Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

समाजसेवा गर्ने धोको

         ||   101 Views   ||   Published Date : 5th April 2013 |

Urmila Chaudhary - Copy

“हाम्रो ओछ्यानभन्दा राष्ट्रपतिको आँगन राम्रो” हिँजो देशका मुख्य दैनिक अखबारका मुख्य हेडलाइन बन्थे । आज तिनै अखबारका मुख्य हेडलाइन “जुठोभाँडादेखि न्यूयोर्कसम्म” बनेको देख्दा उर्मिला चौधरीलाई औधी खुशी लाग्छ । उर्मिलाको जीवनमा जस्तो परिवर्तन धेरैको जीवनमा आउन नसकेको होला तर समयले कोल्टो फर्ेन खोज्दैछ ।  कमलरी प्रथाको जञ्जीरमा कैद धेरै जीवनहरु उन्मुक्तिको श्वास फर्ेर्दैछन् ।
विश्वले बाल दिवस मनाउन थालेको धेरै भैसकेको छ । मानव अधिकारको विषयभित्र महिला अधिकारका प्रसंग ओझेलमा परेझैं बालदिवस भनिरहँदा बालिकाका बिशिष्ट समस्या ओझलमै परेको देखेर होला, या भनौं बालिकाका मुद्दा फ्रन्ट लाइनमा ल्याउनका लागि यसवर्षेखि संयुक्त राष्ट्रसंघले बालिका दिवस मनाउने निर्ण्र्ाागर्‍यो । ११ अक्टोबर २०१२ मा अन्तर्रर्ााट्रय बालिका दिवसको अवसरमा उर्मिला ‘बिकाउज आई एम गर्ल’ को कार्यक्रममा एनाउन्स गर्न न्यूयोर्क पुगिन् । संसारमै पहिलोचोटि बालिका दिवस शुरु हुँदा संयुक्त राष्ट संघले ६ वटा देशका बालिकालाई बोलाएको थियो । नेपालबाट उर्मिला छानिइन् । कमलरी बालिकाको मात्रै होइन, सम्पर्ूण्ा बालिकाको अनि देशकै प्रतिनिधित्व गर्दै न्यूयोर्क पुग्ने अवसर पाइन् । दृढ संकल्प हुने हो भने मान्छेले गर्न नसक्ने केही छैन भन्ने उनको अनुभवले देखाउँछ । अर्काको घरमा जुठोभाँडा माझ्न विवश बालिका अवसर पाउने हो भने देशकै प्रतिनिधि गर्न सकिँदो रहेछ भन्ने कुरालाई उर्मिलाको आत्मविश्वासले पुष्टि गर्छ ।
उर्मिला न्यूयोर्कसम्म पुग्ने वातावरण कसरी बन्यो होला – धेरैको जिज्ञासामा उर्मिलाको जवाफ यस्तो छ ः कमलरी जीवनबाट मुक्ति पाएपछि अभियानको क्रममा उनी गाउँगाउँदेखि काठमाण्डौंसम्म पुगिन् । ती अप्ठ्याराहरुसँग जुझ्दै बाँचेको हुनाले कमलरी प्रथाका बिरुद्ध उनको प्रस्तुति सशक्त हुन्थ्यो । आन्दोलनकै क्रममा काठमाण्डौमा धेरै धाइन् । कमलरी प्रथा विरुद्धको अभियानको रिर्पोटिङ गर्ने पत्रकारहरुको नजरमा परिन् । उर्मिलाको प्रभावकारी प्रस्तुति र दर्दनाक बिगत धेरै पत्रकारहरुको स्टोरी म्याटर बन्यो । मिडियामा पाएको स्थान र संस्थाले दिएको अवसरले न्यूयोर्क मात्रै होइन् उनी नर्वे गइसकेकी छन् । नर्वे ओस्लो फि्रडम फोरमले ४० देशबीच गरेको कार्यक्रममा उर्मिला नेपालबाट प्रतिनिधि थिइन् । जर्मनी त उर्मिलाको लागि भावनात्मक हिसाबले धेरै नजिक छ, जससँग उनको सुन्दर भविष्यका अनगिन्ती सपनाहरु जोडिएका छन् ।
