Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मातृशिशु स्वास्थ्यमा लगानी बढाउन आवश्यक छ

         ||   21 Views   ||   Published Date : 23rd July 2019 |

सुरजकुमार शर्मा
संयोजक– सुआहारा कार्यक्रम

पोषणको बारेमा अहिले पनि आम नागरिकमा धेरै ज्ञान नभएको पाइन्छ। खानपान, स्वास्थ्य जाचमा ध्यान नपु¥याउदा धेरै बालबालिका कुपोषित भएका छन्। दाङमा पनि कुपोषणको अवस्था डरलाग्दोढंगले बाहिर आएको छ। कडाखाले कुपोषणका बिरामी बच्चाहरु एक्कासी अस्पतालमा पुग्ने गरेका छन्। मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नहुदा भोलिका कर्णधार आजका बालबालिकाको स्वास्थ्य अवस्था बिग्रिने गरेको छ। दाङमा अहिले साढे तीन सय बढी कुपोषित बच्चाहरु उपचारमै रहेका छन्। कुपोषणलाई हटाउन दाङमा तीन वर्षदेखि पोषण कार्यक्रमअन्तर्गत सुआहारा कार्यक्रम लागु भएको छ। यसै बिषयमा सुआहारा कार्यक्रमका जिल्ला संयोजक सुरजकुमार शर्मासग पोषणका विषयमा गरिएको कुराकानी । – 

दाङमा पोषणको अवस्था कस्तो छ ?

दाङमा पोषणको अवस्था केही हदसम्म सन्तोषजनक मान्न सकिन्छ। तर यसको गहिराइमा गएर हेर्दा चिन्ताजनक बन्दै गएको हो कि भन्ने पनि छ। गाउ“मा मात्रै हैन बजार क्षेत्रमै कुपोषित बच्चाहरु धेरै भेटिएका छन्। तर पनि अब सुधारोन्मुखतर्फ जा“दैछ भन्ने पनि हो। किनभने गत तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने बच्चाहरू बृद्धि अनुगमन, पूर्ण स्तनपान र समयमा थप खानाको अवस्था राम्रो भए पनि अहिलेको अवस्थामा दाङमा तीन सय ६२ जना कुपोषित बच्चाहरू फेला पारेका छौं। यो अवस्थाको कुपोषणको संख्या देखिनुमा मुख्य कारण के पत्ता लागेको छ ?

हामीले पोषणको क्षेत्रमा काम गर्दै जा“दा विभिन्न अनुभवहरु बटुल्यांै। विभिन्न परिवारहरुमा पुग्यौं। स्वास्थ्य, खानपान, शिक्षालगायतका सबै क्षेत्रहरुलाई मसिनोगरी केलाउने प्रयास गरेका छौं। जिल्लाका ८८ हजार घरधुरीमा हामी प्रत्यक्ष पुगेर पोषणको बारेमा जानकारी दिने, अवस्था बुझ्ने कामहरु भएका छन्।

मुख्य गरी कुपोषण हुनुको कारणहरु  ?

असन्तुलित खानपान, दुई वर्षसम्म नियमित बृद्धि अनुगमन नगर्नु, उमेर नपुगी छिटोछिटो बच्चा जन्माउनु, अभिभावकहरुले बच्चाहरुको खानपिनमा वास्ता नगर्नु, ६ महिनासम्म निरन्तर पूर्णरुपमा स्तनपान नगराउनु, सरसफाइमा ध्यान नदिनु, गर्भ रहेदेखि नियमित स्वास्थ्य जा“च नगर्नु र पोषिलो खानेकुरा नखानुलगायतका छन् ।

कुपोषणकै कारणले गर्दा आउने स्वास्थ्य समस्या के हो ?

