Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

लकडाउनको सदुपयोग करेसावारीमा खेती

         रंजिता शर्मा ||   58 Views   ||   Published Date : 2nd June 2020 |

ranjita news-2घोराही उपमहानगरपालिका १५ भरतपुरको एकान्तटोलमा खाली रहेका जमीनमा आजभोली तरकारी खेती हुन थालेका छन् । घर नजिकै खाली रहेको जमीनलाई सदुपयोग गर्न टोलवासी लागेका हुन् । एकान्त टोलका उपाध्यक्ष शिवा शर्मा आफै यो कार्यमा लागेकी छन् । उनको घरसँगै जोडिएको जमीन धेरै वर्षदेखि खाली थियो तर आजसम्म यसमा खेती गर्नुपर्छ भन्ने हेक्का भएन । अहिले कोविड १९ को महामारीले तरकारीको महत्व मज्जाले बुझायो ।

‘छिमेकी मिलेर खाली रहेको जमीनलाई सदुपयोग गर्न वारवन्धन गरेका छौ ।’ शिवा भन्छिन्, ‘ समयको सदुयोग पनि हुने र तरकारी पनि खेती हुने भएर यसो गरेको । वर्षाको समयमा पानीको अभाव नहुने भएकाले सवै मिलेर सामूहिक खेती गर्ने तयारी गरेका छौं ।’

सोही टोलका सदस्य नारायणी अधिकारी पनि घर छेउँमा खेर गएको जमीनको सदुपयोग हुने तरकारी पनि हुने भएकाले करेसा खेतीमा लागेको वताउँछिन् । लकडाउनले घरमा बसीबसी हैरान भएको वेला समयको सदुपयोग, कसरतको माध्यम र ताजा तरकारी खान पाइने भएर यता लागेको उनको भनाई छ । ‘वरपरका छिमेकीले सल्लाह गरयौं, घर छेउमा भएको खाली जमीन सदुपयोग गर्नलाइ तरकारी लगाउने विचार रहेको छ ।’ उनी भन्छिन्, ‘पहिलो चरणमा वारबन्धन गर्यौं, दोस्रो चरणमा खनखोरस झारपात केलायौं, तेस्रो चरणमा तरकारी रोपेका छौ । विहान वेलुका परिवारका सवैजनालाइ समय विताउने सजिलो माध्यम वनेको छ ।’ कोरोना कहरले देश नै भयावह भैरहेको वेलामा घरमै सुरक्षित तरीकाले तरकारी उब्जाउन सकिन्छ की भन्ने योजनाले अगाडि वढेको उनको भनाई छ ।

सोही टोलकी राधा लम्साल पनि करेसा खेतीमा जोडिएकी छन् । करेसाबारीमा खेती गर्दा आपतकालिन अवस्थामा सहजरुपमा तरकारी टिपेर खान पाइन्छ । घरमा उत्पादन भएका तरकारीका बोक्रा, फलफूलका बोक्राहरु, सडेगलेका बासी खानेकुराहरु प्रांगारिक मलको रुपमा प्रयोग गर्ने साेंचमा छु, खाली जमीनमा अनावश्यक घाँस उम्रिएर झाडी भएको थियो । घरको छेउँछाउँ सफा पनि हुने लकडाउनको समय सदुपयोग हुने भएर करेसाबारी खेतीमा लागेको उनी वताउँछिन् ।

अहिलेको समयमा काँक्रो, फर्सी, घिरौला, करेला, वोडी, लौका लगायतका तरकारी लगाउने हावा पानी उपयुक्त छ । ताजा तरकारी खान पाइने र लकडाउनलाइ सदुपयोग गर्न एकान्त टोलका खेर गएका जमीन आजभोली हरियाली हुन थालेका छन् ।
नेपालमा अहिले अत्यावश्यक सेवा बाहेक सवै पूर्णरुपमा लकडाउन छ । यो वेला अन्य पेसा ब्यवसाय गर्ने पनि निकै फुर्सदिलो भएका छन् । यसरी प्रशस्त समय भएको बेलामा समय पनि सहजै बिताउन र आउने २÷३ महिना पछि पनि स्वच्छ र ताजा तरकारीको अभाव सिर्जना हुन नदिन करेसावारी खेती उत्तम हुन सक्ने भन्दै एकान्त टोलबासी यतातिर आर्कषित भएका हुन् । दालचामल एक पटक भण्डारण गर्यो भने लामो समयसम्म उपभोग गर्न मिल्छ तर दैनिक रुपमा प्रयोग हुने तरकारीको जोहो टार्न करेसावारीका सदुपयोग उत्तम विकल्प बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np