Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

खेलाडीलाई संरक्षण हुनुपर्‍यो

         ||   186 Views   ||   Published Date : 4th January 2022 |

बंगलादेश राजधानी ढाकामा भएको एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको छ । प्रतिद्वन्द्वी कमजोर नभए पनि नेपाली राष्ट्रिय महिला टिमले सोचेजस्तै भयो । डिफेन्डिङ च्याम्पियन नेपालले दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि चुम्यो ।

 

बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल खेल्न जानुअघि कप्तान अरुणा शाही जसरी पनि उपाधि जित्नुपर्ने कारणले दबावमा थिइन् । एक त डिफेन्डिङ च्याम्पियन र अर्को आफूहरुले गरेको मिहिनेत ।

बंगलादेश राजधानी ढाका पुगिसकेपछि कप्तान शाहीले प्रतिद्वन्द्वी टिमहरुका खेल हेरिन् र त्यहीअनुसार रणनीति बनाइन् । प्रतिद्वन्द्वी कमजोर नभए पनि नेपाली राष्ट्रिय महिला टिमले सोचेजस्तै भयो । डिफेन्डिङ च्याम्पियन नेपालले दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि चुम्यो ।

‘जित्नकै लागि हामीले प्रतिस्पर्धीका खेल हेर्‍यौं । अघिल्लो पटकको च्याम्पियन भएकाले त्यसलाई कायम राख्नु पनि थियो,’ शाहीले सुनाइन्, ‘तर, खेलमा श्रीलंका र उज्जेकिस्तानसँगको खेल एकदम ‘टफ’ थियो । तैपनि जित्छौं भन्ने आत्मविश्वासचाहिँ थियो ।’

ढाकामा १३ गते सकिएको महिला भलिबलको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै दोस्रो पटक उपाधि जितेको थियो । उक्त खेलमा गण्डकीका मात्रै ४ जना खेलाडी सहभागी थिए । राष्ट्रिय टिमको कप्तान भूमिका निभाइरहेकी म्याग्दीकी शाहीसँगै तनहुँकी उषा भण्डारी, बागलुङकी साफिया पुन र नवलपुरकी शान्तिकुमारी थारु उक्त टिममा थिए ।

खेल जितेर गृह प्रदेश फर्किसकेपछि गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले उनीहरुसहित राष्ट्रिय भलिबल संघका कार्यवाहक अध्यक्ष तथा टिमका नेता यामबहादुर गुरुङलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँसहित सोमबार सम्मान गरेको छ ।

‘खेलाडीलाई संरक्षण हुनुपर्‍यो’

volleyball-woman-team

सम्मानपश्चात राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले नेपालमा खेलाडीको संरक्षण गर्ने परिपाटी नरहेको औंल्याइन् । राम्रा खेलाडीलाई समेत सरकारले संरक्षण गर्न नसक्दा पलायन हुनुपरेको उनको गुनासो थियो ।

‘हो, प्रदेश सरकारले आज हामीलाई सम्मान गर्‍यो । तर, यतिले मात्रै पुग्दैन । अब सम्मानभन्दा पनि खेलाडीको संरक्षणमा बढी ध्यान दिनुपर्छ,’ कुनैबेला समग्र पश्चिम क्षेत्रको भलिबलमा गण्डकीले नै एकछत्र राज गरेको इतिहास सुनाउँदै शाहीले प्रश्न गरिन्, ‘अहिले पनि प्रदेशमा खेलाडी उत्पादन नहुने होइनन्, हुन्छन् । तर, खै त संरक्षण ?’

शरीरमा बल हुँदासम्म खेलाडीले जिउज्यान लगाएर देशका लागि खेल्ने तर, बल घट्दै गएपछि भविष्य नै अन्योल हुने खेलकर्मीको अवस्था रहेको शाहीले सुनाइन् । ‘पावर छउञ्जेल त हामी पनि खेल्छौं । तर, त्यसपछि के गर्ने ? यसमा सम्बन्धित स्थानीय तहले पनि अपनत्व लिनुपर्छ,’ उनले भनिन् ।

नयाँ खेलाडी उत्पादन गर्न स्कुल तहबाटै सरकारले लगानी बढाउनुपर्ने कप्तान शाहीको सुझाव छ । ‘विभिन्न क्लबहरुले आफ्नै लगानीमा खेलाडी उत्पादन गरिरहेका छन् । तर, बाध्यतावश फल दिनेबेला कि विभागीय टिममा लाग्नुपर्छ कि पलायन,’ उनले भनिन्, ‘म पनि प्रदेशमा महिला भलिबल टिम नभएर बाहिरकै क्बलबाट खेल्नु परिरहेको छ ।’

शाहीले जति धेरै प्रतियोगिता भए त्यतिधेरै खेलाडीमा निखारता आउने सुनाइन् । ‘टुर्नामेन्टहरु धेरै भयो भने भएका खेलाडीको प्राक्टिसमात्रै हुँदैन । नयाँ खेलाडी उत्पादन गर्न पनि फाइदा पुग्छ,’ उनले भनिन्, ‘पहिलेपहिले भर्खर भलिबल खेल्न सुरु गर्दा वर्षमा मुश्किलले २ वटा खेल हुन्थ्यो । त्यतिबेला खेलाडी उत्पादन पनि कम हुन्थ्यो ।’ अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np