कुपोषणले विशेषगरी बालबालिकाको स्वास्थ्यमै बढी असर गरेको हुन्छ। हामीले हरेक बार खाना चार अर्थात सन्तुलित खानाको कमी ग¥यौं भने यसले बच्चालाई कुपोषित बनाउ“छ। कुपोशित बच्चा निकै कमजोर हुने र उसलाई घरि–घरि रोग लाग्नसक्छ। हामीले घरायसी स्तरमा खानाको कमी गर्ने, स्वास्थ्य संस्थासम्म पह“ुच बढाउन नसक्ने, गरिबी, अशिक्षा, विभिन्न थरिको सामाजिक मूल्य मान्यता, सरसफाइमा कमी, गर्भान्तर र जन्मान्तरमा ध्यान नदिदा, आमा र बच्चालाई खानाका प्रकार तथा पटकबारे आवश्यक ज्ञान नहुदा यसले भोलिका देशका कर्णधारलाई आघात पु¥याउ“छ। बच्चा दुब्लाउदै जाने, पखाला लाग्ने, रोइरहने, शरीरका मासुहरु हड्डीमा टास्सिने जस्ता समस्याहरु सिर्जना हुने र अन्तत बच्चा जोखिममा पर्ने हुन्छ।

जटिल समस्या बनिरहेको कुपोषणलाई हटाउन तीन वर्षको अवधिलाई हेर्दा कति लगानी र उपलब्धि के भयो त ?

करीब चार करोड खर्च भएको होला। मुख्यगरी पोषण शिक्षा तथा व्यवहार परिवर्तनसम्बन्धी कामहरु, स्वास्थ्य सेवा र पहुच, सरसफाइ, घरायसी खाद्यान्न उत्पादनसम्बन्धी क्रियाकलापहरु (अण्डा मासु र तरकारी, फलफूल प्रबद्र्धन) समन्वय तथा सहकार्यद्वारा राष्ट्रिय योजना आयोगको बहुक्षेत्रीय पोषण योजना दोस्रोतहमा छलफल र सबै स्थानीय तहहरुमा बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन गरेका छांै। यसमा विशेषगरी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम, बहिरंग उपचार केन्द्र स्थापनाका लागि सहयोग, स्थानीय तहहरुलाई बहुक्षेत्रीय पोषण योजनासम्बन्धी छलफल तथा अभिमुखीकरण, पुराना लक्षित गाविसहरुमा नमूना कृषकहरु उत्पादन तथा सहयोग, उक्त स्थानका लक्षित गर्भवती, सुत्केरी तथा दुई वर्ष भन्दा मुनिका आमाहरुलाई पोषणका लागि कुखुरा तथा तरकारीको विउ सहयोग, आमा समूहहरुमा पोषिलो खाना प्रदर्शनी तथा स्वास्थ्य शिक्षासम्बन्धी परामर्श, जीवनको महत्वपूर्ण, अवसर मनाउने र परामर्श गर्ने (गर्भ रहेको अवस्थामा, सुत्केरी र बच्चा छ महिना पूरा भएपछि)। घरधुरी भेटघाट तथा परामर्श, मोबाइल एसएमएसबाट आमाहरुलाई सुसूचित र हरेक आईतवार भन्छिन आमा रेडियो कार्यक्रम प्रसारण गरी विभिन्न विषयमा छलफल चलाउने गरेका छौं। १० देखि १९ वर्षका किशोरीहरुलाई आईरन फोलिक एसिड खुवाउनका लागि विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गर्न स्थानीय तहहरुलाई सहजीकरण तथा सहयोग भएको छ।

बालबालिकाको पोषण लेखाजोखा गर्न स्वास्थ्य संस्थाहरुमा आवश्यक औजारहरुको सहयोग, शुद्ध पिउने पानीका लागि बायोस्याण्ड फिल्टर तथा अन्य प्रविधिहरुको प्रबद्र्धन तथा सचेतनासम्बन्धी कार्यहरु भएका छन्। आमा समूहमा स्वास्थ्य लेखाजोखाद्वारा गर्भवती तथा हजार दिने आमाहरुको पहिचान गरी परामर्श दिदै आएका छौं।

आवश्यक पोषक तत्वको कमी हुनु र बढी हुनु पनि दुबै कुपोषण हुन् भन्ने बुझिन्छ। वास्तबमा खानपानमा कसरी ध्यान दिने ?

खानपानमा ध्यान दिनको लागि सर्वप्रथम व्यक्तिले आप्mनो जीवनयापनलाई ध्यान दिनुपर्छ किनभने सामान्यतया पुरुषहरुलाई एक दिनमा २५०० क्यालोरी र महिलालाई २००० क्यालोरी चाहिन्छ। अब तपाइ“ले यदि धेरै परिश्रम अथवा पसिना बगाउने खालको काम गर्नु हुन्छ भने थप क्यालोरी खानुपर्छ र सधै भरी स्वस्थ रहनको लागि हरेक बार खाना चार खानु पर्छ। मुख्यगरी श्रम अनुसारको र उमेर अनुसारको खानपान भएन भने समस्याहरु आउ“छन्। त्यसैले खानपानलाई विशेषगरी बार अनुसार खाना खा“दा दीर्घकालीन स्वास्थ्यलाई फाइदा हुन्छ।

मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी किन भइरहेको छैन ?

