Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सिंचाई पोखरी काल बने पछि

         निमुसंगम घर्ती ||   79 Views   ||   Published Date : 23rd July 2019 |

घोराही । तीन किशोरी पानीमा डुबे भनी घोराही मसिनाको कुइनेमा हल्लीखल्ली भयो। आइतवार सा“झ पर्दै थियो दिनभरि धान रोपेर थकित किशोरीहरु अमृता विक, झरना विक र बसन्ता विक शरीरभरीको हिलो पखाल्ने र घर फर्कने तयारीमा हुनुहुन्थ्यो। रोपाइ“ गरेको खेत नजिकै सिचाईका लागि खनिएको सिंचाई पोखरीमा नुहाउने सोचले तीनजना नुहुाउन पस्नुभयो। तर उहा“हरुलाई त्यो पोखरीको गहिराई थाहै भएन। दिनभर पानी, हिलो र धानको बिउसग खेलेका किशोरीहरुको ज्यान त्यही पानीले क्षणभरमा लियो। खेतको बीचबाट बगिरहेको कुलोको पानी त्यही पोखरीमा खसेको छ।

वर्षायाम भएका कारण पानीको मात्रा धेरै भएपछि पोखरी भरिएर पानी बाहिर बगिरहेको छ। तर कति गहिराई छ भन्ने नै थाहा नपाएर नुहाउन पसेका किशोरीहरु निस्कनै सक्नुभएन। ८÷१० फिट गहिरो रहेको उक्त पोखरीमा फसेका तीन किशोरीलाई उद्धारका लागि धेरैले प्रयत्न गरे । करिब आधा घण्टापछि मात्रै निकाल्न सकियो। तर बचाउन सकिएन उद्धारमा खटिएका उजुरीमिया मन्सुरीले बताउनुभयो। घटनास्थण्लको नजिकै रहेका मन्सुरीले मानिसहरुको भिडभाड र रुवाबासी सुनेपछि हतारमा पुग्दा मान्छे डुबेको भनेपछि खोज्दा एकजनालाई आफै निकालें तर बचाउन सकिएन उहा“ले भन्नुभयो। १८÷१९ वर्षका किशोरीहरुलाई उपचारका लागि हतार–हतारमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइए पनि न आफन्त र चिकित्सक कसैले बचाउनै सकेनन्।

मसिनाका १७ जना किसान मिलेर गर्दै आएको व्यावसायिक तरकारी खेतीका लागि सिंचाई गर्न पानी संकलन गर्ने उक्त पोखरी बनाइएको हो। चैत बैशाखमा पानी नहुने कारण गहिरो पोखरी खनेर पम्पसेट मार्फत पानी तान्ने गरी संरचना बनाइएको किसानहरु बताउ“छन्। मिलिजुली कृषक समूहले उक्त पोखरी बनाएर पानी तानी सिचाई गर्दै आएका थिए। तर कुनै तारबार, सूचना र गहिराई थाहा नहु“दा दुखद घटना हुन गएको छ।

३४ जनाको डुबेर मृत्यु

पानीमा डुबेर मर्ने क्रम वर्षेनि हुदै आएको छ। बच्चादेखि ज्येष्ठ नागरिकको पानीमा डुबेर मृत्यु ह“ुदै आएको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। बालबच्चाहरु खेल्ने क्रममा र ठूला व्यक्तिहरु बगेर, पौडी खेल्दा, नुहाउने क्रममा पानीमा डुबेर मृत्यु हु“दै आएको छ। केन्द्रका अनुसार तीन वर्षमा २१ पुरुष र १३ महिला गरी ३४ जनाको पानीमा डुबेर अकालमै मृत्युभएको केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले जानकारी दिनुभयो। २०७३ सालमा आठ, २०७४ सालमा तीन, २०७५ सालमा १४ र २०७६ सालमा नौ गरी ३४ जनाको यसरी नै पानीमा डुबेर मृत्यु भएको छ। केही हेलचत्र्याईं गर्दा डुबेर मर्ने गरेका छन् भने केही अज्ञानता, पौडिन नसक्दाका कारणले मृत्युवरण गर्दै आएका छन्।

तारबार नहुदा जोखिम

कृत्रिम जलाशयहरुमा अनिवार्य सूचना बोर्ड तथा तारबार अनिवार्य हुनुपर्नेमा आवाज उठेको छ। मानवले बनाएका कृत्रिम जलाशयहरुमा मानिसहरुले त बनाएको हो के होला र भन्ने सोचले मानिसहरु पस्दा समस्या सिर्जना भएको नागरिकको आवाज छ। तीन किशोरी डुबेको
पोखरीमा तारवार गर्ने सोच भएको समूहका एक सदस्यले भने। ‘यस्तो विपत आइलाग्यो। पानी चाहिएको छ तर जोखिम क्षेत्रहरुलाई सम्बन्धित निकाय वा व्यक्तिले जोखिम क्षेत्र हो भनेर सूचना दिन आवश्यक छ’– सालघारीका हेमन्त बुढाले भन्नुभयो। सकभर यस्ता पोखरी वा तलाउहरुमा पस्नै हु“दैन। सबै ठाउ“हरुमा सम्भव भए तारबार, सूचना बोर्ड राख्ने नभई हामीले पनि मानसिकरुपमै तारबार गर्नुपर्छ र यस्तो ठाउ“मा जानै नहुने बुढाको भनाइ छ।

युगबोध दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np