Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कोभिड—१९ को बन्दाबन्दीमा जगाउनुपर्ने आशा

         सुषमा रेग्मी ||   25 Views   ||   Published Date : 1st June 2020 |

‘म काठमाडौंमा छु, घर जान सकिन, एक्लै छु । मैले जीवनमा परिवार वाहेक अन्य व्यक्तिहरु कति महत्वपूर्ण हुँदा रहेछन् भन्ने कुरा सिकेकी छु । मेरो लागि यो लकडाउन अवधिको आशा भनेको म छिट्टै मेरो परिवारलाई भेट्ने छु भन्ने हो ।’
‘म आप्mनो घरमा सुरक्षित छु ।’

‘यो लकडाउन सकिएपछि म फेरि स्कूल जान पाउँछु र साथीसँग खेल्न सक्छु ।’

‘हामी घर जान भनेर काठमाडौंंबाट हिँडेका हौं । त्यतै बसे पनि हुन्थ्यो, अलि दुःख हुन्थ्यो होला खानलाई । तर घर परिवारसँगको भेटघाटको आशमा हिँड्यौं । दुःख सुख जे गरे पनि घरपरिवारसँगै बिताउने भनेर । यहाँ बसेर उनीहरुको चिन्ता लिइरहनुभन्दा अलिकति दुःख गरेरै भए पनि हिँडेको हो । परिवारसँग भेटेपछि यो दुःख सब बिर्सिन्छ । मेरो लागि आशा भनेको त्यो क्षणको कल्पना हो ।’

‘मैले मेरो घर परिवारलाई समय दिन सकिरहेको छु । मेरो सानी छोरीलाई मैले नै पढाइरहेको छु, ऊसँग खेल्न पाउँछु । यो समय मेरोलागि एकदमै अमूल्य छ । मेरो आशा भोलि छोरीलाई अरु कुराहरु मैले दिन नसके पनि मसँगको गुणात्मक समय छोरीले सम्झने छिन् । भोलि लकडाउन सकिएपछि पनि छोरीसँगको समय बिताउने छु भन्ने मेरो आजको आशा छ । यो समयमा मैले पछि गर्नसक्ने थुप्रै कुराहरुको खोज पनि गरेको छु ।’

‘मैले गौण सम्झेको कृषिकार्यको महत्व यतिखेर बल्ल बुझ्दैछु । अबको मेरो आशा भनेको अब यो खुलेपछि राम्रो उन्नत कृषि फार्म खोल्नु हो ।’

यी भनाइहरु विभिन्न व्यक्तिहरुले यो बन्दाबन्दीको अवस्थामा तपाईको आशा के हो भन्ने प्रश्नको जवाफ स्वरुप भनेका वाक्यहरु हुन् । यी वाक्यहरु नियालेर हेरर्यौं भने कोभिड १९ ले ल्याएको बन्दाबन्दीको अवस्थाको त्रास, छटपटी, व्याकुलताको साथै संयमता, ऐक्यवद्धता र आशा पनि देखिन्छ । यी यस्ता तत्वहरु हुन्, जुन बाँच्नको लागि जरुरी छन् ।

यो विश्वव्यापी महामारी कोभिड १९ बाट सबैजना त्रस्त भएको स्थिति छ । यो अवस्थाले पूरै विश्वलाई नै परिवर्तन गरेको छ । तर टाढा भए पनि हामी सबैले एउटै परिस्थितिको सामना गरिरहेका छौं । नेपालको हकमा सबैजना घरभित्रै बन्दाबन्दीको अवस्थामा भएको आज ३० आंै दिन हो । यस्तो अवस्थामा हामीमा छटपटी हुनु, अब के हुने हो भन्ने र साथसाथै यो महामारीले आपूmलाई ग्रसित बनाउँछ कि अथवा ज्यान पो लान्छ कि भन्ने डर लाग्नु, राती निद्रा नलाग्नु जस्ता समस्याहरु अनुभूत गर्नु स्वभाविक हो । यस्ता समस्याहरु विपद्जस्तो असामान्य परिस्थितिमा लगभग सबैलाई महामारीको लगत्तै एक समयसम्म देखिन्छ ।

