संकटमा मनको स्याहार
आज पनि याद ताजै छ, करीब ४ बर्ष पहिले मैले नितान्त आफ्नो बारेमा म को हुँ मेरा सकारात्मक पक्ष नकारात्मक पक्षहरु के के हुन्सहितका जम्मा १८ बटा प्रश्नहरुको उत्तर दिँदा धुरु धुरु रोएको । किनकी त्यो दिन भन्दा अगाडिका दिनहरुमा मैले यसरी आपूmलाई म मात्र भनि नियालेर बुझ्ने कोशिस नै गरेकी थिइन । त्यसकारणले मलाई निकै गाह्रो भएको थियो ।
मानिस सामाजिक प्राणी हो । ब्यतिmको समाजसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ । दैनिक बाहिरी वातावरणले हामीहरुलाई सकारात्मक र नकारात्मक प्रभाव पारिरहेको हुन्छ । ब्यतिmको मनमा हुने भावना, बिचार, बुझाई संवेग र बाहिरी वातावरण समाजमा रहेका घर परिवार साथी भाई, छर छिमेकी, मूल्यमान्यता, भाषा, संस्कृतिको साथै समग्र सामाजिक तत्वहरु या एकाएक आइपर्ने संकटजन्य परिस्थितीका कारण हाम्रो मन मष्तिस्कमा एक किसिमको हलचल मच्चि नै रहेको हुन्छ ।
संकटजन्य अवस्था भन्नाले घरेलु हिंसा, सामाजिक हिंसा, भेदभाव, आर्थिक संकट, प्राकृतिक प्रकोप, दीर्घ रोग, द्वन्द्व, महामारीजन्य रोगहरु, बेरोजगार, असफलता जस्ता सवालहरु हुन सक्छन् । जसको कारणले ब्यक्तिहरुको शरीरमा, मनमा, भावनामा, ब्यवहारमा फरकपना आउँछन् । उनीहरुमा डर, चिन्ता, रिस, दुःख, निद्रामा गडबडी, अन्यौलता, नकारात्मक साेंचहरु आइ दैनिकी पनि सहज रुपले चलिरहेको हँुदैन ।
आजभोलि यसो हेर्दा धेरैजसोमा केही न केही समस्या, चिन्ता लिने कारण केही न केही कारणहरु पक्कै हुन्छन् र छन् पनि । आजभोलि बिश्व नै कोरोना भाइरसको संत्रासमा बाँचिरहेको छ । हाम्रै परिवारका सदस्य, स्वम् आफै, छिमेकी क्वारेन्टिन, आइसुलेसन होम, क्वारेन्टिनमा बसिरहेको अवस्थामा कतै हामीमा पनि आउने त होइन भन्ने डर मन मष्तिस्कमा आइहनु स्वभाविक पनि छ ।
यस्तो अवस्थामा जहाँ छौ त्यही हामीहरुले आफ्नो हेरचारमा बढी ध्यान दिनु पर्ने हुन्छ । । शरीर अनि मन नङ्ग मासु जस्तै हुन् जोडिएका हुन्छन् । समस्याहरु पनि मन अनि शरीर दुबैमा देखिन सक्छन् । संकटको अवस्थामा मनमा पर्ने असरहरु भने ब्यतिm अनुसार फरक फरक हुन सक्छन् । हामीहरुले शारीरिक स्वास्थ्यको जसरी ख्याल गरिरहेका हुन्छौ त्यस्तै ख्याल मनको पनि गर्नु जरुरी छ । आपूmमा आइरहेका तनावका लक्षणहरुले ठूलो रुप नलियोस् भन्नका लागि पनि आफुले आफ्नो हेरचाह गर्नु अत्यन्त आवश्यक छ ।
स्व हेरचाह गर्ने उपायहरु :
