Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

पहिला मिलापत्र, पछि मात्रै मुद्दा !

         दशरथ घिमिरे ||   39 Views   ||   Published Date : 27th August 2019 |

घरमै पसेर जबर्जस्ती बलात्कार गर्न खोजेको उजुरी इलाका प्रहरी कार्यालय गढवामा परेको थियो । तर प्रहरीले दुबै पक्षलाई बोलाएर मिलापत्र गरिदिएको घटना बाहिर आएको छ।

देउखुरी, बलात्कार गर्न खोजेको उजुरी लिएर इलाका प्रहरी कार्यालय गढवा पुगेकी एक महिलालाई प्रहरीले न्यायको लागि मुद्दा अघि बढाउनुको साटो कार्यालयमा मिलापत्र गरिदिएको घटना बाहिर आएको छ।

साउन २४ गते राति गढवा गाउँपालिका वडा नं ५ धर्मपुर निवासी महिलालाई गढवा गाउँपालिका वडा नं ६ आँटीपाकर निवासी ३८ वर्षीय श्यामलाल चौधरीले घरमै पसेर जबर्जस्ती बलात्कार गर्न खोजेको उजुरी इलाका प्रहरी कार्यालय गढवामा परेको थियो । तर प्रहरीले दुबै पक्षलाई बोलाएर मिलापत्र गरिदिएको घटना बाहिर आएको हो।

गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीको दबाबमा प्रहरीले बलात्कार उद्योगको मुद्दालाई मिलापत्र गरिदिएको दाबी पीडित पक्षको छ। ‘२४ गते राति घटना भयो। २५ गते प्रहरीमा गए। २६ गते दुबै पक्षलाई बोलाइयो। मिलेर बसेको राम्रो भन्दै मिलापत्र गरिदिए’– पीडित महिलाले भनिन्– ‘शुरुमा हस्ताक्षर गराए त्यसपछि मात्रै पढेर सुनाए। मेरो मिलापत्र गर्ने चाहना थिएन।’

प्रहरी कार्यालयमा छलफल चलिरह“दा प्रहरीले मिलापत्रको लागि दबाब दिएको दाबी गरिएको छ। ‘हाम्रो पक्षमा बोलिदिने मान्छे भएन। प्रहरीले पनि कुरा सुनिदिएन’– पीडित महिलाले भनिन्– ‘ठूलाबडाको कुरा सुनेर प्रहरीले काम ग¥यो।’

प्रहरी कार्यालयले मुद्दा दर्ता नगरेर मिलापत्र गरिदिएपछि स् थानीयहरु गढवा–५ को वडा कार्यालयमा पुगे। गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष प्रकाश भण्डारीको पहलमा त्यसपछि प्रहरीले बलात्कार उद्योगको मुद्दा दर्ता गरेको छ।
‘प्रहरीले किटानी जाहेरी दर्ता गरेन भनेर महिलाहरु मकहा“ आउनुभएको थियो’– उहा“ले भन्नुभयो– ‘जबर्जस् ती करणी उद्योगको घटना मिलापत्र गर्न नहुने विषय हो। मैले जिल्लामा समेत सम्पर्क गरें। त्यसपछि मुद्दा दर्ता भएको छ।’

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठौरले आफू आउनु भन्दा अघिको घटना भएको र यस विषयमा अनुसन्धान गरिने बताएका न् । ‘म आउनुभन्दा अघिको घटना रहेछ। शुरुमा मिलापत्र गरिएको रहेछ’– इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले भने, ‘अहिले जाहेरी दर्ता गरेर घटनाको अनुसन्धान अघि बढाएका छौं।’

प्रहरीले पीडित पक्षको किटानी जाहेरीका आधारमा घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको छ। यता गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले बलात्कार प्रयासको मुद्दामा मिलापत्रको लागि दबाब नदिएको दाबी गरेकी छन् । ‘मेरो नाम लिएर मिलाउन दबाब दिएको भनेर प्रचार गरिएको छ’– उनले भनिन, ‘छलफलको क्रममा दुबै जना मिलेर मिलापत्रको कागज गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np