यस्तो अवस्थामा आप्mनो शरीरको साथै आप्mनो मनोसामाजिक स्वास्थ्यको विशेष रुपले हेरचाह गर्नु आवश्यक हुन्छ । यसो नगरेमा भोलि हाम्रो मनोसामाजिक स्वास्थ्यमा हानी पुग्ने सम्भावना उच्च रहन्छ । समय बित्दै जाँदा, महामारीबारे अझ धेरै जानकार हुँदै गइन्छ, बचावका उपायहरुवारे थाहा हुन्छ, त्यसलाई धेरै हदसम्म पछ्याउने बानी दैनिकीमा परिणत हुँदै जान्छ, डर बिस्तारै कम हुन्छ र सामना गर्नसकिने स्तरमा पुग्दछ । जुन कुरा माथि जान्छ, त्यो एक समयपछि तल झर्नैपर्छ । यो संसारमा कुनै पनि कुरा स्थायी छैन ।

यो महामारीभन्दा अगाडि हाम्रो जीवन र जीवनको स्तर कस्तो थियो ? लगभग हामी सबैको दौडादौडको स्थिति थियो । हातमुख जोड्न, आप्mनो र आप्mनाका आकांक्षा प्राप्त गर्न हामी बिहानदेखि बेलुकीसम्म कुँदाकुँद गर्दै थियौं । न हामीलाई आप्mनो होस् थियो न आप्mनाको । साँच्चै भन्नुपर्दा कैयौं दिन साथै रहने परिवारका सदस्यबीच पनि कत्तिको संवाद हुन्थ्यो त ?, एकअर्कालाई कत्तिको बुझेका थियौं त ? आप्mना इच्छा, चाहना, आवश्यकताप्रति हामी जागरुक थियौं त ? बस, एक यान्त्रिक मानव भएका थियौं भन्दा अतिशयोक्ति नहोला ।

कोभिड १९को अवस्थाले त्यो भागदौंडको स्थितिलाई ठ्याक्कै उल्टाइदिएको छ । हामी घरमै बन्द भएको स्थिति छ । बाहिरी संसारसँग प्रत्यक्ष संसर्ग गर्न पाएका छैनौं । हाम्रो सीमित व्यक्तिहरुसँग मात्र सम्पर्क सम्भव छ । जसै दिन बित्दै जान्छ, विभिन्न स्थानमा खाना लगायतका अत्यावश्यक सामग्रीको महंगी र अभाव हुनु अस्वभाविक होइन । मानिसहरु आप्mनो घर र आफन्तसँग भेट्न आतुर छन्, कतिजना हिँडेरै आप्mनो गन्तव्यतिर लाग्दैछन्, यिनीहरुको कष्ट फेरि बेग्लै छ । आफन्त गुमाएको व्यक्तिको पीडा व्यक्त गर्न सक्ने स्थिति नै भएन । यसो हेर्दा अबको केही समय अझ चुनौतिपूर्ण छ । देश सामान्य स्थितिमा फर्कन निश्चिय पनि सजिलो छैन । यो एक्लै गर्न सकिने कार्य पनि होइन । यसमा सबैको उत्तिकै योगदानको आवश्यकता छ ।

यस्तो महामारीको समयमामाथि उल्लेखित विविध समस्याहरु देखिन्छन्, जुन स्वभाविकहो । तर यो केही दिनपछि धेरैको हकमा कम हुँदै जान्छ । यो समयमा आप्mनो ख्याल राख्नाले, विश्व स्वास्थ्य संघले भनेको बचावका तरिकाहरु अपनाएर र आप्mनो रोग प्रतिरोध क्षमतालाई बढाउने किसिमका क्रियाकलाप अपनाएर गर्न सकिन्छ । यस अवस्थामा आशा, ऐक्यवद्धता र सावधानीले मनोवैज्ञानिक रुपमा निक्कै ठूलो भूमिका रहने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् ।

