Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

पुरुष भन्दा कम छैनन् महिला मिस्त्री

         दशरथ घिमिरे ||   126 Views   ||   Published Date : 21st December 2019 |

Dasrath

देउखुरी, भदौ । पाँच बर्ष अघि नै लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी सरिता चौधरी घर बनाउने काममा पाको भैसकेकी थिइन् । न उनले औपचारिक तालिम लिएकी हुन् न त कतै पढेको । लेबर काम गर्दागर्दै उनी घर बनाउने मिस्त्री बनिसकिन् ।

पाँच बर्षदेखि सरिताले दर्जनौं घर बनाउन आफ्नो श्रम र सीप खर्चिसकेकी छन् । शुरुमा काम गर्दा पुरुष मिस्त्री मात्र थिए । महिलाले घर बनाउन सक्दैनन कि जस्तो लागेको थियो । तर, उनले हात हालिन् अनि बल्ल आत्म विश्वास बढेर आयो ।

‘हेर्दा मात्रै गाह्रो हो । हात बस्यो भने त सजिलो छ ।’ उनले भनिन्, ‘महिलाले गर्न हँुदैन भनेर कहाँ लेखेको छ र ? पुरुषले गर्ने हर काम महिलाले पनि गर्न सक्छन ।’ सरिता अहिले मिस्त्रीको रुपमा कार्यरत छन् । हातमा सीप भएपछि कामको कुनै कमी नहुने उनको भोगाई छ । ‘हातमा सीप भयो भने दुई चार रुपैयाँको अभाव हुदैन’ उनले भनिन्, ‘काम गर्ने जाँगर हुनुप¥यो, हात मुख जोड्न दुःख छैन ।’
उनले दैनिक पाँचसय रुपैयाँ ज्याला पाउँछिन् । लेबरको चारसय रुपैयाँ छ । हातमा सीप भएका कारण उनको ज्यालामा एक सय रुपैयाँ बढी छ ।

रमेश चौधरी पनि मिस्त्री काम गर्छन् । उनलाई सम्झना छ काम शुरु गर्दा मुश्किलले महिला मिस्त्री भेटिन्थे । तर, अहिले हरेक घर बनाउने काममा महिला मिस्त्री छन् । ‘हामी मिलेर काम गर्छाैं ।’ उनले भने, ‘महिला—पुरुष भनेर काममा विभेद छैन ।’

महिला मिस्त्रीको संख्या बढ्दै
दाङको देउखुरी क्षेत्रमा निर्माणको काममा महिला मिस्त्रीको संख्या बढ्न थालेको छ । घर बनाउने काममा लेबरको रुपमा मात्रै महिला जिम्मेवारी दिइन्थ्यो । तर अहिले मिस्त्रीको रुपमा महिलालाई कामको जिम्मेवारी दिन थालिएको हो । नेपाल निर्माण सम्बद्ध श्रमिक संघका अनुसार संघमा आबद्द महिला मिस्त्रीको संख्या ३० जना भन्दा बढी छ । ती महिलाले हरेक दिन रोजगारी पाएका छन् । लेबरको संख्या भने चार सय जति रहेको छ ।

सुरक्षा चुनौती
निर्माणको काममा संलग्न मजदुरको सुरक्षा चुनौती बढेको छ । यस वर्ष एक जना मजदुरको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भयो । काम गर्ने मुख्य मान्छेको मृत्यु भएपछि शोकमा डुबेको परिवारको विचल्लि छ । गत वर्ष पनि एक जना मजदुरको करेन्ट लागेरै मृत्यु भयो । नेपाल सम्बद्ध श्रमिक संघले एक हजार देखि एक लाख रुपैयाँसम्म मात्रै राहत दिन सक्ने नियम बनाएको छ । यो बाहेक मजदुरका परिवारले अन्य केही राहत पाउँदैनन । हरेक मजदुरको बिमा गर्ने, नियमित बचत गर्ने कार्यमा राज्यले सहयोग पु¥याउनु पर्छ ।’ सुमन कालाथोकीले भने, ‘निर्माणको काममा खट्ने मजदुरको सामाजिक सुरक्षा ज्ञारेन्टी गरिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np