घर परिवार साथीभाईसँग स्वस्थ सम्बन्ध राख्ने कोसिस गर्ने, नियमित सम्पर्कमा रहिरहने । संकटको समयमा यिनै सम्बन्धहरु बलियो आधार हुन्छन् ।
- संकटको अवस्थामा आपूmमा आउने सबै भावनाहरुलाई स्वीकार गरी महसुस गर्दै किन आउँदै छन् त भनी बिचार गर्ने र भावनाहरुलाई फिल्टर गर्ने ।
- समस्याहरु समाधानका बिकल्पहरुको खोजी गर्ने, सहयोग लिने ।
- मनमा आएका भावनाहरुलाई महशुस गर्ने ध्यान दिने, ब्यतm गर्ने ।
- बिश्वासिला पात्रहरुसँग भावना साट्ने, कुराकानी गर्ने ।
- सम्बन्धित समस्याबारे सत्य तथ्य वास्तबिकता के हो यथार्थ के हो आएका साेंचाइहरु के कति सत्य छन् त सोंच्नु पर्दछ ।
- आफ्नो नियन्त्रणमा भएका कुराहरु मात्र गर्नु पर्दछ । जस्तै : एक जना महिलाले भन्दै हुनुहुन्थ्यो ‘कोरोनाको समाचार धेरै हेरेको टाउको दुख्यो अनि फोन फालेर आए’ हो यस्तो आपूmलाई अप्ठ्यारो हुने गरि कुनै पनि बिषय नहेर्ने । समाचार भिडियो लेख्ने मान्छेलाई रोक्न हामी सक्दैनौ तर त्यस किसिमका बिषय नहेरी बस्न हामी सक्छौ ।
- त्यस्तै आपूmमा भएका सकारात्मक कुराहरु, अहिलेको संकटको अवस्था भन्दा अगाडि आएका समस्याहरु समाधान कसरी गरिएको थियो तिनै क्षमताको खोजी गर्ने ।
- घर भित्र अनि बाहिरका नियमित कामहरु गर्ने ।
- मन हल्का हुने मन पर्ने रुचीका कार्यहरु गर्ने जस्तै : संगित सुन्ने कथा कविता कुनै पनि साहित्यका विधा लेख्न सकिन्छ ।
- नियमित आहार, पानी, निद्रामा ध्यान दिने ।
- पूजामा बिश्वास लाग्नेले पुजा गर्ने प्रार्थना गर्ने ।
- शारीरिक अभ्यास, योग ध्यान गर्ने लामो, श्वासप्रश्वास लिने ।
- सकारात्मक सोंच भएका मान्छेहरुसँग कुराकानी गर्ने ।
- बहानको घामको स्पर्स लिने, फ्रेस हावा लिने ।
- आशावादी हुने, सकारात्मक साेंच राख्ने आदि ।
संकटको अवस्थामा देखा पर्ने समस्याहरुलाई स्वयं आफैले समयमै ब्यबस्थित गरी मन र शरीरको जतन गर्न सके दैनिकी र अगाडिका दिनहरुलाई स्वस्थ बनाउन सकिन्छ । आफ्नो मनको मालिक आफै हो त्यसकारण पनि आफ्नो हेरचाह आफै गर्नु पर्दछ । यति गर्दा पनि दैनिकीमा अफ्टयारो भै राख्यो भने मनोसामाजिक सहयोग लिनु पर्दछ । हाम्रा दैनिकीमा आउने समस्याहरुका समाधान आफै हँुदैनन् हामीसँग कुनै जादुको छडी पनि छैन फु गरेर भगाउने । त्यसकारण पनि आफ्नो मनमा आएका प्रतिक्रियाहरुलाइृ सुन्न बुभ्न मेहनत गर्नु पर्दछ । म हँु, म छु, मेरो अस्तित्व मेरो लागि बिशेष महत्व राख्छ भन्ने सोंचलाई बलियो पार्दै अगाडि बढियो भने आनन्दका साथ स्वस्थ रहन सकिन्छ ।