मानिसको शारीरिक सुस्वास्थ्यमा उसको मानसिक अवस्थाले धेरै प्रभाव पार्दछ । मनमा कुनै समस्या महसुस भएमा शरीरले पनि त्यस्तै प्रतिक्रिया देखाउँछ र शरीरमा कुनै रोग वा चोट लागेमा मन पनि दुखित हुन्छ, चिन्तित हुन्छ ।

अब गर्ने के त ?
यो विपद् कहिलेसम्म रहन्छ, अनिश्चित छ, तर विगतबाट सिकेको पाठले हामीमा केही सहजता आउन सक्छ । यस्ता विपद्ले पीडा र क्षतिमात्र गर्ने होइन, मानव जगतमा प्रगतिशील परिवर्तन पनि ल्याउँछ । यो हाम्रो हातमा छ कि– हामी अझै पीडाबाट गुज्रिरहने वा यसबाट बाहिर आउने । यो चयन हाम्रो आप्mनो हो । यो हाम्रो मनोवृत्तिको कुरो हो, यो हाम्रो साेंचको कुरा हो । आशा यस्तो भावना हो जसले अनिश्चितकालीन अवस्थामा भोलिको दिनको लागि हामीलाई जिउन उत्प्रेरित गर्छ । एउटा निश्चित समयपछि, हामीले आपूmमा आशाको किरण जगाउनै पर्दछ । सम्झौं, विगतका नराम्रा, दुखदायी केही घटनाहरु, जस्तै, जनआन्दोलन, बाढी पहिरो वा भूकम्प । ती कहालीलाग्दा परिस्थितिको सामना गरेर यहाँसम्म आएका हौंं हामी । हामीले ती क्षणहरु कसरी पार गर्यौं ?जसले आशा जगाउन सक्यो, उसको लागि यस्ता कठिन अवस्था पार गर्न तुलनात्मक रुपमा सहज भयो । किनकी उसको साेंच र हेर्ने चक्षु फरक थिए, आशावादी थिए । त्यसैले तिनलाई हाम्रै वरपर रहेका अवसरहरु देख्न सक्ने बनायो, तिनको प्रयोग गर्न सिकायो, मनोबल उच्च बनाइरहन सघायो र त दुखद घटनाबाट बाहिर ल्याई राम्रो अवस्थासम्म पुर्यायो ।

आशाको मनोविज्ञानले भन्छ, आशाको अनुभूति गर्नसक्ने मानिसहरुले मानसिक स्वास्थ्यका सरोकारका विषयहरुको सामना त्यत्ति गर्नुपर्दैन । त्यसको ठीक विपरित निराशाले विषाद(अवषाद), व्याकुलता, आत्तिने र अन्य समस्याहरु प्रायः ल्याउँछ । भनिरहनु परेन, विषादले निराशा र नैराश्य, आशाविहीन अवस्था ल्याउँछ । आशाविहीन अवस्थाले शारीरिक अस्वस्थतालाई प्रमाणित गर्दछ । आप्mनै स्वास्थ्यको अथवा मेडिकल उपचारप्रति आशावादी नभएका व्यक्ति बिरामी पर्ने उच्च सम्भावना रहन्छ, पीडाको स्तर बढ्न जान्छ र अन्ततःउनीहरुको समग्र स्वास्थ्यको स्तर खस्किन्छ । तसर्थ आशा भनेको न्यानोपनको अनुभूति गराउने, आप्mनो लक्ष्य र भविष्यप्रति अडिग भई लागि पर्ने इच्छाशक्तिसँग सम्बन्धित कुरो हो । आशा (होप) संकटको समयमा मानवजातिलाई चाहिने आधारभूत आवश्यकताहो । यो बिना जीवन पुनस्र्थापन गर्न सकिँदैन । आशाबारे रिसर्च गरेका अनुसन्धानकर्ता लोपेजका अनुसार आशा अक्सिजन जस्तो हो, यस बिना हामी बाँच्न सक्दैनौं । आशा भनेको डरलाग्दो जोखिम नहुनु वा उन्मूलन भन्ने होइन वा व्याकुलता (चिन्ता) बाट बाहिर आउनु होइन । यस्तो विषम परिस्थितिमा जहिले पनि हामी हाँसिरहनु पर्छ र खुशीको महसुस गर्ने भन्न खोजेको कदापि होइन । यी नकारात्मकताका बावजुद वर्तमान स्थितिभन्दा पर, राम्रो स्थिति हेर्न सक्ने र चयन गर्नसक्ने क्षमता आशा हो ।

