Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

किन खाने टुसायुक्त खाना

         ||   240 Views   ||   Published Date : 14th March 2013 |

16460get_img– डा. अरुणा उप्रेती

सस्तो, पोसिलो र विकाररहित खाना खाने चाहने इच्छा सबैको हुन्छ । तर, यस्तो खाना सितिमिती कतै पाइन्न । बजारमा तरकारी र फलपूmलको भाउ चर्को हुन्छ । नबिग्रियोस् भनेर फलपूmल र तरकारीमा राखिएका रासायनिक पदार्थ वा विषालु वस्तुले स्वास्थ्यलाई नराम्रो असर पार्र्छ भन्ने कुरा थाहा पाउ“दा यस्ता कुराको विकल्प खोजिन्छ । स्वस्थ रहन सफा र सन्तुलित खाना खानु पर्ने हुन्छ, तर पोसिलो मानिएका खानेकुरा कि मह“गा हुन्छन् कि पाइ“दैनन्, तर प्रकृतिले तपाईं हामीलाई सजिलो विकल्प प्रदान गरेको छ, “टुसा उमारेका खाना” । यस्ता कुरा पोषिला, सस्ता र केही नमिसिएका हुन्छन् । सा“च्चै नै टुसायुक्त खाना सामान्य मानिसका लागि वरदान नै हो । सस्तो भइकन यो सन्तुलित आहार हो ।
टुसा उमार्नु भनेको
– भिटामिन उद्योग नै घरमा खोल्न सकिने सजिलो उपाय हो ।
– घरभित्र नै करेसाबारी र फलपूmल बग“ैचा तयार गर्नु सरह हो ।
– इन्धन वा पैसा खर्च नगरी खानेकुराको उपादेयतामा वृद्धि वा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्वको पोषणमा वृद्धि गर्नु हो ।
टुसायुक्त खानाको उपयोगिता ः–
टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषक तत्वहरूमा धेरै कुरा थपिन जाने भएकाले यसलाई प्रकृतिको वरदानको रूपमा लिन सकिन्छ ।
पूर्ण र बलबद्र्धक खाना ः–
जुनसुकै उमेर, लिङ्ग, जातिका भए पनि आफंै टुसा उमार्न सकिन्छ र प्रयोग गर्न सकिन्छ । यसले हाम्रोे शरीरमा पोषण दिन्छ । यो पूर्ण खाना, सस्तो खाना, र बलबद्र्धक खाना हो ।
टुसा उमार्ने चरणहरू
अन्न तथा गेडागुडीमा टुसा निकाल्ने तीन चरण हुन्छन् । यी तीन चरण पूरा गर्दागर्दै यसमा सकारात्मक परिवर्तन आउ“छ ः
१. पहिलो चरण – भिजाउनु ः
सर्वप्रथम अन्न वा गेडागुडीलाई सफा भा“डोमा राखेर राम्रोस“ग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धूलो, ढुङ्गा आदि हट्छन् । त्यसपछि भिज्न पुग्ने पानीमा डुबाएर राख्नुपर्छ । राम्रोस“ग भिज्न कति समय लाग्छ भन्ने कुरा भिजाइने कुरा र तापक्रममा भर पर्छ । गेडा वा दाना ठूलो छ भने भिज्न बढी समय लाग्छ । यसै गरी गर्मी याममा चा“डै भिज्छ भने जाडोमा ढिलो । राम्ररी भिजेपछि पातलो कपडामा बेरेर झुण्ड्याउ“दा चा“डै टुसा निस्कन्छन् । भा“डामा छोपेर राखे पनि टुसा उम्रन्छन् ।
२. दोस्रो चरण – अङ्कुरित हुनु ः
अन्न वा गेडागुडीको दाना फुटेर टुसा निस्कन्छ । यो टुसा आएपछि दानाको गुणमा धेरै सकारात्मक परिर्वतन आउ“छ ।
३. तेस्रो चरण – टुसा ः
दोस्रो चरणमा अङ्कुराएको बीउबाट निस्केको टुसा बढ्दै जान्छ । बीउमा रहेको पोषक पदार्थ उपयोग गर्दै टुुसा बढ्छ र यसमा पोषण पनि बढ्दै जान्छ ।
टुसायुक्त खानाले के गर्दछ ?
· पोषणयुक्त भोजन दिन्छ ।
· यसले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर, स्वस्थ
र रोगमुक्त पार्दछ ।
· शरीरलाई तुरुन्त प्रयोग हुन सक्ने शक्तिको स्रोत दिन्छ ।
· यो सजिलै पाच्य हुन्छ ।
· अङ्कुरित खानाले पेटमा वायु बनाउ“दैन र कब्जियत हुनबाट रोक्छ ।
· हरियो तरकारी जत्तिकै फाइदाजनक तर हरियो तरकारीभन्दा धेरैं सस्तो हुन्छ ।
· रोग प्रतिरोधात्मक शक्ति बढाउ“छ ।
· विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ ।
· रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
सुख्खा गेडागुडी वा टुसायुक्त गेडागुडी – कुन रोज्ने ?
सुख्खा अन्न वा गेडागुडी हामीले स“धै खाने गरेका छौं । यहा“ उल्लेख गरिएको टुसा उमारिएको र सुख्खा गेडागुडीमा के फरक छ भनी जिज्ञासा उठ्ला । यसको उत्तर यसरी दिन सकिन्छ ।
