Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

क्वारेन्टाइनमै सामूहिक बलात्कार : तीन पक्राउ

         समरेखा डेस्क । ||   93 Views   ||   Published Date : 15th June 2020 |

कैलालीमा क्वारेन्टाइनमा रहेकी एक महिलामाथि सामूहिक बलात्कार भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलामाथि शनिबार राति सामूहिक बलात्कार भएको हो ।

पीडित महिलाका अनुसार उनलाई सोही क्वारेन्टाइनका स्वयंसेवक र स्वास्थ्यकर्मी गरी तीन जनाले पालैपालो बलात्कार गरेका हुन् ।

कसैलाई भने यो भिडियो भाइरल गरिदिन्छौं भन्दै एउटाले मोबाइलमा भिडियो खिचेको र अरुले पालैपालो बलात्कार गरेको महिलाको आरोप छ ।

१२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी ती महिलाका अनुसार उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा आफू एक्लै हुँदा डर लागेको बताएपछि अर्को कोठामा जान अनुमति दिइएको तर आफू गएको कोठाको ढोकामा चुकुल नभएको बताउँदा ढोकामा बेञ्च राखेर सुत्न सल्लाह दिएपछि आफूले त्यसै गरेको उनले बताइन् ।

मध्यरातमा सुतिरहेको बेला लगातार झ्याल र ढोका ढकढक गर्दै खोल्न भनेको र आफूले धेरै भए पुलिसलाई भन्छु भनी धम्की दिँदा पनि ढोका खोल भन्न नछोडेपछि किन यस्तो गरे भनेर ढोका खोल्दा अर्को कोठामा लगेर बलात्कार गरेको उनले बताएकी छन् ।

महिलाले आफूमाथि बलात्कार भएको सार्वजनिक गरेपछि स्थानीयले दिनभर लम्कीमा प्रदर्शन गर्नुका साथै लम्कीचुहा नगरपालिका वडा नम्बर १ को वडा कार्यालय समेत तोडफोड गरेका छन् । स्थानीयको दवावपछि प्रहरीले बलात्कार आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्जन विक, लक्ष्मण परियार र किशोर परियार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np