Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

लकडाउनमा महिलालाई हिंसाबाट जोगाउन ९ बूँदे सुझाव

         ||   57 Views   ||   Published Date : 6th April 2020 |

 

दाङ । महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले लकडाउनका बेला बालिका, किशोरी र महिलालाई हिंसाबाट जोगाउने उपाय अवलम्बन गर्न सरकारसँग अपिल गरेको छ ।

91925435_10157705012373751_2012383291335770112_nकेन्द्र र सातवटै प्रदेश प्रतिनिधिहरुको अनलाइन माध्यमबाट बसेको बैठकले कोरोना भाइरसको दुष्प्रभावबाट बच्न भएको बन्दाबन्दीका बेला महिला र बालिकालाई हिंसा एवं अन्य जोखिमबाट जोगाउन र सबै नागरिकहरुको स्वस्थ्य रहन पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

सञ्जालले यस्तो बेला घरमा सबै जना मिलेर हाँसीखुशी बस्ने मात्रै नभएर महिलामाथि हिंसा हुने जोखिम पनि त्यत्तिकै हुने भएकाले सरकारका सबै अंगहरुले हिंसा नहुने र भइहालेमा सजिलै उजुरी गर्ने व्यवस्था गर्न माग गरेको छ । सञ्जालले सोमबार विज्ञप्ति जारी गर्दै सरकारलाई ९ बूँदे सुझाव दिएको छ ।
साथै विज्ञप्तिमा सात वटैं प्रदेशमा रहेका महिला मानव अधिकार रक्षकहरु यस कोरोना भाइरस विरुद्धको सरकारको कार्यमा साथ र सहयोग गर्न गर्न प्रतिबद्ध रहेको उल्लेख छ । ९ बूँदे सुझाव यस्तो छ ।

१. सबै क्वारेन्टाइन स्थलहरुमा महिला, बालिका र लैगिंक तथा यौनिक पहिचान भएका व्यक्तिको लागि छुट्टै बस्ने व्यवस्था को साथै छुट्टै चर्पी एवं नुहाउने ठाउँको व्यवस्था गरियोस् । नागरिक समाजसँगको सहकार्यमा हरेक क्वारेन्टाइन स्थलमा मनो–सामाजिक परामर्शकर्ताको व्यवस्था गरियोस् ।

२. महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय एवं हरेक प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा कुनै पनि हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलाले फोन गर्दा २४ घण्टाभित्र नै प्रतिक्रिया दिने, कुरा सुन्ने, सुझाव दिने व्यवस्थासहितको हटलाइनको व्यवस्था होस् ।

३. हरेक स्थानीय सरकार अन्तर्गत महिला तथा बालिकाहरुको कुरा सुन्ने छुट्टै निकायको व्यवस्था गरी, एउटा फोन नम्बरको व्यवस्था गरी त्यो नम्बर सबैलाई जानकारी दिईयोस् । सबै स्थानीय तहमा कम्तिमा एकजना मनोविमर्शकर्ताको व्यवस्था गरी उसको काम र कस्तो अवस्थामा उसलाई फोन गर्नुपर्दछ भन्ने स्पष्ट सुचना समुदायमा पु¥याईयोस् ।

४. घर, टोल सबै ठाउँमा कोरोना बिरुद्धको सचेतना जगाउँदा, महिला र बालिकामाथि हुने हिंसा विरुद्धको सचेतनालाई पनिसंगै लिएर जाने गरी सुचना निर्माण तथा सम्प्रेषण गर्ने व्यवस्था मिलाईयोस् । यस्ता सूचनाहरु तयार गर्दा स्थानीय भाषामा तथा अपागंतामैत्री हुने गरी तयार गरियोस् ।

५. घरभित्रको काम महिलाको मात्र जिम्मेवारी हैन, कामको जिम्मेवारी परिवारका सबै सदस्यहरुले बाँडौ । परिवारमा पुरुष सदस्यको जिम्मेवारीका बारेको सूचना समुदाय तहदेखि नै सम्प्रेषण गरियोस् ।

६. गर्भवती, सुत्केरी, सानो बच्चा हुने महिला तथा जेष्ठ नागरिकको लागि क्वारेन्टाइन स्थलदेखि नै विशेष व्यवस्था र राहत वितरण गर्दा पौष्टिक खानेकुरा लगायतका अन्य आवश्यकताको विशेष ख्याल गरियोस् ।

७. अपाङ्गता भएका त्यसमा पनि महिलाहरु यस्तो स्थितिमा झन् बढी जोखिममा हुने हुँदा अपाङ्गता भएका महिलाहरुका लागि बिशेष व्यवस्था गरियोस् ।

८. सुकुम्बासी बस्तिमा बसेका, सडकमा व्यापार गर्ने, घरेलु श्रमिकको रुपमा काम गर्ने, अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरुले हालको स्थितिमा कामलाई निरन्तरता दिने वातावरण नभएको कारण जीवन निर्वाह गर्न भैरहेको र हुने कठिनाईलाई केन्द्रित गर्दै विशेष राहत प्रदान गरियोस् ।

९. बिरामी, अशक्त, जेष्ठ नागरिक भएका घरहरुको पहिचान गरी त्यहाँ खाद्यान्न, औषधि, दूध जस्ता अत्यावश्यक कुराहरुको पहुँच सजिलो बनाउने, घरमै पु¥याउने व्यवस्था गर्न स्थानीय, प्रादेशिक संघिय सरकार मिलेर व्यवस्था गरियोस् ।

विज्ञप्तिमा राष्ट्रिय सञ्जालको तर्फबाट अध्यक्ष डा। रेणु अधिकारी, उपाध्यक्ष विमला तामागं, महासचिव राधिका सापकोटा, सचिव तथा पाँच नम्बर प्रदेशबाट लक्ष्मी आचार्य, कोषाध्यक्ष सिर्जना पुन, मञ्जिता उपाध्याय केन्द्रीय सदस्य १ नम्बर प्रदेश, श्याम शाह केन्द्रीय सदस्य २ नम्बर प्रदेश, निर्मला धिताल केन्द्रीय सदस्य बाग्मती प्रदेश, पवित्रा शाही केन्द्रीय सदस्य कर्णाली प्रदेश तथा निर्मला बागचन्द केन्द्रीय सदस्य सुदुरपश्चिम प्रदेशको हस्ताक्षर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np