Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

रोकिएन सानै उमेरमा हुने विवाह

         सागर रिजाल ||   60 Views   ||   Published Date : 14th July 2019 |

प्युठान । गिरीराज कार्की अहिले ३७ वर्ष पुग्नुभयो । गौमुखी गाउँपालिका वडा नं. ३ बस्ने उनलाई आफ्नो विवाह गरेको भर्खर जस्तै लाग्छ । २२ वर्षको उमेरमा विवाह गर्दा उनकी श्रीमती सीताकुमारी खड्का १६ वर्षकी थिइन् ।

यी दम्पत्तीको तामझामकासाथ मागी विवाह गरेको हो । यद्यपि प्रेम सम्वन्धलाई उनीहरुले मागी विवाहमा परिणत गरेका हुन् । विवाह गरेको वर्ष दिनमै उनीहरुको सन्तान जन्मियो । १७ वर्षको उमेरमा आमा बनेकी सीतामा अहिले स्वास्थ्य समस्या देखा पर्न थालेको छ । तल्लो पेट दुख्ने, कमजोरी महसुस हुने, महिनावारी अनियमित हुनेजस्ता समस्या देखिएका छन् । उमेरमा पढ्न नपाएका कारण जीवनका आधारभूत लेखपढ समेत आउँदैन सीतालाई ।

१८ वर्षकी पुना पुन मगर र १७ वर्षका ओम वहादुर पुनबीच विवाह भयो । १२ वर्षको बैवाहिक जीवनमा सन्तान नजन्मिएपछि ओमले आशादेवीसँग २९ वर्षको उमेरमा दोस्रो विवाह गरे । पुनः सन्तानको आशा पूरा नभएपछि ओमले चौथो पटकसम्म विवाह गरे । तर बच्चा नहुनुको कारण कहिल्यै खोजेनन । बैवाहिक जीवन नटिक्नुमा बालावस्थामै भएको विवाह मान्छन् उनी । सानै उमेरमा विवाह गर्ने र पढ्न छोडेर रोजगारका लागि भारत जाने कारणले गाउँमा कसैले ७–८ कक्षा भन्दा बढी पढेनन् । पहिलेको श्रीमतीको स्वास्थ्यमा आएको समस्याकै कारण अर्को विवाह गर्नुप¥यो ।

गौमुखी गाउँपालिका–३ (साविकको रजवारा गाविस) का यी दुई सामान्य प्रतिनिधि घटनाहरु हुन् । सानै उमेरमा विवाह गर्ने त्यहाँको प्रचलन हो । लाहुरे बन्नुलाई अत्यन्तै सम्मानित मानिने यस क्षेत्रमा अहिले पनि वालविवाह रोकिएको छैन । स्थानीयका अनुसार मंसिर ०७५ मा मात्र १० जोडीले कम उमेरमै विवाह गरेका छन् ।
गौमुखी गाउँपालिका वडा नं. ३ रजवाराका वडा अध्यक्ष जंगबहादुर पुन सानो उमेरमा विवाह गर्नु हुँदैन भनेर धेरै भने पनि रोक्न नसकिएको बताए । चुनौतीका रुपमा टेलिफोन र सामाजिक सञ्जाल देखिएको उनको अनुभव छ । ‘चिन्दै नचिनेका केटाकेटीले पनि फोन र फेसबुकमा प्रेम गरेर विवाह गर्ने गरेका छन्’ उनले भने, ‘अभिभावकले पत्तै पाउँदैनन् ।’ किशोर किशोरीले टेलिफोन मात्र होइन सामाजिक सञ्जालको समेत प्रयोग गर्दछन् ।

वालविवाह कारण

फोनको कारण मात्र होइन रजवारामा गोठ वस्ने चलनले पनि वालविवाह हुने गरेको स्थानीय बताउँछन् । अभिभावकको नजरले नभेट्ने ठाउँमा गोठ हुन्छन् ्। गाईवस्तुसहित गोठ बस्ने चलन छ । जंगलमा गोठालो जाने गर्दछन् । त्यहीं भएको सम्बन्ध छोटो समयमै विवाहमा परिणत हुने गर्दछ । दोस्रो गरिवीका कारण पनि रजवारामा बालविवाह हुने गरेको छ । १६ वर्षकी एक किशोरी भन्छिन्, ‘बाटोमा भेट भएकै कारण गाउँभरि हल्ला चलेछ, बिहे गर्न बाध्य बनाए ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा यस वर्ष आव २०७५/०७६ मा जिल्लाभरमा पाँचवटा वालविवाह भएका घटना दर्ता भएका छन् । जसमध्ये दुईवटा अन्तरजातीय विवाह छन् । आव २०७४/०७५ मा १२ वटा मुद्दा प्रहरीमा पुगेका थिए भने २०७३÷०७४ मा दुईवटा घटनामात्रै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

दुर्गममा पुगेनन् बालविवाहविरुद्धका अभियान

जिल्ला बाल सञ्जालले जिल्लामा बालविवाह न्यूनीकरणका लागि अभियान चलाउने मात्र होइन विवाह रोक्नेसम्मको काम गरेको छ । तर त्यो काम दूरदराजमा पुगेको छैन। जिल्ला बाल सञ्जालका अध्यक्ष प्रेमबहादुर विश्वकर्माले भने, ‘जिल्लामा थुप्रै बालविवाह रोक्यौं तर दुर्गममा प्रभावकारी अभियान चलाउन सकेका छैनौं ।‘ दुर्गममा बाल क्लव पनि सक्रिय छैनन् ।
जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीका अनुसार जिल्लामा बाल विवाहको कारण आमा र बच्चाको स्वास्थ्यमा समस्या आएका घटना दुर्गम क्षेत्रमा धेरै छन् । बालविवाह न्यूनीकरणका लागि सरकार र सरोकारवाला निकायले लाखौं रुपैयाँ खर्च गरे पनि त्यो लगानी दुर्गम वस्तीमा नपुग्दा बालुवामा पानी हालेजस्तै भएको छ ।
५० जोडी बालविवाह रोकियो
जिल्ला बाल सञ्जाल र प्रहरीको सक्रियतामा दुई वर्षको अवधिमा जिल्लामा ५० जोडी बालविवाह रोकिएको जिल्ला बालसञ्जाल प्युठानका अध्यक्ष प्रेमबहादुर विश्वकर्माले जानकारी दिए । उमेर नपुगी भएका विवाह वडा बाल संरक्षण समिति, जिल्ला बाल संरक्षण समिति प्रहरी चौकीको संयुक्त प्रयासमा बालविवाह रोकिएको उनले जानकारी दिए । पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिहरुले बालविवाह लुकाउन खोजेको अध्यक्ष विश्वकर्माले बताए । उनले भने, ‘जनप्रतिनिधिले नै बालविवाह लुकाउन खोज्दा विवाह गर्नेको संख्या बढेको देखिन्छ ।’ बालविवाहसँगै समाजमा हुने नराम्रा कार्य रोक्न जनप्रतिनिधि चनाखो हुनुपर्ने उनको भनाइ छ ।

बालविवाहले घर ेलु हिंसा, बहुविवाहदेखि आत्महत्याको अवस् था आएको देखिन्छ । सानो उमेर मा बिहे गर्दा विभिन्न स् वास् थ्य समस् या आइपर्ने भएकाले उमेर  पुगेपछि मात्रै बिहे गर्नुपर्ने बाल सञ्जाल अध्यक्ष विश्वकर्माको  सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np