· अन्न वा गेडागुडीमा खानयोग्य र पोसिलो तत्व विद्यमान रहेका भए पनि कतिपय पानीमा घुलनशील हु“दैन र पचाउन गाह«ो हुन्छ ।
· एक किलोग्राम जति सुख्खा गेडागुडी बीउबाट ६ किलोग्राम जति टुसायुक्त खाद्यवस्तु तयार हुन्छ । अर्थात कम खर्च गरेर धेरै प्राप्त गर्न सकिन्छ ।
· टुसायुक्त खाना शक्तिदायक, कब्जियत हटाउने र सुपाच्य हुनुका साथै पोषक तत्वयुक्त हुन्छ । यो कम खर्चमा बढी भिटामिन र शरीरलाई चाहिने पोषक तत्व पाइने सन्तुलित भोजन हो ।
परीक्षण र अनुसन्धानः
टुसायुक्त खाना खाने प्रचलन नया“ होइन, तर अझसम्म हामी धेरैलाई यसको महत्व थाहा छैन । हजारांै वर्षदेखि टुसा उमारेर खाने र यस सम्बन्धमा परीक्षण गर्ने प्रचलन रह“दै आएको छ । हुन त क्वा“टी उमारेर खाने चलन हामीकहा“ छ, तर हामी यो विशेष पर्वमा मात्र खान्छौं ।
चिनिया“हरूले चाउमिन र सूप जस्ता खानामा भटमास वा मु“गको टुसा हजारांै वर्षदेखि प्रयोग गर्दै आइरहेका छन् । चिनिया“हरू धेरै सक्रिय रहेर लामो समयसम्म बा“च्छन् । यसको धेरै कारणमध्ये एक उनीहरूले यस किसिमको खाना खानु पनि हो । उनीहरूले टुसा उमार्ने गेडागुडी भटमास र मु“ग प्रमुख हुन् । हाल यस किसिमको खानाको शैली संसारभर लोकप्रिय हु“दैछ ।
टुसायुक्त खानामा कति बढी भिटामिन सी हुन्छ भन्ने कुरा सिद्ध भइसकेको छ । दोस्रो विश्वयुद्धमा डाक्टर साइरस फ्रेञ्चले मटर तथा अन्य गेडागुडीको टुसा उमारेर ख्वाई मेसापोटामियामा देखिएको स्कर्मी भन्ने (भिटामिन सीको कमीले हुने) रोग ठीक पारेका थिए ।
टुसायुक्त भोजन ः अमृत भोजन ः पूर्ण भोजन
पूर्ण भोजन भनेको के हो ? पूर्ण भोजन भन्नाले अन्न तथा दाल बनाउन सकिने गेडागुडी समावेश भएको खाना भन्ने बुझिन्छ । यस्तो भोजनमा अन्य प्रकारका खाना थप गर्नु पर्दैन । त्यसैले यसलाई पूर्ण भोजन मानिएको हो । पूर्ण भोजन नै सन्तुलित भोजन हो । मानिसको जीवनमा भौतिक रूपमा विभिन्न चरण आउ“छन् । जन्म, बाल्यकाल, युवा, वृद्ध र मृत्यु । शारीरिक रूपमा भित्रका अङ्गहरू क्षयीकरण भई कमजोर हु“दै जा“दा वृद्धावस्था हुन्छ, फलस्वरूप रोग, शारीरिक कमजोरी तथा अशक्तता देखिन्छ । केही मानिसहरू समय नहु“दै अशक्त र कमजोर देखिन्छन् । यसलाई पोषणयुक्त भोजन, शारीरिक हेरविचार र स्वस्थ जीवनशैली जस्ता उपायद्वारा रोक्न वा सुधार गर्न सकिन्छ । यसरी बुढ्यौलीलाई रोक्न उपयोग गरिने खानालाई नै अमृत भोजन भनिन्छ ।
शरीरलाई अशक्त, कमजोर बनाउनमा निम्न कुराहरूको भूमिका हुन्छः–
क शरीरमा विषालु पदार्थ जम्मा हुन्छ वा शरीरको कुनै भागमा खराबी देखा पर्छ ।
क खाद्यवस्तुमा भएको पोषक तत्वबाट शरीरले चाहिने पोषण प्राप्त गर्न सक्दैन ।
क शरीरको उत्सर्जन प्रणालीबाट नचाहिने वस्तु ठीक ढङ्गले शरीरबाट विसर्जन हुन सक्दैन ।
माथिको बु“दालाई छोटकरीमा भन्ने हो भने कुनै पनि रोग लाग्नुको कारण शरीरमा विषालु पदार्थ थुप्रिनु हो । शुद्ध प्राकृतिक खाद्य वस्तुको प्रयोग गर्नाले शरीरका कोशिकाहरूमा विषालु पदार्थ जम्मा हु“दैन । अङ्कुरित खाना पनि त्यस्तै खाना हो । यसमा हाम्रो शरीरलाई पुनर्जीवन दिने क्षमता हुन्छ र यसले युवा, सुन्दर र स्वस्थ राख्नमा मद्दत पु¥याउ“छ ।
पूर्ण भोजन कसरी हुन्छ ?
सन्तुलित भोजन वा पूर्ण भोजनबारे विगत धेरै समयदेखि व्यापक छलफल र वादविवाद भइरहेको छ । हाम्रो शरीरलाई चाहिने पोषक तत्वमा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, भिटामिन, पानी, रेशादार तत्व तथा लवण पर्दछन् । हामीले खाने गरेको खानामा यी कुराहरू समावेश हुनुपर्दछ ।ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np