Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

लुम्बिनी प्रदेशमा बालविवाहविरुद्ध प्रहरी अभियान

         ||   48 Views   ||   Published Date : 30th October 2020 |

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले वाल बिवाह विरुद्धको १५ दिने अभियान शरु गरेको छ ।

 

वालविवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न अभियान संचालन गरेको प्रदेश प्रहरीले जानकारी दिएको हो ।

१५ दिनको अवधिमा नगरपालिका, गाउँपालिका, वडा, र विभिन्न संघसंस्थासंग समन्वय गरेर एक हजार २ सय ३१ वटा जनचेतनामुलुक कार्यक्रम गर्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए।

वाल विवाहकै कारण शारीरिक तथा मानसिक समस्या, घरेलु हिंसामा वृद्धि लगायतका विकृति सिर्जना हुने भएको हुँदा न्यूनिकरणका लागि प्रहरीले अभियान सुरु गरेको वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताए।

प्रहरीले अभियानका क्रममा बजार र राजमार्गमा व्यानर तथा प्लेकार्ड राख्ने, नागरिकहरुको बढी भिडभाड र हिँडडुल गर्ने स्थानमा पोष्टर टाँस्ने, गाउँघरमा माइकिङ गर्ने जनाएको छ । अभियान कार्तिक १४ देखि २८ सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np