Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

परिवार साथमै छौं भन्ने वातावरण सिर्जना गरौं

         सुशीला आचार्य ||   343 Views   ||   Published Date : 1st June 2020 |

sushil Acharya

बिहे भएको बर्षौं भै सक्यो । सबै परिवार धेरै समयसम्म सँगै बसेको समय पनि यही नै होे क्या हो । फोनको कारणले सानो झगडा जस्तो परेको मात्र हो । दुई दिन भयो बोलचाल छैन ।”
“घरमा बसी रहँदा मैले सबै साथीहरुसँग खुलेर कुरा गर्न पाएको छैन । एक छिन कुरा गरेर फोन राख्न नपाउँदै १० वटा उत्तर दिनु पर्छ, त्यसकारण पनि म कसैलाई फोन नै गर्दिन ।”

दिनमा चार पटक खाना र नास्ता पकाई रहँदा दिक्क पनि लाग्न लागेको छ । भान्सा मै समय बित्छ । परिवारबाट सहयोग खासै पाउँदिन ।”

यी भनाईहरु लकडाउनको लामो समय बित्दै जाँदा महिला अनि पुरुष दुबैले ब्यक्त गरेका हुन् । आजभोलि यस्तै यस्तै भनाईहरु धेरै सुनिन थालेका छन् ।

अहिले विश्व नै कोरोना भाईरस संक्रमणको चपेटामा परेको छ । विश्वमा कोरोना संक्रमणको कारणले ज्यान गुमाउनेहरुको संख्या लाखौंमा पुगिसकेको छ । त्यसमा नेपाल पनि प्रभावित नै छ । त्यसकारण सुरक्षित अनि संक्रमणबाट बच्नको लागि सरकारले पनि लक डाउनको घोषणा गरेको छ । हामीले पनि लकडाउन पालना गरेकै छौं । अहिले पढ्ने अनि कमाउने उद्देश्ले सहर पसेका छोरा छोरी, परिवार घर फर्केका छन् । जसको कारण पनि अधिकांश परिवार २४ घण्टा एउटै घरको छानो मुनि बसिरहेका छन् । सँधै खाली खाली देखिने कोठा, कुर्सी टेबल भरिभराउ छन् । परिवार साथमै बस्न पाउँदा रमाएको पनि देखिन्छ । धेरै सकारात्मक कुराहरु पाउन देख्न सकिएको छ । यस्ता सकारात्मक पक्षहरु हुँदाहुँदै पनि केहि अफ्ट्यारा पक्ष पनि देखिएकोलाई नकार्न भने सकिँदैन ।

विवाह, रगत वा अपनाएका (धर्म पुत्र÷ पुत्री) मानिसहरु मिलेर बनेको हुन्छ परिवार । जसमा श्रीमान् श्रीमती, बुवा आमा, छोराछोरी, दाजुभाई दिदीबहिनी जस्ता सामाजिक सम्बन्धहरु रहेका हुन्छन् । जसको नियमित अन्तक्रिया र संचारबाट नै परिवारको निर्माण भएको हुन्छ । हरेक परिवारको आफ्नै आफ्नै बिशेषता रहेका हुन्छन् । परिवार एक यस्तो बलियो सामाजिक संजाल हो जसको कारणले हरेक परिवारका सदस्यले आफू केही समस्याहरु आएमा म ती समस्याहरु सजिलै हल गर्नेछु भन्ने पूर्ण बिश्वास पनि लिएका हुन्छन् । कुनै पनि परिवारको हरेक सदस्यको प्रारम्भिक अवस्थादेखि ब्यतिmत्व बिकासको लागि प्रभाब पार्ने संस्था हो परिवार ।

