Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

आँटिला महिला मिस्त्री

         दशरथ घिमिरे ||   3 Views   ||   Published Date : 13th September 2019 |

 

देउखुरी । पाँच वर्षअघि नै लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी सरिता चौधरी घर बनाउने काममा पाको भइसकेकी थिइन् । न उनले औपचारिक तालिम लिएकी हुन् न त कतै पढेकी नै । लेबर काम गर्दागर्दै उनी घर बनाउने मिस्त्री बनिसकिन् ।

पाँच वर्षदेखि उनले दर्जनौं घर बनाउन आफ्नो श्रम र सीप खर्चिसकेकी छन्। शुरुमा काम गर्दा पुरुष मिस्त्री मात्र थिए। महिलाले घर बनाउन सक्दैनन् कि जस्तो लागेको थियो। उनले हात हालिन् । कामगर्दै जाँदा आत्मविश्वास बढेर आयो।

‘हेर्दा मात्रै गाह्रो हो। हात बस्यो भने त सजिलो छ’– उनले भनिन्, ‘महिलाले गर्नुहुँदैन भनेर कहाँ लेखेको छ र ? पुरुषले गर्ने हर काम महिलाले पनि गर्न सक्छन्।’

सरिता अहिले मिस्त्रीको रुपमा कार्यरत छन् । हातमा सीप भएपछि कामको कुनै कमी नहुने उनले बताइन् ।
‘हातमा सीप भयो भने दुई चार रुपैयाको अभाव हुँदैन’ उनले भनिन, ‘काम गर्ने जाँगर हुनुप¥यो, हात मुख जोड्न दुःख छैन।’ उनले दैनिक पाँचसय रुपैया ज्याला पाउँछिन् । लेबरको चार सय रुपैया“ छ। हातमा सीप भएका कारण उनको ज्याला एक सयरुपैया“ बढी छ।

रमेश चौधरी पनि मिस्त्री काम गर्छन् । उनलाई सम्झना छ काम शुरु गर्दा मुस्किलले महिला मिस्त्री भेटिन्थे। तर अहिले हरेक घर बनाउने काममा महिला मिस्त्री छन्। ‘ हामी मिलेर काम गर्छौं’– उनले भने, ‘महिला–पुरुष भनेर काममा विभेद छैन।’
देउखुरी क्षेत्रमा निर्माणको काममा महिला मिस्त्रीको संख्या बढ्न थालेको छ। घर बनाउने काममा लेबरको रुपमा मात्रै महिलालाई जिम्मेवारी दिइन्थ्यो। तर अहिले मिस्त्रीको रुपमा महिलालाई कामको जिम्मेवारी दिन थालिएको हो। नेपाल निर्माण सम्बद्ध श्रमिक संघका अनुसार संघमा आबद्ध महिला मिस्त्रीको संख्या ३० जना भन्दाबढी छ। ती महिलाले हरेक दिन रोजगारी पाएका छन्। लेबरको संख्या भने चार सय जति रहेको छ।

सुरक्षा चुनौती

निर्माणको काममा संलग्न मजदुरको सुरक्षा भने चुनौती बढेको छ। यस वर्ष एकजना मजदुरको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भयो। काम गर्ने मुख्य मान्छेको मृत्यु भएपछि शोकमा डुबेको परिवारको विचल्ली छ। गतवर्ष पनि एकजना मजदुरको करेन्ट लागेरै मृत्यु भयो। नेपाल श्रमिक संघले एक हजारदेखि एक लाख रुपैया“सम्म मात्रै राहत दिन सक्ने नियम बनाएको छ। यो बाहेक मजदुरका परिवारले अन्य केही राहत पाउ“दैनन्। ‘हरेक मजदुरको बिमा गर्ने, नियमित बचत गर्ने कार्यमा राज्यले सहयोग पु¥याउनु पर्छ’– सुमन कालाथोकीले भने– ‘निर्माणको काममा खट्ने मजदुरको सामाजिक सुरक्षा ग्यारेन्टी गरिनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np