कमलरी मुक्तिको आन्दोलन चल्दै थियो । जिल्ला त तातेकै थियो । नीतिनिर्माण तहमा बस्नेहरुलाई तताउन कमलरी प्रथा उन्मुलनमा लागेका संस्थाहरु काठमाण्डौ केन्द्रित कार्यक्रम गर्दै थिए । कमलरी प्रथा उन्मुलनसँगै मुक्त कमलरीका विविध समस्या समाधानको माग राखेर छ सय बढी संख्यामा बालिकाहरु काठमाण्डौं पुगे । सरकारका मन्त्रीदेखि सचिवस्तरका व्यक्तिहरु, राजनीतिक पार्टर्ीी प्रमुखदेखि सभासद र राष्ट्रपतिसम्म भेट्दै आफ्ना माग राखे । चर्चाको शिखरमा रहेको कमलरी मुक्तिको आन्दोलन विदेशी पत्रकारहरुको नजरमा पनि पर्‍यो । जर्मन पत्रकार नथाली स्वेगल जसलाई उर्मिलाको जीवनकथाले बेसी र्स्पर्श गर्‍यो । स्वेगलले उर्मिलाको जीवनकथामा ३ सय ९ पेजको पुस्तक नै लेखिन् । पुस्तक लेख्नुअघि स्वेगल १५ दिन उर्मिलाकै घरमा बसेकी थिइन् । ‘म स्कूल जाँदा स्कूल जानुहुन्थ्यो, म घरमा हुँदा घरमै बस्नुहुन्थ्यो ।’ उर्मिला भन्छिन्, ‘मेरो जीवनकथालाई मेरै घरमा बसेर अध्ययन गरेर पुस्तक नै तयार गर्नुभयो ।’ दाङको गढवा मानपुर घर भएकी उर्मिला जिल्लाकै मालिकको घरमा १२ वर्षकाठमाण्डौमा कमलरी जीवन बिताएकी थिइन् । कमलरी जीवनका सुक्ष्म पाटापक्ष बुझ्न नथाली स्वेगलले उर्मिलाकै घर रोजिन् ।
नथाली स्वेगलको पुस्तकको बिमोचन गर्न उर्मिला पहिलो पटक जर्मनी पुगिन् । करीब एक महिना त्यहाँ बसेको बताउँछिन् उर्मिला । उर्मिलाको जीवनकथा, बिदेशी फोरममा उनले दिएको प्रस्तुती अहिले पनि गुगलमा भेटिन्छन् । जर्मन भाषामा प्रकाशित उर्मिलाको जीवन छिट्टै अंगे्रजी भाषामा छापिँदैछ ।
नथाली स्वेगलमात्रै होइन अर्का एक जना जर्मन नागरिक एण्ड्रिएचले आफ्नै सन्तानको लागि गर्ने भूमिका निर्वाह गरिरहेका छन् अचेल । लावाजुनी छात्रावासमा बसेर सरकारी विद्यालयमा कक्षा नौ मा पढ्ने उर्मिला उनको सहयोग पाएर लमही रातो डाँडामा कोठा भाडा लिएर लमहीस्थित सनलाइट इङलिश बोर्डिङ स्कूलमा पढ्दैछिन् । कोठामा जन्मदिने बाबुसँगै दोश्रो जीवन दिने जर्मन बाबुको तस्वीर देखाउँदै उर्मिलाले भनिन्, ‘मेरो भाग्य बलियो, आर्थिक रुपमा बिपन्न परिवारमा जन्म लिए पनि मेरो पर्ढाईलेखाई र आवश्यक पर्ने अरु खर्च ब्यहोरेर मलाई उत्साह, प्रेरणा र अभिभाकत्व निर्वाह गर्ने बाबुको माया ममता दिने व्यक्ति पाएँ ।’
