Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बलात्कार पीडित : पीडकलाई साजय पीडितलाई के ?

         आभास बुढाथोकी ||   6 Views   ||   Published Date : 14th July 2019 |

घोराही । ०७३ साल माघ १५ गते १४ वर्षीया बालिकालाई ३५ वर्षीय बाबुले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा माघ २३ गते जाहेरी प¥यो । पीडित बालिकाले बयानका क्रममा आफ्नो कथा व्यथा सुनाएपछि प्रहरी स्वयं स्तब्ध भए । पीडक बाबुले एक वर्षदेखि लगातार उनीमाथि बलात्कार गर्दै आएका रहेछन् ।

प्रहरीले आरोपित बाबुलाई पक्राउ गरी मुद्दा चलाएपछि जिल्ला अदालतले दोषी ठहर गर्दै १८ वर्ष कैद र पीडितलाई ४० हजार क्षतिपूर्ति भराउने फैसला ग¥यो । तर त्यसपछि बालिकालाई अर्काे आपत आइप¥यो । बाबुलाई नै जेल चलान गरेको भन्दै आमाले उनलाई घरमा पस्न दिइनन् । छरछिमेक र आफन्तले उनीमाथि अनेक टिकाटिप्पणी गरे । आमाले उल्टो घर खर्चको जोहो गर्ने जिम्मा उनको काँधमा थमाइदिइन् । ‘आमाले घर पस्न नदिए पछि रुदै अन्टीको सहारामा आइपुगें’– वर्षदिन अघि भेटिएकी बालिकाले भनेकी थिइन् ।

घटनापछि अन्टीको सहारामा बसेकी बालिका गाउँ फर्किन सकिन । बरु उल्टै उनले काम गरेर कमाएको पैसाबाट घरको चुलो बाल्नुपर्ने भयो । बलात्कारजस्तो जघन्य अपराधको शिकार भएकी बालिकालाई आफ्नै जन्म दिने आमा र छरछिमेकले दोषी देख्दा समाजबाटै उनी विस्थापित हुनुप¥यो ।
० ० ०
त्यस्तै ०७४ साल भदौ ५ गते ११ वर्षीया बालिकामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षबाट जाहेरी प¥यो । छिमेकी २३ वर्षीय युवकमाथि परेको जाहेरीका आधारमा प्रहरीले उसै दिन पक्राउ गरी मुद्दा चलायो । जिल्ला अदालतले ०७५ साल जेठ २ गते आरोपित युवकलाई दोषी ठहर गर्दै जबर्जस्ती करणीमा १२ वर्ष जेल सजायसहित २५ हजार क्षतिपूर्ति भराउने फैसला ग¥यो ।

घटनापश्चात दोषी जेल चलान भएर मात्रै पीडित पक्षले न्यायको अनुभूति गरेन । उल्टै पीडक पक्षले दिनरात मानसिक तनाव दिन थाल्यो । घरमै आएर पीडितका बाबुमाथि कुटपिट गरे। घटनाको लामो समयसम्म पनि पीडित परिवारले असुरक्षाको महसुस गर्नुप¥यो । कुटपिटबाट स्वयं घाइते भएका पीडितपक्षले उपचारको क्षतिपूर्ति पनि आफै भर्नुप¥यो । ‘फैसलापछि समाज र दोषी पक्षको व्यवहारले झण्डै गाउँ छाड्नु परेन ।’

यता राज्यले पीडित पक्षलाइ भराउँदै आएको क्षतिपूर्ति रकमबाट समेत पीडित परिवार बञ्चित भयो । तत्कालीन महिला तथा बालबालिका कार्यालय विघटन भएपश्चात क्षतिपूर्ति रकमबारे अन्योलले क्षतिपूर्तिको रकम उनीहरुले पाएनन् ।
० ० ०

अपराधी जेल जाँदैमा न्याय हँुदैन

अपराधी जेल जाँदैमा न्याय हँुदैन भन्ने उदाहरण हुन् माथिका दुई प्रतिनिधि घटना । जिल्लामा भएका बलात्कारका घटनापछि कति पीडित विस्थापित भए भन्ने आँकडा प्रहरीसँग छैन । तर बलात्कारका घटनालाई महिलाको चरित्रसग जोडेर पीडितलाई नै दोषी देख्दा पीडितले कानुनी न्याय पाए पनि सामाजिक न्याय नपाउने गरेको अधिकारकर्मीहरु बताउँछन् ।

‘अपराधी जेल जाँदैमा पीडितले न्याय पाउछ भन्ने हुँदैन । घटनापछि समाजमा गएर पुनः स्थापना हुनु अर्को ठूलो चुनौती हो’– महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल दाङकी उपाध्यक्ष रचना सुवेदी भन्छिन्, ‘पीडितलाई नै अनेक लाञ्छना लगाउने प्रवृृत्ति हावी हुनु र हाम्रो सामाजिक संरचनाले गर्दा पीडित जीवनभर पीडित नै बन्नुपर्ने अवस्था छ ।’ पीडकमुखी न्याय र सरकारले समेत पीडितको सामाजिक सुरक्षा, रोजगार, शिक्षा र सामाजिक न्यायको प्रत्याभूति नगर्दा पीडितले न्याय नपाउने अधिकारकर्मी सुवेदी बताउँछिन् ।

क्षतिपूर्ति पाउँदैनन्
बलात्कारका मुद्दामा अदालतले अभियुक्तलाई जेल सजाय हुने र पीडितलाई क्षतिपूर्ति दिने फैसला सुनाउँछ । तर, अधिकांश पीडितले क्षतिपूर्ति पाउँदैनन् । जिल्ला अदालत दाङमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म जबर्जस्ती करणीका ७० वटा घटनामध्ये २६ वटा फैसला भएका छन् । फैसलामा पीडिक पक्षबाट पीडितलाई क्षतिपूर्ति भराउने भनेर उल्लेख गरिए पनि चालु आवमा अहिलेसम्म दुई जना मात्रै जिल्ला प्रशासन कार्यालयमा क्षतिपूर्ति सिफारिसका लागि पुगेका थिए ।

अधिकारकर्मीहरु भन्छन्– ‘पीडा भोगेका पीडितलाई समाजले गर्ने व्यवहारबाट झन्न् पीडा थपिन्छ, त्यसमाथि सरकारले दिने क्षतिपूर्ति पनि नपाउँदा पुनस्थापना केन्द्रको शरणमा नै पुग्नुपर्ने बाध्यता आइलाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np