Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मुक्त कम्लरीका पीडास्परीक्षा सकियो, छात्रबृत्ति आएन

         बुद्धि पुन समरेखा डेस्क । ||   116 Views   ||   Published Date : 21st December 2019 |

Mukta kamlahari 2

देउखुरी । आशा चौधरी मुक्त कम्लरी हुन् । उनले कक्षा १२ को परीक्षा दिइसकेकी छन् । तर कक्षा १२ पढ्नको लागि पाइने पाँच हजार छात्रवृत्ति अझै पाएकी छैनन् ।
कक्षा ११ मा पढ्दा उनले छात्रवृत्ति पाएकी थिइन् । कक्षा १२ मा भने छात्रावासमा बसेको बहानामा छात्रवृत्ति वापतको रकम नपाएको उनले बताइन् । ‘कक्षा ११ मा पढ्दा पाँच हजार छात्रवृत्ति पाएँ । कक्षा १२ को परीक्षा दिएर सकें, अझै छात्रवृत्ति रकम पाइएन’ उनले भनिन्, ‘किन रोकियो छात्रवृत्ति थाहा छैन । स्कूलमा सोध्दा छात्रावासमा बस्नेलाई नदिने भनेर आएन भन्ने जवाफ आयो ।’
माध्यमिक विद्यालय फल्कापुरमा पढ्ने आठजना, बालजनता माध्यमिक विद्यालयमा पढ्ने एकजना र देउखुरी बहुमुखी क्याम्पसमा पढ्ने एकजनाले छात्रवृत्ति वापतको रकम पाएका छैनन् । छात्रवृत्तिवापतको रकम नपाउँदा मुक्त कम्लरीको उच्च शिक्षा अध्ययनमा समस्या परेको छ । कक्षा ११ र १२ मा पढ्ने मुक्त कम्लरीलाई दश महिनाको पाँच हजार, विए पढ्नको लागि दश महिनाको १० हजार छात्रवृत्ति प्रदान गर्ने नीतिगत निर्णय छ । हरेक वर्ष छात्रवृत्तिवापतको रकम आए पनि सबै मुक्त कम्लरीले पाउन सकेका छैनन् ।

मुक्त कम्लरीको परिचयपत्र नहुँदा पनि छात्रवृत्ति रकम पाउन सकेका छैनन् । गत वर्ष दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा प्राप्त बजेटमध्ये दश करोड बजेट फ्रिज भएको छ । ‘सबै मुक्त कमलरीको परिचयपत्र बाँडिएको छैन । जसले गर्दा छात्रवृत्ति वितरणमा असर प¥यो,’ कम्लरी मुक्त अभियानका अभियन्ता तथा स्वान संस्थाका अध्यक्ष कृष्णकुमार चौधरीले भन्, ‘सबै मुक्त कम्लरीको परिचयपत्र भूमिसुधार कार्यालयले वितरण गर्न नसक्दा अवसरबाट नानीहरु बञ्चित हुनुपरेको छ ।’ नौ हजार चार सय ४७ मुक्त कम्लरीले परिचयपत्र पाउनुपर्नेमा अहिलेसम्म पाँच जिल्लाका १२ जना मुक्त कम्लरीले मात्रै परिचयपत्र पाएका छन् । स्थानीय पालिकामा छात्रवृत्तिवापतको रकम एकमुष्ट आउँदा छुट्याउन गाह्रो परेको गढवा गाउँपालिकामा रहेको शिक्षा शाखाका प्रमुख श्याम विश्वकर्माले बताए ।

सीप भएर पनि बेरोजगार
मुक्त कम्लरीको उच्च शिक्षा र रोजगार कार्यक्रममार्फत लामो तथा छोटो अवधिको तालिम लिएका मुक्तकम्लरी बेरोजगार बसेका छन् । लामो अवधिको तालिम लिएका दुई सय ७० मध्ये जम्मा ७२ जनाले रोजगारी पाएका छन् । दाङमा लामो अवधिको तालिम लिएका एक सय २१ मध्ये ३३, कैलालीमा एक सय २५ मध्ये ३४, कञ्चनपुरका २४ मध्ये पाँचजना मात्रैले रोजगारी प्राप्त गरेका छन् । छोटो अवधिको तालिम लिएका तीन सय ३१ मध्ये दुई सय २२ जनाले रोजगारी पाएका छन् । मुक्त कम्लरीलाई लामो अवधिको तालिममा एचए, सहजकर्ता, मनोविमर्श, आइएससिएजी, अपसेट प्रिन्ट, होम डेकोरेसन, इलेक्ट्रिकल सवओभरसियर, इलेक्ट्रोनिकस मर्मत, सामाजिक परिचालन सीप प्रदान गरिएको थियो । छोटो अवधिको तालिममा अनमी, प्लान्ट जेटिए, जुनियर भेटेनरी टेक्निसियन, सिएमए, ल्याब, कृषि जेटिए, सिभिल सवओभरसियरलगायतको सीप प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np