एसएलसीको तयारीमा रहेकी २२ वषर्ीया उर्मिला अहिले मुक्त कमलरी विकास मञ्चको दाङ जिल्ला अध्यक्ष छन् । पश्चिम तर्राईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर पाँच जिल्लालाई समेटेर दर्ता गरिएको मुक्त कमलरी विकास मञ्चको केन्द्रीय अध्यक्ष रहेकी उर्मिला पढाइमा बेसी समय दिनुपर्ने भएकोले जिल्लाको अध्यक्षमा मात्रै बसिन् । ‘तर मेरो धोको पर्ूण्ा रुपमा समाजसेवामा लाग्ने हो ।’ उर्मिलाले भनिन् । उर्मिलाको जीवनकथामा लेखिएको पुस्तकबाट पाएको ५० हजार रोयल्टी मुक्त कमलरी विकास मञ्चलाई सहयोग गरिन् । पुस्तक बिमोचनकै बेला रोयल्टी आफूले पाउने थाहा पाएपछि त्यो पैसा कमलरी प्रथा उन्मुलनका लागि लगाउने घोषणा उतिबेलै जर्मनीमा गरेकी थिइन् ।
कमलरी मुक्तिको कार्यक्रमले एउटा तहको सफलता प्राप्त गरेपछि दाङ जिल्ला कमलरी मुक्त जिल्लाको रुपमा घोषणा भएको पनि चार वर्षपुगिसक्यो । कार्यक्रमकै दौरान मुक्त भएर नयाँ जीवन पाउन सफल उर्मिला यसलाई कसरी हर्ेर्छिन त – उर्मिला भन्छिन्, ‘धेरै साथीहरु मुक्त हुनुभयो । कमलरीकै लागि भनेर सरकारले बजेट छुट्यायो । दाङ कमलरी मुक्त जिल्लाको रुपमा घोषणा भयो । यी हर्ेदा सामाजिक क्षेत्रबाट सञ्चालन भएको अभियानमध्ये कमलरी मुक्ति सफल अभियान रहृयो ।’
यति हुँदाहुँदै पनि कमलरी प्रथा पूूरै उन्मुलन नभएको उर्मिलाको बुझाई छ । उनको भनाईमा उद्धार गर्न बरु सजिलो थियो । अहिले त कतिले स्कूल पठाइदिने नाममा बन्धक बनाएका छन् । जसका बाबुआमा छैनन्, घर छैन त्यस्ता बहिनीहरु कमलरी छन् । लुकाई छिपाई कमलरी राख्ने चलन छँदैछ ।
कमलरी राख्नु गैरकानुनी काम हो । कमलरी राख्नेहरुलाई सजाय तोकिएको छ । तर कमलरी राख्नेहरु कसैले सजाय पाएका छैनन् । ठूलाबडाहरुले कमलरी राख्नेहुँदा पनि कानुन कार्यान्वयन नहुने समस्या भएको उनको ठम्याई छ । कोही डाक्टर, इन्जिनियर, समाजसेवी तर उसकै घरमा वालश्रमिक छ, हर्ेदा लाजमर्दो छ । बाल अधिकारका कुरा गर्नेहरु आफै बालश्रमिक राख्ने छन् । एकजना व्यक्ति या एउटा संस्थाले गरेर हुने होइन् । सबैजना आफ्नो तर्फाट पहल गर्नुपर्छ । मान्छेले मान्छेलाई दास बनाउने यस्तो प्रथाले सबैलाई लज्जित तुल्याउँछ भन्ने बुझिदिए कोही बालिका कमलरी बस्नु पर्दैनथ्यो ।
प्रस्तुति ः लक्ष्मी आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np