Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कम उमेरमा आमा बन्ने संख्या धेरै

         ओपेन्द्र बस्नेत ||   133 Views   ||   Published Date : 21st December 2019 |

तुलसीपुर । नेपालमा २० बर्ष नपुग्दै विहे गर्न नपाइने कानुनी व्यवस्था छ । तर प्रादेशिक अस्पताल तुलसीपुरमा २० बर्षभन्दा कम उमेरमा आमा बन्ने किशोरीको संख्या भने डरलाग्दो छ । अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार १४ बर्ष देखि १९ बर्षको उमेरमा आमा बन्ने किशोरीको संख्या झण्डै छ सय पुगेको छ ।

आर्थिक बर्ष २०७५÷०७६ मा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी सेवा लिन आएका दुई हजार नौ सय ९४ जनामध्ये पाँच सय ६८ जना बीस बर्षमुनिका भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी कमल सुवेदीले जानकारी दिए । सूचना अधिकारी सुवेदीका अनुसार १५ बर्षका ६, १६ बर्षका ३१, १७ बर्षका ९९, १८ बर्षका २०९ र १९ बर्षका दुई सय २३ जनाले कम उमेर बच्चा जन्माएका छन् ।

अघिल्लो आर्थिक बर्ष २०७४÷०७५ मा बर्ष दुई हजार ५६ जनाले सुरक्षित सुत्केरी सेवा लिए पनि उमेर खुल्ने गरी रेकर्ड नराखिएकाले यति नै भन्न सक्ने अवस्था नभएको सुवेदीले बताए ।

‘यति नै त भन्न सकिन्न, सूचना अधिकारी सुवेदीले भने, ‘भर्खरै सम्पन्न आर्थिक बर्षको आँकडा अनुसार गतबर्ष पनि ठूलो संख्यामा बीस बर्षमुनिका किशोरी आमा बनेको हुनुपर्छ ।’ अस्पतालका अनुसार कम उमेरमा आमा बन्ने किशोरीको अनुपातलाई हेर्दा १९.०३ प्रतिशत हुन आउँछ । यो भनेको सुत्कोरी सेवा लिन आउने एक सय जनामा १९ जना कम उमेरका आमा आउने गरेको बुझिन्छ ।

कम उमेरमा आमा बन्दा गम्भीर समस्या हुन्छ ः डाक्टर
कम उमेरमा बच्चाको आमा हुँदा बच्चा र आमा दुबैलाई जटिल प्रकारको शारीरिक समस्या हुने अस्पतालमा कार्यरत महिला तथा प्रसुति रोग विशेषज्ञ डा. विनोद सिंहले जानकारी दिए । कम उमेरमा बच्चा जन्माउँदा महिलामा, पाठेघर खस्ने, क्यान्सर हुने, शारीरिक कमजोरी र रक्तश्राव भएर ज्यानै जानेसम्मको जोखिम बढी हुने डां सिंहले बताए । त्यसैगरी परिपक्वता नभएका आमाको शरीरबाट जन्मेको बच्चा कुपोषित हुने, सानो जन्मिने, शारीरिक विकास नहँुदा पुड्को हुने र आमाले बच्चालाई राम्रोसँग दुध खुवाउन नसक्दा बच्चा ख्याउटे र अपाङ्ग समेत हुने अस्पतालले बताएको छ । सुरक्षित सुत्केरी सेवा लिन आएका कम उमेरका किशोरीको अवस्था हेरेर मात्र अस्पतालमा सुत्केरी सेवा उपलब्ध गराइने डा. सिंहले बताए ।

‘मेरो अनुभवमा २÷३ बर्षको अवधिमा अत्याधिक रक्तश्राव भएका, समय नपुग्दै सुत्केरी व्यथा लागेका र अन्य शारीरिक जटिलता भएका कम उमेरका करिब एक सय जतिलाई बाहिर रिफर ग¥यौ,’ डां सिंहले भने, ‘त्यसैले बाहिरको अपडेट नहुँदा मातृशिशु मृत्यु दरको विषयमा जानकारी हुन सकेन ।’

जनचेतना आवश्यक
यता राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बाल विवाह न्यूनिकरणमा सवै सरोकारवाला निकायले ध्यान दिएमा कम उमेरमा आमा वन्नेको संख्याम कमी आउने बताए । जनचेतना र कानुन कार्यान्वयनको पाटोलाई स्थानीय तहले सँगसँगै लग्नु पर्ने डा. शर्माले सुझाव थियो । मुलुकी अपराध संहिता ऐन २०७४ को १७१ को बाल विवाह गर्न नहुने महलको (२) र (३) को उपदफा (१)मा बीस बर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाईने र यदि गरेको पाईएमा विवाह स्वत वदर हुने र कसुर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद र तीस हजार रुपैयाँ सम्म जरीवाना हुने व्यवस्था छ । यद्यपी कम उमेरमा विवाह गर्ने र आमा बन्ने क्रम भने अmभै रोकिएको पाइदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np