महिला र पुरुषलाई बेग्लाबेग्लै क्वारेन्टाइनमा राख्न मन्त्रालयको निर्देशन
समरेखा डेस्क ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला र पुरुषलाई बेग्लाबेग्लै क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।
देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालित क्वारेन्टाइनमा कार्यान्वयनकालागि मन्त्रालयले ५ बुँदे निर्देशन दिएको छ ।
महिला र पुरुषलाई एकै क्वारेन्टाइनमा राख्दा दूव्यर्वहार बढेको, बलात्कारसम्मको घट्ना बाहिर आएको सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले त्यसलाई रोक्न यस्तो निर्देशन दिएको हो ।
निर्देशनमा महिला र पुरुषलाई छुटछुट्ै क्वारेन्टाइनमा राख्न, क्वारेन्टाइन र आइसोलेसनमा बसेका सुत्केरी तथा गर्भवती महिलालाई विशिष्ठ आवश्यकता उपलब्ध गराउन, क्वारेन्टाइनमा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन, मर्यादित महिनावारीको व्यवस्थापन मिलाउन क्वारेन्टाइनमा सेनेटरी प्याड उपलब्ध गराउन र क्वारेन्टाइनमा महिला प्रहरी तथा स्वयंसेवकको व्यवस्थापन मिलाउन मन्त्रालयले निर्देशन दिएको हो ।