन्थे हो रहेछ म पनि आत्म निर्भर छु । परिवारको सानो तिनो समस्या मेरै कमाइबाट हल हुन्छ । बुबा आमा पनि खुसी हुनुहुन्छ । विहान क्याम्पस जान्छु दिउँसो काममा जान्छु । आफैंलाइ पनि आन्नद आउँछ ’ खुशी हुँदै भनिन् ।

त्यस्तै तुलसीपुर उपमहानगर पालिका वडा नं ७ की १९ वर्षीया माही विक एसइइ सकेर सीप सिक्न थालिन् । सात आठ महिना सिके पश्चात मासिक पारिश्रमिकमा काम गर्न थालिन् । उनले काम गरेको भर्खर ३ महिना भयो । तर माही विक अत्यन्त खुशी छिन् । यो साल क्याम्पस भर्ना गर्न अरु समस्या भएकोले अर्को साल बाट पढाईलाइ पनि निरन्तरता दिने उनले बताइन् । उनले भनिन ‘पढाइ साथसाथै सीप सिकेर आफै प्रशिक्षक बन्छु । अझै धेरै सिक्नु छ । सिक्छु पनि । सीपले आर्थिक समस्यालाइ समाधान गर्छ । बुबा आमाको भर पर्नु पर्दैन । पढाइ खर्च आफैं जुटाउँदा आनन्दको अनुभूति हुन्छ ।’

साथीहरुको मेहनत र संघर्ष देखेर अहिले तुलसीपुर ७ की २१ वर्षीया पुष्पा चौधरी पनि मासिक १ हजार तिरेर सिलाइ कटाई तालिम सिक्न जान्छिन् । ‘मलाइ पनि साहै्र रहर लाग्यो, सँगैका साथी पढ्न जाने, सीप सिक्ने कमाउने गर्न थाले अनि म पनि सिक्न आएकी हुँ’ उनले भनिन् । गाउँघरमा नपढेका मान्छेले मात्र यो सीप सिक्न जान्छन् भन्ने भनाई वास्ता नगरेर सीप सिकेर आत्मनिर्भर बन्ने उनको चाहना छ । सीप र पढाई दुवैलाई उत्तिकै महत्व दिने उनले अठोट पनि लिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np