के यो सम्भव छ त ? भन्ने प्रश्न उठ्छ । हामीसँग थुप्रै उदाहरण छन् जसले यो कुराको पुष्टि गर्दछन् । हामी भोलीका दिनबारेको सकारात्मक सोच र आशाले गर्दा नै कठिन परिस्थितिको सामना गर्न सकेको भन्ने अनुभवी व्यक्तिहरुको भनाइ सुन्छौं । होलोकास्टबाट बाँचेका अस्ट्रियन मनोवैज्ञानिक भिक्टर फ्रयाक्लिनले श्रीमती सहित आप्mना परिवारका धेरै सदस्यहरु गुमाए । तर पनि उनलाई त्यहाँबाट निस्केर आप्mना सोच र अनुभव जगतमाझ ल्याउने आशामा त्यहाँ तीनवर्षे नारकिय जीवन बिताए । आज उनको सिद्धान्त लोगोथेरापीले विश्व हल्लाएको छ । उनले मानिसको जीवनमा आशाले खेल्ने महत्वपूर्ण भूमिकाबारे लेखेका छन् । उनका अनुसार, जब मानिसले आप्mनो जीवन अर्थहीन देख्छ, उसको जीवन त्यहीँ समाप्त हुन्छ । जीवन छ अर्थात् जीवनप्रतिको आशा छ, जसले जीवनलाई अर्थ दिन्छ ।

सबैभन्दा पहिले त, आपूm कुन अवस्थामा छु भन्ने कुरा मनन गरी सो अवस्थालाई स्वीकार गर्नसक्नुपर्छ । विपद्को मनोविज्ञानले भन्छ, केही समयपछि धेरै मानिसहरु आप्mनो दैनिकीमा फर्कन्छन्, कोहीलाई अझ धेरै कठिन हुनसक्छ । नियाल्नुहोस्, आपूm कुन अवस्थामा हुनुहुन्छ । यदि निकै गाह्रो भइरहेको छ, आफूले या आप्mनाको सहयोगले पीडा कम र सम्हाल्न सक्ने स्थितिमा छैन भने तपाईले पेशागत व्यक्तिको सहयोग लिन सक्नुहुन्छ । पेशागत मनोविद् (psychologist), मनोविमर्शकर्ता (counsellor), वा धेरै कठिन भइरहे मनोचिकित्सक (psychiatrist) को सहयोग लिनु जरुरी हुन्छ । यहाँ मूलभूत रुपमा के बुभ्mनु जरुरी छ भने, यस्तो परिस्थितिमा आउने स्वाभाविक वा अस्वाभाविक नकारात्मक सोच र भावनालाई आप्mनो मनबाट बाहिर ल्याउनु पर्छ । तसर्थ यस्ता संवेगहरु व्यक्त गर्न आपूmलाई अनुमति दिनुहोस्, तिनलाई नरोक्नुहोस्, मनभित्रै नगुम्स्याउनुहोस् ।

‘आशाको मनोवृत्ति सिक्न सकिन्छ’, अनुसन्धानकर्ता लोपेज भन्छन् । लोपेजका अनुसार आशावादी व्यक्ति चार मान्यतामा विश्वास गर्दछन् जसमा पहिलो वर्तमानभन्दा भविष्य राम्रो हुनेछ, दोश्रो भविष्य राम्रो बनाउने शक्ति, सामथ्र्य मसँग छ, तेस्रो मेरो उद्देश्यमा पुग्ने धेरै बाटाहरु छन् र चौथो ती कुनै पनि बाटाहरु अवरोधरहित छैनन् । यो समयमा हामीमध्ये धेरैले आपूmलाई नियाल्न पाएका छौं । आप्mनो मनोसामाजिक स्वास्थ्यप्रति जागरुक भई सोको हेरविचार गर्न पाएका छौं । एकान्तमा बसी साँच्चै मैले के चाहन्छु र अब म मेरो जीवनलाई कसरी लान सक्छु भनी खाका कोर्न थालेका छौं, आप्mना रहरहरुबारे सोंच्न थालेका छौं, कोहीले त अबको जीवन अझ उत्पादनशील र बदलिदो परिवेशसँग सामञ्जस्य गर्ने तरीकाबारे सोंचिरहेका छौं ।