चाहना सबैको आफ्नो परिवार असल होस् भन्ने हुन्छ । परिवारका हरेक सदस्यले सबैको मनोभावना बुझिदिउन्, सबले सबैको कुरा सुनुन् भन्ने नै हुन्छ । यस किसिमको साेंच हुँदाहुँदै पनि परिवारका सदस्यहरुले सबैको सोंच उनीहरुले गरेको व्यवहार स्वीकार गरिरहेको कमै मात्रामा देखिन्छ । आज पनि समाजमा अधिकांश परिवार परम्परागत विभेदकारी अभ्यासबाटै परिचालित छ । परिवारमा महिला र पुरुषले गर्ने काम व्यवहारहरु समाजले छ्ट्याईदिएको छ । जसले महिलालाई घर परिवार चलाउने, सबैको स्यहार गर्ने, भाँडा मिस्ने, खाना पकाउने, छोरी मान्छे निहुरिएर बस्नु पर्ने, मनको कुरा टाउको उठाएर बोल्न नपाइने, ठूला मान्छेका अगाडि नबोल्ने, बिशेष गरी स्याहार सुसारको काम गर्नको लागि जिम्मेवारी दिएको पाइन्छ । पछिल्लो समयमा घर बाहिरको काम दिइए पनि स्याहारमूलक काममा जोड दिएको पाईन्छ भने पुरुषहरुका लागि घरमूली, नेता, नोकरी गर्ने, निडर, खरो स्वभाबको हक्की, परिवारका सदस्यहरुलाई पाल्नुपर्ने, व्यापार व्यवसाय गर्नुपर्ने जस्ता कार्यहरु सामाजिक रुपमा तोकिएको पाइन्छ ।

यिनै मान्यतालाई अनुसरण गर्दे हुर्केका हामीहरुको दृष्टिकोणका कारण पनि अधिकांश परिवारमा समस्या देखा परेको पाइन्छ । यस्ता परिवारका हरेक सदस्यहरुले हरेक परिवारका सदस्यहरुमा भएको परिपक्वतालाई पनि स्वीकार गर्न नसक्नु, बालबालिकाको स्व–अस्तित्वलाई स्वीकार गर्न नसकेको, आफूले देख्ने संसार र साेंचले सबैलाई चलाउन खोज्छ भनौं या प्रभुत्व जमाउन खोेजेको हुन्छ । आफ्नो परिवारमा भएको वास्तविक घटनाक्रमलाई पनि नजिकबाट नियालेको हुँदैनन् । प्रभावकारी संचारमा एक किसिमको गहिरो खाडल रहन्छ ।

हाम्रो जीवनमा परिवार एक बलियो अस्त्र हो । एउटा समाजबाट अर्को समाजमा, एक समयबाट परिवारका कार्यहरु परिवर्तन भैरहेको पाइन्छ । तैपनि असल परिवार बन्नको लागि परिवारका सदस्यहरु बिच नियमित प्रभावकारी संचार सीप भैरहेको हुनु पर्दछ । आफूमा आउने तनावलाई छलफलबाट टुङ्गाउने वातावरण वनाउनु श्रेयस्कर हुन्छ । हरेक परिवारका भावनाको आदर सम्मान गर्नु पर्दछ । माया प्रेम संबेगात्मक सहयोग दिन र लिने वातावरण पनि हुनु पर्दछ । परिवारमा आइपर्ने काम या दैनिक गर्ने क्रियाकलापमा पनि सदस्यहरु बस्च जिम्मेवारी बाँडफाँड गर्नु पर्दछ । परिवारका सदस्यहरु सबैले एक अर्काको समान र उत्तिकै आत्मसम्मान, अस्तित्व र आवश्यकता रहने कुरालाई आत्मैदेखि स्वीकार्नु पर्दछ ।

एउटै मालामा उनिएका मोती जस्तो परिवारबीच सम्बन्ध भै रहँदा पनि हरेकको अस्तिव फरक हो । हरेकका आफ्ना आफ्ना बिचार हुन्छन् । ब्यक्तिगत रुपले पनि स्वभाव फरक हुन सक्छ भन्ने कुरा बुझनु जरुरी हुन्छ । साथ हुँदाहँुदै पनि हरेक सम्बन्धमा सीमा हुन्छ ब्यक्तिगत दुरी हुन्छ र हुनु पर्दछ भन्ने मान्यतालाई स्वीकार्दे पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउन कोशिस गरांै । परिवारका सदस्यसँगै होइन साथमै छांै है भन्ने अनुभूति गर्न सक्ने वातावरण निर्माण गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np