Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सामाजिक स्वस्थताको लागि स्वस्थ सम्बन्ध

         सुशीला आचार्य ||   568 Views   ||   Published Date : 21st December 2019 |

sushil Acharya

३५ बर्षीय महिला शरीरभर निलडाम बोकेर सहयोग खोज्दै आइपुगिन् । श्रीमान्को कुटाईबाट जोगिन नसकेपछि सुरक्षा खोज्दै अरुसँग सहयोग माग्न आइपुगिन् । उनका श्रीमान् स्वयं भन्छन् ‘श्रीमतीलाई माया पनि धेरै गर्छु र त पिट्छु । तर परिवारले साथ दिँदैनन् ।’

त्यस्तै १९ बर्षीय किशोरी २२ बर्षीय युबक संग प्रेममा पर्छिन् । उनी गर्भवती भएपछि किशोरले बच्चा र उनलाई स्वीकार गर्न असमर्थ हुँदा किशोरी तनावमा पुगेर सहयोग खोज्नुपर्ने अवस्थामा पुग्नु परेको छ । अर्को सुन्दा अति सामान्य लाग्ने घटना उधृत गर्छु । महिला पुरुष एउटा चियापसलमा बसेर चिया खाएको एकजना ‘सज्जन’ ब्यक्तिले देखेका मात्रै के थिए ठाउँ ठाउँमा गफिने बिषय बनेछ । यसले ती महिलालाई विनाकारण तनाव झेल्नु पर्यो ।

माथिका यी उदाहरण त प्रतिनिधि मात्र हुन् । हाम्रो समाजमा केही न केही कारणको बहानामा सामाजिक रुपले सम्बन्धमा स्वस्थता आउन नसकी ब्यतिmमा निराशापन निम्त्याउने गरेकोे पाईन्छ ।

सामाजिक सम्बन्ध
मानिस सामाजिक प्राणी हो भनेर बच्चैबाट सुन्दै घोक्दै आएको कुरा हो । सामाजिक प्राणाी भन्ने बित्तिकै समाजसँग जोडिने त भैहाल्यो । सामाजिक सम्बन्ध यस्तो जोड हो जसले भौगोलिक रुपले छरिएर रहेका ब्यक्तिहरुलाई एकसाथ जोडेर ल्याउँछ । घर परिवार, साथीभाई, छिमेकी, समुदाय संस्कार, रितीरिवाज र मूल्यमान्यताले सामाजिक सम्बन्धलाई बाँध्ने काम गर्छन् । यसका साथै बिद्यालय, स्वास्थ्यचौकी, सरकारी तथा गैरसरकारी सघं सस्था, बालक्लब, महिला समूह, टोल बिकास सस्ंथाजस्ता संस्थाहरुको एक अर्का बिचको सहकार्यले सामाजिक सम्बन्धलाई सामाजिक सहकार्यसम्म पुर्याई गतिशीलता प्रदान गर्दछन् । कुनै पनि ब्यक्तिको जीबनमा पारस्परिक सम्बन्धको बिशेष महत्व हुन्छ । आजको अवस्था हेर्ने हो भने नयाँ नयाँ साेंच, परिवर्तित जीवनशैली, परम्परावादी साेंचमा परिमार्जन, घर, परिवार, आर्थिक अवस्था जस्ता कारणले गर्दा पनि सामाजिक सम्बन्धहरु परिमार्जित हँुदै गईरहेको देखिन्छ । ब्यस्त जीवन शैलीका कारणले पनि ब्यक्ति सामाजिक रुपले घुलमिल हुन सकिरहेको छैन ।

समाज सामाजिक सम्बन्धहरुको एउटा अवस्था हो । समाज निरन्तर सकारात्मक रुपले अगाडि बढे पछि समस्याको कुरै आउँदैन । समस्या त्यतिबेला आउँछ जब सामाजिक सम्बन्धहरुमा निराशापन मतभेद आउँछन् । सामाजिक सम्बन्धहरुमा स्वस्थता आयो भने समााज सकारात्मक रुपले अगाडि बढ्नको लागि केही बाधा आउँदैन । हत्या हिंसा दुव्र्यबहार, भेदभाव, कलंक, शोषण, द्वन्द्व जस्ता कारणहरुले ब्यक्तिहरुमा देखिने मनोसामाजिक समस्याहरुलाई रोक्न सकिन्छ । अनिश्चित रुपमा आएका आर्थिक, सामाजिक, राजनैतिक गतिबिधिले उब्जिएका दैनिक समस्याहरुसँग सामाना गर्न पनि सामाजिक सम्बन्धले मद्त गर्दछ । सामाजिक सम्बन्धमा स्वस्थता आएमा समाज समृद्धतिर जाने निश्चित छ ।