यसरी हेर्दा प्रतिकूल स्थितिको बावजुद अहिले हामीले साक्षात्कार गरेका विषयहरु सोझै मानवतासँग सम्बन्धित देखिन्छन् । कठिन परिस्थितिमा भएकाहरुका लागि गास र बासको व्यवस्थाका लागि संघर्ष गरिरहेका छौं । यस पवित्र कार्यमा हामी सबैजना ऐक्यबद्ध भइरहेका छौं, सारा संसार नै एक भएको छ । इटली, बेलायतबाट यो महामारीको नियन्त्रणको लागि निको भइसकेका व्यक्तिहरुबाट संदेशहरु आइरहेका छन् । नियम मान्न गाह्रो हुने हामीहरु आप्mनो व्यवहारलाई नियन्त्रित गर्दैछौं । नियमभित्र रहने हर सम्भव प्रयत्न गर्दैछौं, संयमता अपनाइरहेका छौं । जनमानसबीच सम्भावित धार्मिक अशहिष्णुताबारे सचेत भइरहेका छौ । विगतका गलत कार्यहरु विश्लेषण गर्दै छौ । अन्य जीवजन्तु तथा वातावरणप्रतिको संवेदनशीलता महसुस हुँदैछ । हामी परिवारभित्र भएको अवस्थामा एक अर्काबीच नजिकिने अवसर बनेको छ । जीवनको दौडादौडलाई मत्थर गर्ने, आप्mनो जीवनलाई आत्मप्रतिबिम्बित गर्ने, सुन्ने, सुनाउने र एक अर्काप्रति कृतज्ञता जाहेर गर्ने समयको रुपमा लिन सकेका छौं । खुशी खोज्ने एउटा सशक्त तरीका कृतज्ञता ज्ञापन गर्नु होे । यो समय परिवारमा एक अर्काका लागि हुने र स्वस्थ सम्बन्ध निर्माण गर्ने तथा सोको सम्वर्धन गर्ने महत्वपूर्ण समय हो । आजका यस्ता गतिविधिले भोलिका दिनहरुलाई सहज, बलियो र सुमधुर बनाउन ठूलो भूमिका खेल्ने निश्चित छ ।

यसरी हेर्दा यो बन्दाबन्दीले साँच्चै नै मानव भएर बाँच्ने कौशल सिकाइरहेको छ । हामीलाई एउटा परिपक्व मानव बनाउने लक्ष्य पो यसले लिइको छ कि ! के तपाईले यसरी हेर्न सकिरहनु भएको छ ? यदि छैन भने साेंच्नुहोस् किन छैन ? यसले त मानसिक अस्वस्थतातिर जाने संकेत गर्दछ । यसको अर्थ, यस्तो विषम परिस्थितिमा पनि एकदमै खुशी भइरहनु पर्दछ वा हुनुपर्छ भन्ने आशय होइन । यो समय आपूm उत्पादनशील हुन सकिन भनेर दुखित हुने होइन, बरु जीवनको एक तन्द्रा हुँदासम्म त्यसको अर्थ खोज्ने कार्य बढी महत्वपूर्ण हुन्छ, आशा जगाइरहने कार्य बढी महत्वपूर्ण हुन्छ । यसरी आप्mनो जीवनलाई गुणत्मकतातर्फ बिस्तारै लान सकिन्छ ।

rgsushama@gmail.com
(बरिष्ठ मनोविद सुषमा रेग्ग्मी अन्तरंग साइकोसोसल रिसर्च एण्ड टे«निङ्ग इन्स्टिच्युट, काठमाडौंका कार्यक्रम निर्देशक हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np