लगानी नै नभएको होइन किन भने अहिलेको अवस्थामा हेर्ने हो भने मातृशिशु स्वास्थ्यका सूचकहरु राम्रो हुदै गइरहेका छन् तर देश नया“ संरचनामा चल्दै गर्दा वर्तमान अवस्थामा यो प्राथमिकतामा नपरेको मात्रै हो। पाच वर्षमुनिको बालबालिको पुड्कोपना ३९ प्रतिशत, कमतौल २७ प्रतिशत र रक्तअल्पता ५३ प्रतिशत रहेको छ। प्रजनन् उमेर समूहका १५ देखि ४९ वर्षका महिलाहरुमा रक्तअल्पता ४४ प्रतिशत रहेको देखिन्छ। यसले गर्दा पोषण तथा स्वास्थ्यमा लगानी गर्न आवश्यक देखिन्छ। लगानी पूर्वाधार निर्माणमा अलि बढी देखिन्छ। तर मानवस्रोत स्वास्थ्य र सक्षम बनाउन सुनौलो हजार दिनको अवधिमा लगानी गर्नुपर्छ र पोषणयुक्त समाज निर्माणको लागि नेपाल सरकारले प्राथमिकतामा राखेको छ। हाल आएर धेरैजसो स्थानीय तहबाट मातृशिशु, आमा सुरक्षा तथा पोषण कार्यक्रमहरुमा बजेट बिनियोजन बृद्धि भएको छ र आउ“दा दिनहरुमा स्थानीय तहहरुले उक्त लक्षित समुदायमा अझ बढी केन्द्रित हुनुपर्ने देखिन्छ। र अबको केही वर्षमा पक्कै पनि लगानी बढ्दै जानेछ र लैजानुपर्नेछ।

तपाइहरुको काम र नतिजालाई हेर्दा शहरमै डरलाग्दो कुपोषणको अवस्था देखिन्छ यस्तो किन भयो ?

हो, घोराही बजारकै कुरा गर्ने हो भने पनि वडा नम्बर १४ क्षेत्रमा ३७ बालबालिकामा कुपोषण देखिएको तथ्यांक हामीसग रहेको छ। हाम्रो खोजी र उहाहरु उपचारमा आएपछि शहरमा पनि जटिल समस्या रहेको छ भन्ने देखिएको छ। तर कुपोषणको अवस्था डरलाग्दो अहिलेदेखि नभएर मलाई लाग्छ पहिले देखि नै हो। हामीले चाहि समुदायमा लुकेका र पहिचान हुन नसकेका कुपोषित बच्चाहरुको पहिचान गरी नजिकैको बहिरंग उपचार केन्द्रबाट निःशुल्क उपचार भइरहेको छ। यस्तो अवस्था हुनुमा मलाई सन्तुलित खानाको कमी, अपूर्ण स्तनपान र सरसफाइको कमी हो जस्तो लाग्छ। साथै अन्येत्रबाट यहा धेरै बसाइसराइ गरेर, भाडामा बस्नेहरु पनि भएका कारण उपचारमा आउ“दा धेरै संख्या देखिएको हुन सक्छ तर हाम्रो लागि यो चुनौती नै हो।

मातृशिशु स्वास्थ्यमा पोषणको अवस्था नाजुक भइरहदा अहिले स्थानीय सरकारको ध्यान र चासो कस्तो छ ?