स्वस्थ सम्बन्ध 

सम्बन्ध भन्ने बित्तिकै ब्यक्ति परिवार साथीभाई समाज, समुदाय समग्र क्षेत्रमा बसोबास गरेका मानिसहरुको एक अर्काप्रतिको सम्बन्धलाई बुझाउँछ । कुनै न कुनै ब्यक्तिको आफ्नै घेराहरु रहेका हुन्छन् । त्यस्तै हरेक सम्बन्धमा उमेर अनुसार जिम्मेवारीमा आउने परिवर्तनहरु, अस्वस्थकर सम्बन्धहरु, सम्मान, मित्रता मित्रबाट पर्ने प्रभाव, शारीरिक तथा मनोबैज्ञानिक पक्षका कारण सम्बन्धमा नकारात्मक प्रभाव परिरहेको देखिन्छ । स्वस्थ सम्बन्ध सबैको चाहना हो । सम्बन्ध निभाउन पनि खोजिरहेका छौं तैपनि सम्बन्धहरुमा तिक्तता पनि उत्तिकै देखिन्छ ।

आज सम्म मायाको एकिनन् परिभाषा कहीँ देखिदैन । माया एउटा भावना, संबेग, आकर्षण आत्मियताको संयुक्त रुपमा लिएको पाईन्छ । या ब्यक्तिले आफ्नो अनुभवको आधारमा मायाको परिभाषा गरेको पाईन्छ । कसै प्रति माया देखाउनु भनेको यौनिक क्रियाकलाप गर्नुपर्छ भन्ने पनि होईन । युवा अवस्थामा युवाहरु विपरीत लिङ्गप्रति भएको आकर्षणलाई माया सम्झन्छन् जहाँबाट समस्या सिर्जना हुन पुग्दछ । आकर्षण केही समयको लागि मात्र रहन्छ । विपरीत लिङ्गप्रतिको आकर्षणमा ब्यक्तिलाई चाहिएको के नै हो ? उनीहरु अन्यौलमा हुन्छन् । अन्यौलतामै समस्याभित्र घेरिन पुग्छन् ।

स्वस्थ सम्बन्ध स्थापित गर्नको लागि ब्यक्ति, परिवार र समाजको जिम्मेवारी हुन्छ । स्वस्थकर सम्बन्ध सम्मानपूर्ण र सुरक्षित सम्बन्ध हो । यसमा दुबै पक्षको मानव अधिकारको सम्मान तथा रक्षा गरिएको हुनुपर्छ । सम्बन्धहरुमा राम्रा सकारात्मक अनुभव, समस्यामाथि छलफल, एक आपसमा सहयोगी भावना एक अर्काप्रति सम्मान, बिश्वास, ईमान्दारिता, समझदारी तथा हेरचाह जस्ता ब्यवहारहरुले सम्बन्धहरु प्रगाढ एवं सुमधर हुन्छन् । सम्बन्धमा स्वस्थता ल्याउनको लागि संचार सीपको पनि उत्तिकै महत्व हुन्छ । आफ्ना अनुभव दुःख सुःखका कुराहरु एक अर्कामा शेयर हुँदा पनि सम्बन्ध गाढा हुन सक्छन् । सम्बन्ध स्थापित गर्नु ठूलो कुरा होईन सम्बन्धलाई स्वस्थ रुपमा निरन्तरता दिनु ठूलो कुरा हो । सम्बन्धहरु बिभिन्न प्रकारका हुन्छन् । हरेक सम्बन्धका आआफ्नै बिशेषता हन्छन् । हरेक ब्यक्तिले यो बुझ्नु जरुरी छ की कुन सम्बन्धमा कति सामिप्यता र कतिको दुरी ब्यबस्थापन गर्र्नु पर्दछ भनेर छुट्याउन जरुरी छ ।

लैगिक भूमिकाले पनि ब्यक्तिगत सम्बन्धहरुमा प्रभाव पार्ने गर्दछ । लैङ्गिक समानताको साथै दुबै पक्षले एक अर्काप्रति सम्मान, समझदारी, जिम्मेवारी, हेरचाह तथा सुरक्षाको भावना ल्याएमा सम्बन्ध स्वस्थ हँुदै रोमान्चकारी हुन्छ ।
(लेखक मनोविमर्शकर्ता हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np