Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कविता : एक थोक

         ||   203 Views   ||   Published Date : 19th March 2013 |

रमेश क्षितिज

khitij

 

 

 

 

त्यसो त धेरै चीजहरू छन् पृथ्वीमा
यो घुमिरहने पर्यटकजस्तो र्सर्ूय-
मृदु मुस्कानजस्तो उसको बिहान

यी बूढा पर्वतहरू र तिनीहरूको शालीन गम्भीरता
यी तरुनी खोलाहरू र तिनीहरूको मादक चञ्चलता
उकाली र चौतारीहरू
सफा रुमालजस्तो बिहानको नीलो आकाश
र साँझमा बुट्टाजस्ता ताराहरू

हो, धेरै चीजहरू छन् पृथ्वीमा
यी स्वतन्त्र पंक्षीहरू र पात फर्फाइरहेका वृक्ष
प्रेमपर्ूवक बजाइएका भायोलिनका धुन र मिठा सम्झनाहरू

प्रिय अतीत र उज्यालो भविष्य
अनन्त फैलिएका बाटाहरू र सुखद यात्राहरु छन् पृथ्वीमा
र छन्- ठूला ठूला पुस्तकालय र पुरातात्विक दरबारहरू

तथापि धेरै चीजहरू छन्
र पनि एक थोक
तिमी छैनौ भने- केही पनि छैन पृथ्वीमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np