Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

‘समानता स्थापित गर्न अभियान चलाऔं’

         ||   38 Views   ||   Published Date : 31st August 2019 |

DSC_6709दाङ । संविधान तथा कानुनमा भएका समान हकलाई व्यवहारमा उतार्न जागरण अभियान चलाउनुपर्ने  घोराहीमा तीजको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

महिलाले भोग्दै आएका उत्पीडन, विभेद र असमानता अन्त्य गर्न राजनीतिक रुपमा ठूलो उपलब्धि हासिल गरेको चर्चा गर्दै महिला नेताहरुले ती उपलब्धि महिलाको जीवनसम्म पुर्याउन अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व सामान्य प्रशासन मन्त्री तथा सांसद रेखा शर्माले समानताको संघर्षबारे चर्चा गर्दै संविधान र कानुनमा भएका समानताका बाध्यात्मक व्यवस्था कार्यान्वयन गराउन महिलाहरु फेरी जुट्नुपर्ने वताउनुभयो । ‘बाध्यात्मक ब्यवस्था भएन भने समानताका कुनै पनि कुरा लागू हुँदो रहेनछ भन्ने बुझेर हामीले संविधान र कानुनमा महिला अधिकार संस्थागत गर्यौं, पैतृक सम्पत्तिमा समान हक, सम्पत्तिमा दम्पत्तिको हकसम्मसहित धेरै कानुनी व्यवस्था ल्यायौं तर कार्यान्वयनमा फेरि चुनौती देखिएका छन्’ प्रमुख अतिथि शर्माले भन्नुभयो, ‘महिला समानता प्रवद्र्धन गर्ने यी कानुनी व्यवस्था उपभोग गर्नसक्ने अवस्था कसरी ल्याउने भन्नेबारे अभियान चलाऔं ।’

DSC_6700
कार्यक्रममा बोल्दै नेकपा संसदीय दल सचेतक शान्ता चौधरीले सफल भएका महिलाको जीवनसंघर्षबाट पाठ सिक्दै निरन्तर अग्रसर हुन महिलालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश पाँच सांसद दामा शर्मा, केन्द्रीय सदस्य एवं दाङ सहइन्चार्ज नारायणी शर्मा, घोराही उपमहानगरपालिका उपप्रमुख सीमा सिग्देल न्यौपाने, महिला मानव अधिकार रक्षकहरुको सञ्जाल केन्द्रीय सचिव लक्ष्मी आचार्य, महिला नेताहरु पुनम सेर्पाली, दिलकुमारी बुढा, हुमा डिसीलगायतले शुभकामना दिनुभएको थियो । अनेमसंघ जिल्ला कार्यदल सदस्य सीमा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण बालिका शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np