छोरीहरुको फेरिएको जीवन
‘हिँजो गरिवीका कारण मैले पढ्न पाएकी थिइन । सहयोगले पढ्न पाए । मैले पनि अरुलाई पढाउनुुपर्छ भन्ने सोंचमा छु ।’
घोराही। घोराही–१७ की १७ वर्षीया अस्मिता । बाबुुको मुहार कस्तो थियो उहाले देख्न पाइनन् । कतै कसैले तस्विर देखाइदिए मात्रै उनले बाबुुको अनुुहार देख्न पाउँछिन् । बाबुुको अनुुहार तस्विरमा देख्न पाउदा उनलाई खुशी लाग्छ र दुःखी पनि उत्तिकै बनाउछ ।
बाबुको मृत्युु पछि आमाको काख र साथमा हुर्किरहेकी अस्मितालाई सानैमा आमाले पनि छोडिन् । बाबुु न आमा सानैमा उनको जीवन बेसहारा बन्यो । कहिले कहाँ, कहिले कहाँ गर्दागर्दै उनको बाल्यवस्थाका दिन बित्दै गए । पढाइ लेखाइ अघि बढ्दै गयो । निकै कहालीलाग्दो दुुःख भोग्नुुप¥यो । अहिले उनी फुुपुुको घरमा बस्दै आएकी छन् । उनले नेपाल महिला सामुुदायिक सेवा केन्द्रको सहयोगमा पढ्दै आइरहेकी छन् ।
बाबुुको मृत्युुपछि आमाले दोस्रो बिहे गरिन् । दोश्रो विहे गरेपछि आमाले पनि सानैमा छाडिन् । अस्मिताको झनै बिचल्ली भयो । उनी भन्छिन्, ‘गर्भमै बाबु र सानैमा आमाले छोडेर जाँदाको पीडा र बेवारिसे बाल्यकाल सम्झँदा कस्तो मन रुन्छ ।’ फुुपुुको आश्रय लिएर संस्थाको सहयोगमा पढ्न पाउँदा अहिले जीवन नै फेरिएका खुुशी पनि उनले पोखिन् ।
बेसहारा बाल्यकाल भोगेकी अस्मितालाई पढ्न लेख्न पाइदैन कि भन्ने चिन्ताले उहा“लाई पोल्ने गरे पनि अहिले पढ्न मात्रै होइन एक सफल पशुु डाक्टर बन्ने सपना बोकिरहेको बताउँछिन् । एसइइ पास गरेर पशुु स्वास्थ्य विज्ञान पढ्दै गरेकी अस्मितालाई पढ्न पाउँदा बाबुुआमा नहुुनुुको पीडा अलिक कम हुन्छ ।
हिँजो दिनमा पढ्ने त्यस्तै हो, एकछाक मीठो खान पाए पनि कस्तो होला भन्ने लाग्थ्यो । आज पशुुको डाक्टर बन्ने सपना देखिरहेकी छुु ।’ तर द्वन्द्वपीडितका सन्तानलाई राज्यले समेट्न नसक्दा आफूले निकै दुुःख भोग्नुपरेको उनले गुुनासो गरिन् ।
अभिभावकबिहीन, गरिव विपन्न, द्वन्द्व तथा हिंसापीडित, एकल महिलालगायतका बालबालिकाहरु अझै पनि धेरै शिक्षाको पहुँच बाहिर छन् । कुनै न कुुनै कारण विपन्न समुुदायका बालबालिकाहरुले विद्यालय छोड्नुुपर्ने बाध्यता खेप्नुु परिरहेको छ । त्यहीमध्येकी एक हुन् बंगलाचुली–८ की १७ वर्षीया हिमा नेपाली । उनका दुुःख पीडाका व्यथाहरु पनि उस्तै छन् । गरिब परिवारमा जन्मिएकी हिमाको बाल्यकाल पनि कहाली लाग्दो अवस्थामा बित्यो । भोको पेट, नांगा खुुट्टा र फाटेका लुुगा लगाउदै कक्षा ८ सम्म जेनतेन पढे पनि पारिवारिक अवस्थाका कारण पछि पढ्न नसक्दा विद्यालय छोडी घरकै कामकाजमा बाबुुआमालाई सघाउ शुुरु गरेको उनले बताइन् ।