वास्तवमा मातृशिशु स्वास्थ्यमा पोषणको अवस्था नाजुक भइरहेको देखिएको हालको स्थिति भर्खर भर्खर स्थानीय सरकारहरु गठन भएको समयमा अथवा विगतका वर्षहरुमा त स्थानीय सरकारले मातृशिशु स्वास्थ्यमा पोषणको अवस्थामा खासै ध्यान र चासो दिएको थिएनन्। तर जब दाङमा सुआहारा कार्यक्रम लागु भयो, सुआहारा कार्यक्रममार्फत् लगभग ५० जना कर्मचारीहरु फिल्डमा परिचालन भएर स्थानीय सरकारस“ग समन्वय र सहकार्य, विभिन्न कार्यक्रममार्फत् उहा“हरुलाई पोषणसम्बन्धी अभिमुखीकरण, स्वास्थ्यकर्मीहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुस“ग सहकार्य एवं उहा“हरुलाई अभिमुखीकरण, स्थानीयस्तर र समुदायस्तरमा थुप्रै परामर्श, सहजीकरण तथा जनचेतनात्मक क्रियाकलापहरु सञ्चालन भएपश्चात्् हाल आएर स्थानीय सरकारले पनि मातृशिशु स्वास्थ्यमा पोषणको महत्वको बारेमा महसुश गरी यस्ता कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाएको अवस्था देखिएको छ। साथै मातृशिशु स्वास्थ्यमा पोषणको शीर्षकमा बजेट छुट्याई पोषणको अवस्था सुधार्न केही हदसम्म लागिपरेको अवस्था छ।

तीन वर्षदेखि सुआहाराले पोषणमै काम गरिरहनुभएको छ, तपाइहरुले बाहिर ल्याएको तथ्यांक मात्रै हो कि अन्य के–के काम गर्नुभयो ?

हामीले तथ्यांक मात्रै होइन। स्वास्थ्य कार्यालय, नगरपालिका र गाउ“पालिका स“ग सहकार्य गरी बहिरंग उपचार केन्द्रको स्थापना, आवश्यक सामग्री सहयोग, समुदायमा बच्चाहरुको खोज र उपचार पाइरहेका कुपोषित बच्चाहरुको पूर्णभेट पनि गरिरहेका छौं। मध्यम कुपोषण हुनै नदिनको लागि परामर्श र सचेतनाका कार्यक्रमहरु भएका छन् भने भएकाहरुलाई १५ वटा वहिरंग उपचार केन्द्र स्वास्थ्य संस्थाबाट निरन्तर उपचार भएको छ। कुखुरा वितरण गरेर पोषिलो खानुपर्छ भन्ने सन्देश दिएका छौं। हजार दिनका आमाहरुलाई निरन्तर सम्पर्कमा राखेर स्वास्थ्य र खानपानमा सचेत गराएका छौं।

अन्त्यमा एउटा व्यक्तिले आफू स्वस्थ रहन ध्यान दिनुपर्ने र बालबच्चाको स्वास्थ्यमा घरमै कसरी हेरचाह गर्न सक्छ त ?

यसमा खानपानको शैली आ–आफ्नै हुन सक्छ। हामीले विविध प्रकारका खानाहरु खाइरहेका छौं। तर कसरी र के खाइरहेका छांै भन्ने मुख्य विषय हो। हाम्रो सामाजिक चलन, परम्परा, स्वास्थ्यको हेरचाहमा पनि भर पर्ने कुराहरु निकै धेरै रहेका छन्। सामान्यतया हामीले स्वस्थ खाने, विविध थरीका खानेकुराहरु खाने, उमेर पुगेपछि मात्रै विवाह गर्ने, गर्भवती महिलाले कम्तिमा चारपटक स्वास्थ्य संस्थामा गई गर्भ जाच गराउने, गर्भवती महिलाले गर्भावस्थाको अवधि भरीमा आइरन चक्की खाने, उपयुक्त परिवार नियोजनका साधन प्रयोग गर्ने, बच्चालाई पूर्ण स्तनपान गराउने, नियमित बृद्धि अनुगमन गर्ने, पानीलाई शुद्धिकरण गरेर मात्र खाने र जोखिमपूर्ण अवस्थामा साबुनपानीले मिचिमिची हात धुने, आफ्नै करेसावारिमा बाह्रैै महिना तरकारी, फलफूल उत्पादन गर्ने र अण्डा मासुलाई मात्रा मिलाएर खाने तथा समय–समयमा स्वास्थ्य जा“च गरियो भने कुपोषण मात्रै हैन कुनै पनि रोगहरुले हामीलाई आक्रमण गर्दैन।

प्रस्तुती : निमुसंगम घर्ती
साभारः नयाँ युगबोध राष्टिय दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np