Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिला हिंसा, हत्या र बलात्कार अन्त्यका लागि राजनैतिक दलहरुको घोषणापत्र

         ||   235 Views   ||   Published Date : 22nd May 2013 |

शताब्दियौंदेखिको सामन्तवादी राज्यव्यवस्था र त्यसको जगमा उभिएको पुरुष प्रधान मुल्य र मान्यतामा आधारित असन्तुलित सामाजिक संरचना र महिला पुरुषबीचको असमान शक्ति सम्बन्धका कारण उत्पन्न महिला तथा बालिकाहरुमाथि बलात्कार, हत्या, तथाकथित बोक्सीको नाममा गरिने हिंसा, यातना र जिउँदै जलाउने अपराध, अध्यागमनमा बैदेशिक रोजगारबाट फर्केका महिलामाथि भएको बलात्कार र लुटपाट, समाजमा विद्यमानज बालविवाह, बहुविवाह, दहेज-तिलकप्रथा, छाउपडी प्रथाजस्ता कुरिति र कुप्रथाहरुप्रति हाम्रो गंभीर ध्यानाकर्षा भएको छ । नेपाल सरकार र नेपालको र्सार्वभौम संसदबाट अनुमोदित महिलामाथि हुने सबै प्रकारका विभेदहरु उन्मूलन सम्बन्धी महासन्धी १९७९, महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र १९९३ र बेइजिङ्ग घोषणापत्र र तथा कार्यनीति १९९५ लगायत महिलाका पक्षमा नेपाल राज्य पक्ष भएका सन्धि र महासन्धीहरुप्रति हामी सबैको र्समर्थन रहँदै आएको छ ।
र्    वर्तमान अवस्थामा महिलाहरुमाथि भएको सबैखाले विभेदको अन्त्य, महिलाविरुद्ध हिंसा, हत्या, बलात्कार, छाउपडी प्रथा, तथाकथित बोक्सीको नाममा गरिने हिंसा साथै समाजमा विद्यमान कुरिती र कुप्रथाको अन्त्यकालागि आवश्यक कानुनी र नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको कुरा हामीले महशुस गरेका छौं ।
समाज परिवर्तनकालागि राजनीतिक दलको भूमिका महत्वपर्ूण्ा रहन्छ । त्यसैले हामी, हाम्रो राजनैतिक दलहरु र दलसँग सम्बद्ध संघसंगठन समेतले महिला हिंसाको अन्त्यको विषयलाई निरन्तर रुपमा उठाउँदै आएका हौं र यसकालागि संर्घष्ारत छौं ।
महिला हिंसा अन्त्यका लागि सबै राजनीतिक दलको प्रयास आवश्यक हुने भएकोले हामी तपसिल बमोजिमका राजनैतिक दलहरु एकताबद्ध भएर महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा, कुरिती, कुप्रथा, हत्या र बलात्कारजस्ता जघन्य अपराधको बिरुद्ध लड्ने दृढ संकल्प गर्दछौं ।

हाम्रा प्रतिवद्धताहरु
१. महिला र बालिकामाथि हुने यौनजन्य हिंसा, बलात्कार र हत्याजस्ता जघन्य अपराध, महिलाबिरुद्ध हुने सबैप्रकारका हिंसा, बालविवाह, बहुविवाह, दहेज प्रथा, तिलक प्रथा, छाउपडी प्रथा, तथाकथित बोक्सीको नाममा गरिने हिंसा लगायतका कुरिती र कुप्रथा अन्त्यका लागि हामी प्रतिवद्ध छौं ।
२. आ-आफ्नो राजनैतिक दलको विधान, नीति तथा कार्यक्रम लगायतका दस्तावेजहरुमा महिला तथा बालिकामाथि हुने सबैप्रकारका विभेद, हिंसा र अपराधको अन्त्यको विषयलाई प्राथमिकताका साथ संबोधन गर्नेछौं ।
३. महिलामाथि हुने सबैप्रकारका हिंसा, हत्या, बलात्कारजस्ता जघन्य अपराध गर्ने व्यक्तिलाई कुनै पनि हालतमा राजनैतिक संरक्षण गरिने छैन ।
४. राजनैतिक दलको निर्वाचन घोषणा पत्रमा यो विषयलाई महत्वकासाथ राख्नेछौं र आफ्नो दल सरकारमा जाँदा कार्यान्वयनको सुनिश्चितता गर्नेछौं ।
५. राजनैतिक दल र दलसम्बद्ध संगठनहरुका केन्द्रीयदेखि स्थानीय तहका नेता तथा कार्यकर्ताहरुकोलागि आचारसंहिता निर्माण गर्ने र उक्त आचारसंहिता कार्यान्वयनकासाथै अनुगमनको विशेष व्यवस्थासमेत गरी हिंसामूक्त सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि मार्ग निर्देश गर्नेछौं ।
६. राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक क्षेत्रमा महिलाको समान अधिकार सुनिश्चित गर्नका लागि प्रतिवद्ध छौं ।
७. महिलामाथि हुने विभेदको मूल जरो सामन्तवादको प्रतिनिधि संस्था राजतन्त्रको अन्त्य भै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थापित भै राजनैतिक उपरी संरचनामा परिवर्तन भएता पनि सामाजिक, आर्थिक, साँस्कृतिक क्षेत्रमा सामन्तवादका अवयवहरु अझै पनि गहिरो रुपमा रहेको र विदेश पिूँजीको एकाधिकार र आजको उपभोक्तावादी संस्कृतिले ल्याएको विकृति विद्यमान रहेको हुँदा राज्यको अग्रगामी पुनः संरचना गर्दै महिलामैत्री सामाजिक, आर्थिक, साँस्कृतिक रुपान्तरण गर्न हामी प्रतिवद्ध छौं ।
२०६९ माघ ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np