गरिवीका कारण पढ्न लेख्नबाट बञ्चित भएकी हिमालाई नेपाल महिला सामुुदायिक सेवा केन्द्रले पढाउन थालेपछि उनले अहिले एसइइ उत्तीर्ण गरी चौघेरा माविमा पशुु स्वास्थ्य विज्ञान पढ्दै छिन् । उनले भनिन्, ‘मेरो जीवन काँडाबाट फूल जस्तै सुन्दर बन्यो ।’
उनी मात्रै होइन गरिवी, अभिभावक बिहीन, हिंसा, एकल महिलाका धेरै बालबालिकाहरु धेरैका यही पीडा र व्यथा छन् । शिक्षाको पहुुँच बाहिर रहेका समुदायका करिब ४० जना छात्राहरु विभिन्न विद्यालयमा अध्ययन गरिरहेका छन् । सबैको एउटै अनुुभूति र खुुशीको स्वर छ– ‘केन्द्रले जीवन फेरिदिएको छ ।’ जसमा पद्मोदय मावि प्राविधिकतर्फ तीनजनाले सामाजिक परिचालक, एक विद्युुत सबओभरसियर, छ जना स्नातक तह र २९ जनाले माध्यमिक तह अध्ययन गरिरहेको नेपाल महिला सामुुदायिक सेवा केन्द्रकी सामाजिक विकास अधिकृत लक्ष्मी गुुप्ताले बताउँछिन् । उनले भनिन्, ‘हामीले लक्षितवर्ग समुदायका छोरीहरुको जीवन फेर्ने प्रयास गरिरहेका छौं । २०५० सालमा स्थापना भएको केन्द्रले महिला स्वरोजगारसँगै करिब ६ सय छात्राहरुलाई अध्यापन गराइसकेको छ ।
आफूपछि अरुलाई पढाउँदै छोरीहरु
मनकुमारी चौधरी पनि गरिव घरकी एक छोरी हुन् । गरिवीका कारण अन्धकारतिर धकेलिएको उनको जीवन केन्द्रले नै उज्यालो बनाइदियो । उनी मात्रै होइन त्यो उज्यालो उनको परिवारमा पनि छायो । केन्द्रको सहयोगले अध्ययन गरिरहेकी मनकुुमारी केन्द्रकै लघुुवित्त वित्तीय संस्थामा जागिरे छन् । उनले आफूूजस्तै गरिवकी छोरी प्रमिला चौधरीलाई शिक्षामा सहयोग पुु¥याउदै आइरहेकी छन् । कक्षा ८ मा मावि काठेकोहलमा अध्ययन गरिरहेकी प्रमिलालाई शिक्षा विकासका लागि उनले सहयोग गरिरहेकी छन् । उनले भनिन्, ‘हिँजो गरिवीका कारण मैले पढ्न पाएकी थिइन । सहयोगले पढ्न पाए । मैले पनि अरुलाई पढाउनुुपर्छ भन्ने सोंचमा छु ।’
‘वन डलर अफ लाइफ’
कसैका सानो सहयोग पनि कसैका लागि ठूूलो हुुनसक्छ । गरिवीका कारण कसैले खान पाएका छैनन्, कसैले लाउन, कसैले पढ्न पाएका छैनन् । तर एक व्यक्तिको जीवनका लागि नेपाल महिला सामुुदायिक सेवा केन्द्रका एक सय ७९ जना कर्मचारीले मासिक प्रतिव्यक्ति एक डलर सहयोग संकलन अभियान शुरु गरेको सामाजिक विकास अधिकृत गुुप्ताले जानकारी दिइन्।
उनले शिक्षादीक्षाबाट बञ्चितिमा परेका, हिंसामा परेका छात्राहरुको सहयोगका लागि अभियान थालनी गरेको बताइन् । उनले भनिन, ‘हामी कसैको जीवन बचाउन र बदल्न सहयोगको खोजी गरिरहेका छौं । दाताहरुको सहयोगका कारण शिक्षाबाट बञ्चित भएका छात्राहरुलाई विद्यालयसम्म पुु¥याउन सहज भएको छ ।